काठमाडौं– बलिउड फिल्म निर्देशक राजकुमार हिरानी र शाहरुख खानले एक साथ काम गर्ने भएका छन्। मंगलबार एक भिडियोमार्फत उनीहरुले आफूहरुले सँगै काम गर्ने फिल्मको घोषणा गरेका हुन्।
‘डंकी’ नाम रहेको उक्त फिल्ममा शाहरुख र हिरानीले सँगै काम गर्ने भएका हुन्। फिल्ममा शाहरुखसँगै तापसी पन्नुले पनि काम गर्ने भएकी छिन्।
फिल्मलाई पूर्ण रुपमा पञ्जाबमा छायांकन गरिनेछ। निर्देशक हिरानीसँगै अभिजात जोशी र कनिका डिलोनको लेखन रहेको फिल्म जियो स्टुडियो, रेड चिल्ली इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिम्ल्सको संयुक्न ब्यानरमा निर्माण हुँदै छ।
यहि महिनाबाट छायांकन सुरु हुने फिल्म आगामी वर्षको क्रिसमसको अवसरमा २३ डिसेम्बरमा प्रदर्शनमा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।