काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको गोकर्णेश्र नगरपालिका–८, माकलवारीमा शाखा सञ्चालन गरेको छ।
उक्त शाखाको बुधबार बैंक सञ्चालक मनबहादुर राईले उद्घाटन गरेका हुन्। माकलवारी शाखा सञ्चालनमा आएसँगै उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ।
२०७८ चैत मसान्तसम्म बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन गरी ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरेको छ। सो अवधिमा बैंकले १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको छ।
हाल बैंकले देशभर १३० शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ सेवा र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।