काठमाडौं– पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो नवजात छोराको मृत्यु भएको जानकारी दिएका छन्।
३७ वर्षे रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेज जुम्ल्याहा सन्तानको स्वागतको तयारीमा थिए। तर, छोरी मात्रै जीवित जन्मिएको रोनाल्डोले सोमबार इन्स्टाग्राममार्फत् जानकारी दिएका छन्।
‘गहिरो दुःखको साथ हाम्रो बच्चाको मृत्यु भएको घोषणा गर्न चाहन्छौं,’ रोनाल्डोले लेखेका छन्।
रोनाल्डो र रोड्रिग्वेजले यसअघि अक्टुबरमा बा–आमा बन्ने घोषणा गरेका थिए। सन्तानको निधन कुनै पनि अभिभावकका लागि गम्भीर दुःखको कुरा रहेको रोनाल्डोले बताएका छन्।
‘छोरीको जन्मले हामीलाई यो समयमा बाँच्नका लागि आश र खुशी प्रदान गरेको छ,’ रोनाल्डोले लेखेका छन्, ‘हाम्रो छोरा, तिमी हाम्रो एन्जल हौ। हामी सधैं तिमीलाई माया गरिरहने छौं।’
रोनाल्डोका जेठा छोरा क्रिस्टियानो जुनियरको जन्म सन् २०१० मा भएको थियो। तर, क्रिस्टियानो जुनियरको आमा को हुन रोनाल्डोले खुलाएका छनन्। त्यसपछि जुम्ल्याहा सन्तान इभा र मटिओको जन्म सन् २०१७ मा भयो। उनी र रोड्रीगेजकी अर्की एक छोरी पनि छन् जसको जन्म सन् २०१७ मै भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।