काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको उद्घाटन गरि सेवा सुरुवात गरे।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायतको उपस्थिति रहेको थियो। माकलबारी शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ।
२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको जनाएको छ।
उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो। बैंक पहिलो पटक खुद मुनाफा १ अर्ब रूपैयाँ कटाउन सफल भएको छ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकको कूल शाखा संख्या १३० पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।