काठमाडौं–नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा मूल्य घटेर आएको जनाएको छ। शनिबार आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य ४.७९ रुपैयाँ घटेर आएको आयल निगमले जनाएको छ।
तर, डिजेलमा भने प्रतिलिटर २.०२ रुपैयाँ र हवाई इन्धनमा ०.३८ रुपैयाँ बढेर आएको छ। पेट्रोलमा मूल्य घटेर आएको भए पनि आगामी १५ दिनमा ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ।
यस्तै, निगमलाई प्रतिमहिना करिब ७ अर्ब ४७ करोड नोक्सानी हुने स्थिति रहेको निगमले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।