• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

भारतमा क्षेत्रीय सिनेमाको विकास : बलिउडमाथि ‘धावा’ बोल्दै दक्षिण भारतीय फिल्म

64x64
युवराज भट्टराई बिहीबार, वैशाख ८, २०७९  ०७:००
1140x725

काठमाडौं– गएको वैशाख १ देखि प्रदर्शनमा आएको दक्षिण भारतीय (कन्नड) फिल्म ‘केजीएफ २’ ले सुरुवाती चार दिनमा गरेको आम्दानी अधिकांश बलिउड फिल्मले गर्नेभन्दा धेरै रह्यो। कन्नड, तमिल, तेलगु, मलयालमसँगै हिन्दी भाषामा प्रदर्शन भएको फिल्मले चार दिनमा ५५१ करोड भारु आम्दानी गर्‍यो। फिल्मको हिन्दी भर्जनले मात्रै चार दिनमा १९४ करोड भारु आम्दानी गर्‍यो।

भारतका फिल्म विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार ‘केजीएफ २’ को यो स्तरको आम्दानी अनुमान गरिएभन्दा धेरै हो। वास्तवमा ‘केजीएफ २’ पछिल्लो उदाहरण मात्रै हो। भारतका विभिन्न क्षेत्रीय फिल्म उद्योगमा बनिरहेका सिनेमाले बलिउडका सिनेमामाथि ‘धावा’ बोलिरहेका छन्। क्षेत्रीय सिनेमाको बजेट बढेको छ भने प्राविधिक रूपमा पनि स्तरीय बन्न थालेका छन्।

बलिउडमाथि यसरी हाबी हुँदैछन् क्षेत्रीय सिनेमा
सन् २०२१ मा दक्षिण एसियाका चर्चित सेलिब्रेटिहरूको सूचीमा दक्षिण भारतीय कलाकार प्रभास परेका थिए। सोही वर्ष मनोरञ्जन विधामा गरिएका सर्वाधिक ट्वीटहरू पनि दक्षिण भारतीय फिल्म र मुख्यगरी अभिनेता विजयलाई लिएर गरिएको थियो। सन् २०२१ मा गुगलमा सर्वाधिक खोजिएको हिन्दी फिल्महरूमा दक्षिण भारतीय फिल्म ‘जय भीम’ परेको थियो। अभिनेता सूर्या अभिनित उक्त फिल्म आइएमडीबीमा पनि सर्वाधिक रुचाइएको सूचीमा परेको थियो। 

भारतमा बलिउडबाहेक पञ्जाबी, बंगाली, मलयालम, कन्नड, आसामी, तमिललगायतका भाषामा फिल्म बन्छन्। बंगाली, आसामी, मराठीजस्ता भाषामा आउने फिल्म प्रायः कलात्मक र वैकल्पिक धारका हुन्छन्। तमिल, कन्नड, मलयालमजस्ता फिल्म उद्योगले भने व्यापारिक र कलात्मक दुवै किसिमका सिनेमा निर्माण गरिरहेका छन्। त्यसमा पनि उनीहरू व्यापारिक फिल्म निर्माणमा बढी संलग्न छन्।

सन् २००० को दशकदेखि भारतमा व्यापारिक रूपमा बन्ने क्षेत्रीय फिल्महरूको विकास व्यापक भएको देखिन्छ। सन् २०१५ मा दक्षिण भारतीय फिल्म ‘बाहुबली’, २०१६ मा मराठी फिल्म ‘सैराट’, २०१६ मा मराठी फिल्म ‘भेन्टिलेटर’ले भारतमा निकै चर्चा कमाएका थिए। यो समयमा मूलधारमा निर्माण भइरहेका हिन्दी भाषाका फिल्महरूभन्दा क्षेत्रीय फिल्महरूको चर्चा बढी भएको थियो।

भारतमा बलिउड ओरालो लाग्ने र क्षेत्रीय सिनेमाहरू उकालो लाग्ने क्रम एकसाथ भएको छ। कलात्मक र वैकल्पिक विषयमा निर्माण हुने फिल्महरूमा बलिउड पहिल्यैबाट पछि थियो। मुख्यगरी मराठी, तमिल, आसामी र बंगाली भाषामा बन्ने फिल्महरू कलात्मक हुन्थे। विगतमा पनि बलिउड बाहिरका निर्देशकहरू सत्यजित राय, अरुन कौल, मृणल सेनलगायतले कलात्मक सिनेमा बनाउँथे। 

पहिल्यैबाट व्यवसायिक सिनेमा निर्माणमा बलिउडको दबदबा थियो। तर, अहिले भारतभर नै दक्षिण भारतीय फिल्मले दबदबा बनाउन थालेका छन्।

एक दशकसम्म दक्षिण भारतीय फिल्महरूलाई बलिउडका दर्शकहरूले एक्सन र कोरियोग्राफीका कारण मन नपराउने गर्थे। पछिल्लो समय त्यो पाटो पनि सुध्रिएको छ। बाहुबली, २.० जस्ता फिल्ममा कोरियोग्राफी, भीएफएक्स, ध्वनीजस्ता प्राविधिक पाटोहरूमा सुधार भएको छ। यसले पनि दक्षिण भारतीय फिल्मलाई बलिउडभन्दा स्तरीय बनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

केही वर्षअघिसम्म भारतमा दक्षिण भारतीय फिल्महरू युट्युब र टेलिभिजनमा मात्रै सीमित हुन्थे। हिन्दी भाषामा फिल्महरू डब हुन्थे। ती फिल्मले सीमित चर्चा त पाउँथे। अहिले परिस्थिति बदलिएको छ। 

एसएस राजमौलीको बाहुबली प्रदर्शनमा आएसँगै क्षेत्रीय फिल्महरूतिर पनि दर्शकको ध्यान गएको छ। बाहुबली, बाहुबली २, २.० जस्ता फिल्मले बलिउडमा सामान्यतः फिल्मको कमाइभन्दा कैयौं गुणा बढी कमाइ गरेका छन्। 

बढ्दै गएको यो प्रभावमा केजीएफ, जल्लिकट्टुजस्ता फिल्महरूको पनि उत्तिकै भूमिका छ। यी फिल्महरूले पनि बलिउडको सधैंको कथाबाट विकल्प खोजिरहेका दर्शकलाई आफूतर्फ तान्न सकेका थिए।

गत वर्ष ‘जय भीम’, ‘वलिमै’, ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्म प्रदर्शन भएका छन्। यो वर्षको सुरुवातमा ‘केजिएफ २’ प्रदर्शनमा आएको छ। यी फिल्मका अभिनेतादेखि निर्देशकसम्मलाई अहिले भारतभर नै सर्वाधिक रुचाइएको छ। फिल्मले व्यापारिक हिसाबमा सफलता त हासिल गरेको छ नै, फिल्मका कलाकारदेखि निर्देशकलाई नै ब्राण्डको रूपमा स्थापित गरेको छ। एसएस राजमौली, प्रशान्त निलजस्ता दक्षिण भारतीय फिल्मका निर्देशकको स्तरमा अहिले बलिउडमै पनि कुनै निर्देशक ब्राण्ड बन्न सकेका छैनन्।

बलिउडमा देखिएको कथाको अभाव
बलिउडका फिल्म निर्माता तथा निर्देशक करण जौहरले हालसालै पुष्पा फिल्मको उदाहरण दिदैं दक्षिण भारतीय फिल्म ट्रेलर र पोस्टरको आधारमा चर्चा भएको प्रसंग बताएका थिए। उनले दक्षिण भारतीय फिल्मले व्यापारमा मात्रै नभएर कथामा पनि बलिउडलाई पछि पारेको बताएका थिए।

भारतीय फिल्म वितरक तथा विश्लेषक राज बन्सल दक्षिण भारतमा राम्रा सिनेमा बन्न थालेको बताउँछन्। ग्राउण्ड रिपोर्टसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी राम्रो फिल्म बनाउनमा चुकिरहेका छौं। हामीसँग राम्रा कलाकार र राम्रा निर्देशक छन्। तर, कथा छैन। हामीसँग कथा बनाउनका लागि नयाँ सोच छैन।’

निर्देशक जौहर र विश्लेषक बन्सलले भनेको प्रसंग बलिउडमा पछिल्लो ५/६ वर्ष यता देखिएको परिदृश्य हो। वर्षमा छिटपुट बन्ने फरक शैली र कथा बोकेका फिल्महरूमा दर्शकको चासो देखिए पनि पहिलेदेखि स्थापित रहेका सलमान खान, शाहरूख खान, अजय देवगण, रणवीर कपुरजस्ता अभिनेताको फिल्मप्रति भने दर्शकको रुचि घटेको देखिन्छ।

बलिउडमा कथाको अभावको अर्को प्रमाण क्षेत्रीय भारतीय फिल्मकै ‘रिमेक’ हुनु पनि हो। बलिउडमा रिमेक बन्ने चलन बढ्दो छ। बलिउडमा चर्चित बनेका अधिकांश फिल्महरू भारतका क्षेत्रीय फिल्मका रिमेक हुन्। सन् २००० को दशकमा निकै चर्चित बनेको हास्यव्यंग्य फिल्म ‘हेराफेरी’ १९८९ मा प्रदर्शनमा आएको मलयालम फिल्म ‘रामोजी राओ स्पिकिङ’को रिमेक थियो। सन् २००० को दशकबाट बढ्दै गएको रिमेकको शैली अहिले थप बढेको छ।

बलिउड फिल्म उद्योगमा निर्माण भएर चर्चामा आएका सिंगम (तमिल फिल्म सिंगमको रिमेक), फोर्स (तमिल फिल्म काखा काखाको रिमेक), गजनी (तमिल फिल्म गजनीको रिमेक), दृश्यम (मलयालम फिल्म दृश्यमको रिमेक), कविर सिंह (तेलगु फिल्म अर्जुन रेड्डीको रिमेक) हुन्। अहिले प्रतीक्षारत बलिउडका फिल्महरू जर्सी, मास्टर, हिट, विक्रम भेदा, सोरोराई पोेट्टरुलगायत पनि दक्षिण भारतीय र क्षेत्रीय फिल्मका रिमेक नै हुन्। 

भारतीय फिल्म विश्लेषक तरण आदर्शले इण्डियन एक्सप्रेससँग भनेका छन्, ‘बलिउडमा मुद्दा केन्द्रित फिल्महरू बनिरहेका छन्। तर, दर्शकलाई मुद्दा मात्रैले पुग्दैन। मनोरञ्जन चाहिन्छ। मनोरञ्जन दक्षिण भारतीय फिल्मले दिइरहेका छन्। मनोरञ्जन खोजिरहेकाहरूलाई सम्बोधन गर्ने कथा नहुँदा बलिउड पछि परिरहेको छ।’

आर्ट फिल्ममा पहिल्यैबाटै पछि परेको बलिउड अहिले व्यवसायिक फिल्म निर्माणमा पनि पछि परेको छ । सन् २००५ मा प्रदर्शनमा आएको मराठी फिल्म डोम्वीभ्ली फास्टका अभिनेता सन्दीप कुल्कर्नी भन्छन्, ‘क्षेत्रिय फिल्महरू यथार्थपरक हुन्छ। यिनीहरूमा सम्बन्ध, भाषा, प्रेमको कथा हुन्छ। फरक परम्पराको कुरा भन्छन्। तर, बलिउडका फिल्महरूमा एउटै प्रकारको विषय छ। फरक पन छैन्। दर्शकले फरकपन खोजेर अहिले क्षेत्रीय फिल्महरू हेरिरहेका छन्।’

बलिउड र दक्षिण भारतीय फिल्म : सिक्काको दुई पाटो
केही समयअघि बलिउड अभिनेता सलमान खानले आफ्ना फिल्महरू दक्षिण भारत तथा क्षेत्रीय फिल्म चल्ने क्षेत्रमा नचल्ने दुखेसो पोखेका थिए। जसको जवाफमा ‘केजीएफ २’कै अभिनेता यशले घुमाउरो किसिमले दक्षिण भारतीय फिल्मलाई बलिउडले विगतमा गरेको विभेद अहिले फेरिएको बताएका थिए। यशले हिन्दी फिल्मलाई जस्तो दक्षिण भारतीय फिल्मलाई कहिल्यै साथ नदिइएको र अहिले त्यो परिवर्तन भइरहेको बताएका थिए।

प्राविधिक रुपमा भारतका क्षेत्रीय फिल्म बलिउडभन्दा धेरै अघि थिए। सन् २००० को दशकमा क्षेत्रीय र मुख्यगरी दक्षिण भारतीय फिल्महरूमा प्राविधिक रूपमा स्तरीय सिनेमाहरूको निर्माण भइरहेको थियो। तर, बलिउडले भने यो क्षेत्रलाई फिल्म उद्योगको रूपमा कहिल्यै मानेको थिएन। दक्षिण भारतीय फिल्म क्षेत्र सधैं नै बलिउडको बेवास्ताको सूचीमा थियो।

तत्कालीन समयमा वर्षेनी भारतथमा बन्ने करिब हजारमध्ये ५०० फिल्म क्षेत्रीय हुन्थे। यही बेला दक्षिण भारतीय फिल्मको बजार ठूलो भएको अनुमान गर्ने केही बलिउडका फिल्म निर्देशक तथा निर्माताहरूले यसलाई गम्भीर रुपमा लिएका थिए। निर्माता तथा निर्देशक करण जौहरले दक्षिण भारतीय फिल्मलाइ ‘स्वस्थ प्रतिस्पर्धी’ भनेका थिए। अहिले त्यो सत्य साबित भएको छ।

अहिले बलिउडमा निर्माण हुने दर्जनौं फिल्मले गर्न नसकेको आम्दानी एउटै क्षेत्रीय फिल्मले गरिरहेको छ। आरआरआरले गरेको १२ सय करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी र अघिल्ला चार दिनको प्रदर्शनबाट केजीएफ २ ले गरेको आम्दानी यसैको उदाहरण हो। यसअघि भारतमा क्षेत्रीय फिल्म निर्देशनमा सत्यजित रायजस्ता दिग्गज निर्देशक मात्र चर्चित भएको अवस्थाबाट अहिले व्यवसायिक फिल्म बनाउने एसएस राजमौलीदेखि कलात्मक र सामाजिक फिल्म बनाउने नागराज मञ्जुलेजस्ता निर्देशकहरू पनि चर्चामा आइरहेका छन्।

अमेरिकी फिल्म उद्योग ‘हलिउड’बाट नक्कल गर्दै स्थापित गरिएको ‘बलिउड’को साख बिस्तारै हराउँदै गएको छ। मुम्बई र कलकत्तामा सीमित रहँदा परिभाषित ‘बलिउड’लाई लिएर भारतमा कुनै फिल्म सिटी वा फिल्ममै केन्द्रित शहर छैन, जसरी अमेरिकामा हलिउड नामको शहर नै स्थापित छ। हलिउड शहरमा फिल्म निर्माण हुने स्टुडियोदेखि फिल्म क्षेत्रका काम हुन्छ। बलिउड भने व्यक्ति वा उद्योगको साखलाई लिएर निर्माण गरिएको शब्दावली हो। अहिले बलिउडलाई परिभाषित गर्ने साख क्षेत्रीय सिनेमाहरूले खोसिरहेका छन्। 

व्यवासयिक तवरबाट बलिउडलाई क्षेत्रीय फिल्मको निर्माणले जितिसकेको छ। अब क्षेत्रिय रुपमा बनिरहेका कलात्मक र वैकल्पिक सिनेमाहरू विस्तारको चरणमा छन्। भारतमा अहिले छत्तिसगढ, नोयडाजस्ता क्षेत्रगत र पञ्जावी, भोजपुरीजस्ता भाषिक आधारका सिनेमाहरू निर्माण हुने क्रम बढ्दो छ। यसले बलिउडलाई चुनौती अवश्य थपिदिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्