काठमाडौं– मोबाइल सेवा प्रदायक संस्था एनसेलले ‘इन्डलेस कम्बो प्याक’ अफर ल्याएको छ। एनसेलले नयाँ वर्ष २०७९ को अवसरमा सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको यो अफर सञ्चालनमा ल्याएको हो।
गत ५ वैशाखदेखि सञ्चालनमा आएको उक्त अफरअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ बजे देखि साँझ ५ बजेसम्मका लागि डे कम्बो प्याक लिन सक्नेछन्। त्यस्तै बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न मिल्ने गरी थप २ प्याक ल्याइएको कम्पनीले जानकारी दिएको छ।
डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम पाउनेछन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरी उक्त प्याक सुचारु गर्न सक्ने कम्पनीको भनाइ छ।
त्यस्तै ग्राहकले एनसेल एपबाट पनि प्याक सुचारु गर्न सक्ने बताइएको छ। बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको कम्बो प्याक २५ रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।