काठमाडौं– भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार काजलले मंगलबार छोरालाई जन्म दिएकी छिन्।
काजलकी बहिनी निशा अग्रवालले भारतीय सञ्चारमाध्यम द इण्डियन एस्प्रेसलाई बताएअनुसार मंगलबार बिहान काजल र गौतम किचलुको जीवनमा छोराको आगमन भएको छ।
काजल र किचलुले सन् २०२० अक्टोबरमा विवाह गरेका थिए। गत जनवरीमा काजलले आफू प्रेग्नेन्ट भएको अबर सार्वजनिक गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।