• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

फैसला कार्यान्वयन निर्देशनालयको 'सेटिङ': रोक्का रहेको जग्गा धितो सदर गरेर अभियुक्त रिहा

64x64
नारायण अधिकारी बुधबार, वैशाख ७, २०७९  १८:२४
1140x725

काठमाडौं– बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएका एक अभियुक्तलाई एउटै जग्गा दुई ठाउँमा धितोमा राखेर ‘सेटिङ’मा उन्मुक्ति दिइएको पाइएको छ।  एक वर्ष कैद सजाय सुनाएका बैंकिङ कसुरका दोषीलाई फैसला कार्यान्वयन निर्देशनालयको ‘सेटिङ’मा उन्मुक्ति दिएको खुलेको हो।

बिगो वापतको रकम नबुझाएको अवस्थामा एक वर्ष कैद बस्नुपर्ने फैसला सुनाइएका बुढानीलकण्ठ नगरपालिका–८ घर भएका कृष्णबहादुर थापालाई उन्मुक्ति दिइएको खुलेको छ। बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२ बस्दै आएका ६८ वर्षीय थापा एक सहकारीमा पहिलेदेखि नै धितो बन्धकीमा रहेको जग्गालाई पुनः धितो रोखर कैद सजायबाट उम्किएका छन्। यसमा फैसला कार्यान्वयन निर्देशनालयका उपसचिव सीता अधिकारीको समेत गम्भीर 'त्रुटि' पाइएको छ। 

प्रहरीले महिनौं लगाएर पक्राउ गरेर सजाय भुक्तानीका लागि फैसला कार्यान्वयन निर्देशनालयमा पठाएकोमा निर्देशनालयकै त्रुटिका कारण दोषीले उन्मुक्ति पाएका हुन्। 

गत चैत १० गते महानगरीय अपराध महाशाखाले २ करोड भन्दा बढी बिगो र जरिवना सुनाइएका बैंकिङ कसुर मुद्दाका दोषी कृष्ण थापालाई पक्राउ गरेको थियो। थापालाई पक्राउ गरेपछि फैसला कार्यान्वयन निर्देशनालय उपस्थित गराइएकोमा निर्देशनालयकी उपसचिव सीता अधिकारीले उनलाई छाड्न आदेश दिएको पाइएको छ।

बिगो वापत तोकिएको २ करोड रुपैयाँका लागि कृष्णले काठमाडौं महांकालको सिट नम्बर १०२०९०७२५ तथा कित्ता नम्बर ३६ को जग्गा धितो राखेका थिए। तर, यो जग्गा गत साउन १२ गतेदेखि नै गोंगबु बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रोक्का भएको थियो। उक्त सहकारीले पहिल्यै रोक्का राखेको उक्त जग्गालाई पुन: धितोमा राखेर कृष्ण कैद सजायबाट उम्कन सफल भएका थिए।

धितो राख्न लागिएको जग्गाको बारेमा मालपोतमा सामान्य सोधपुछ गर्दा पत्ता लाग्ने विषयमा समेत कुनै चासो नै नदिइ फैसला कार्यान्वयन निर्देशनालयकी उपसिचव अधिकारीले कृष्णलाई रिहा हुने आदेश दिएको खुलेको छ। ‘धितो राख्न लागिएपछि त्यो जग्गा कसको नाममा छ? रोक्का भएको छ/छैन? जग्गाको मूल्यांकन कति छ? जस्ता प्रश्नहरुको उत्तर नखोजी उपसचिव अधिकारीले कृष्णलाई रिहा गर्ने निर्देशन दिएकी थिइन्। 

रिहा गर्न निर्देशन दिएकी अधिकारीले पुनः भनिन् पक्राउ गर्नू
कृष्णलाई रिहा गर्न निर्देशन दिएकी उपसचिव अधिकारीले नै त्यसको १५ दिनपछि पुनः पक्राउ गरेर दाखिला गर्न भन्दै पक्राउ पूर्जी जारी गरेकी छन्। पक्राउ गरेर बुझाउँदा रिहा गर्न लगाएकी अधिकारीले अभियुक्त फरार भइसकेपछि पुन: पक्राउ गर्नू भनेर आदेश जारी गरेपछि प्रहरी अधिकारी समेत आश्चर्यमा परेका छन्। 

‘पहिला फैसला कार्यान्वयन निर्देशनालयकै कमजोरीले उम्कने अनि फेरि अहिले पक्राउ गरेर ल्याउनु भन्ने? एउटै व्यक्तिको पछि प्रहरी कति लाग्ने?’ महाशाखाका एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने।

Ncell 2
Ncell 2
nimb
nimb

कृष्णलाई पक्राउ गर्नू गरी दाखिला गर्नू भन्ने व्यहोरासहित वैशाख ४ गते महाशाखामा प्राप्त पत्रमा उनै उपसचिव अधिकारीको हस्ताक्षर छ। तर, त्यसमा उनको नाम भने छैन।

'पहिला आफैंले रिहा गर्न लगाएका अभियुक्तलाई पुन: पक्राउ गर्नू भनेर आलोचना हुनसक्ने देखिएपछि उहाँ (उपसचिव अधिकारी)ले पत्रमा आफ्नो नाम भने लेख्नुभएको छैन। उहाँको हस्ताक्षर मात्रै छ,' महाशाखाका एक अधिकारीले भने। उपसचिव अधिकारीले महाशाखालाई पठाएको पत्रमा लेखिएको छ, ‘बिगो दाखिला हुन नसकेका कारण १ वर्ष कैद सजाय तोकिएका कृष्णबहादुर थापालाई कैदमा राख्नुपर्ने भएकाले यो पक्राउ पूर्जी जारी भएको छ।’

पहिल्यै धितो कायम राखिराखेको जग्गा पुनः धितो राखेर कृष्ण उम्किएको जानकारी पाएपछि मुद्दाका पक्ष (जाहेरीकर्ता) रवीन्द्र थापाले फैसला कार्यान्वयन निर्देशनालयकी उपसचिव अधिकारीको निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका थिए। अदालतका न्यायाधीश रामप्रसाद शर्माको इजलासले उपसचिव अधिकारीको निर्णय खारेज गरेपछि उनले प्रहरीलाई पुन: पक्राउ गरेर ल्याउनु भन्दै पत्राचार गरेकी हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

के थियो घटना ?
ऋण लगेको पैसा तिर्न भन्दै कृष्णले दिएको चेक नसाटिएपछि ललितपुर महानगरपालिका–२५ सैबुका रवीन्द्र थापाले कृष्णविरुद्ध प्रहरीमा जोहरी दिएका थिए।  रवीन्द्रको तर्फबाट कृष्णविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुरका दुई वटा मुद्दा दायर भएका थिए। जसमध्ये एउटामा १ करोड २५ लाख बिगो, ५ लाख रुपैयाँ क्षतिपूर्ति र १७ दिन कैद र अर्को मुद्दामा ७५ लाख रुपैयाँ बिगो, ३ लाख क्षतिपूर्ति र १३ दिन कैदको सजाय २०७७ मंसिर २२ मा तोकिएको थियो। 

सजाय तोकिएपछि कृष्ण फरार भएका थिए। पहिलोपटक उनलाई गत असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनी फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान भएका थिए। त्यसपछि सर्वोच्चमा रिट दायर गर्दै बिगो क्षतिपूर्ति र कैद बस्नुपर्ने ३० दिनको दैनिक ३ सयका दरले ९ हजार गरी जम्मा २ करोड ८ लाख ९ हजार रुपैयाँ बराबरको धितो राखेर पहिलोपटक उनी उम्किएका थिए। 

तर, कृष्णले धितो राखेर राखेको जग्गाबाट रवीन्द्रले बिगो भराउने अवस्था थिएन। उनी तामाङ थरका एक व्यक्तिको नामको जग्गा धितो राखेर थुनामुक्त भएका थिए। दोषी थुनामुक्त पनि हुने, तर आफूले बिगो पनि नपाउने अवस्था आएपछि थापाले कृष्णलाई १ वर्ष भएपनि थुनाउने 'प्रयास' गरेका थिए। तर, फैसला कार्यान्वयन महाशाखाबाट भएको त्रुटिले थापाको उक्त 'प्रयास' पनि सफल हुन सकेको छैन। 

बिगो नपाएपछि डेढ करोड माया मारेर १ वर्ष थुनाउन खोज्दा...
अदालतबाट फैसला भएर सजाय हुँदा समेत न्याय नपाएपछि रवीन्द्रले आफूले पाउनु पर्ने २ करोड मध्ये १ करोड २५ लाख रुपैयाँ र ८ लाख क्षतिपूर्तिको 'माया मारेर' कृष्णलाई थुनाउन खोजेका थिए। 

कृष्णले बिगो दाखिला नगरेको र उनको जयजेथा समेत पत्ता नलागेकाले बिगो भराउन नसकिएकाले त्यसबापत कृष्णलाई सजाय हुनुपर्ने मागदाबी गर्दै रवीन्द्र जिल्ला अदालत काठमाडौं पुगेका थिए। 

दुई वटा बैंकिङ कसुर मुद्दामध्ये १ करोड २५ लाख बिगो भएको मुद्दामा कृष्णलाई २ वर्ष थुनीपाउँ भन्दै अदालतमा निवेदन दर्ता गरिएको थियो। उक्त निवेदनमा न्यायाधीश नवराज दाहालको इजलासले बिगो नभराए १ वर्ष कैद र सिदा खर्च समेत रवीन्द्रबाटै भराउन आदेश दिएको थियो। 

अपराध महाशाखाले गत चैतमा कृष्णलाई पक्राउ गरेपछि एक वर्षको सिदा खर्च वापतको रकम रवीन्द्रले सरकारको ढुकुटीमा जम्मा गराएका थिए। तर, फैसला कार्यान्वयन निर्देशनालयको लापरबाहीका लागि उनी उम्कन सफल भएका हुन्। अहिले प्रहरीले खोजी गरिरहे पनि कृष्णलाई भेट्टाउन सकेको छैन। 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्