काठमाडौं– सरकारले छानबिन समिति बनाएपछि निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारी उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुँदैछ।
आइतबार दर्ता भएको रिटको पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको छ। अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।
उनले रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरि पूर्ववत् रुपमा काम कारबाही गर्न दिन अन्तरीम आदेशको माग गरेका गरेका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश दिएमा अधिकारी पूर्ववत रुपमा नै काममा फर्किनेछन्।
अधिकारीमाथि सरकारले चैत २४ मा छानबिन समिति गठन गरेको थियो। सरकारले आफूलाई पूर्वाग्रह र गैरकानुनी रुपमा निलम्बन गर्ने निर्णय गरेको अधिकारीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।