काठमाडौं– मेगा बैंकले नेपाल पे क्यूआर आफ्नो बैंकिङ एप मेगा स्मार्टमा इन्टिग्रेट गरेको छ। योसँगै बैंकका ग्राहकले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
नेशनल पेमेन्ट स्वीचमा सहभागी भएर नेपाल पे क्यूआर इनेबल गर्नेमध्ये मेगा पहिलो भएको बैंकले जनाएको छ।
बैंकका व्यावसायिक ग्राहक नेपाल पे क्यूआरको मर्चेन्टको रुपमा आफूलाई आबद्ध गराएर उपभोक्ताहरुलाई पनि उक्त बैंकिङ एप प्रयोग गराई भुक्तानी गराउन सक्ने बैंकले जनाएको छ।
नेपाल पे क्यूआर नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन ल्याएर सञ्चालन गरिरहेको छ। बैंकले नेपाल पे क्यूआरलाई थप विस्तार गर्दै लैजाने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।