• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सुर समीक्षा

घुमी–घुमी : श्रवणीय संगीतमा दर्शनीय म्युजिक भिडियो

64x64
डिबी खड्का मंगलबार, वैशाख ६, २०७९  ०७:०२
1140x725

काठमाडौं–श्रवणीय संगीत र दर्शनीय म्युजिक भिडियो अचेल सोझै आउँदैनन्, ‘घुमी घुमी’ आइपुग्छन्! ती आइपुग्न वर्षाैं लगाउँछन्। केही दिनअघि मात्रै आइपुग्यो, युट्युबमा आइपुग्यो त्यस्तै नेपाली गीत। आउनेबित्तिकै दोधार बनायो, सुनेर हेर्ने कि हेरेर सुन्ने?

गीत सुनेरमात्रै म्युजिक भिडियो हेर्ने बानी छ। म्युजिक भिडियो निर्माणमा आएको विचलनले बानी पारेको हो। भिडियोले सुन्दर गीतको हत्या गरेको आफ्नै आँखाले हेर्ने साहस ममा छैन।

डोको बोकेर उकालो लागिरहेका मान्छेहरुको दृश्यले आँखा उतै–उतै तानिरहेकै थियो, फ्याट्ट आइपुगे विपिन कार्की। यत्तिले हो हेर्ने कि सुन्ने भनेर दोधार पारेको। नत्र गीतसंगीत सुन्नकै लागि हुन्। सुनेर कल्पिने दृश्यभन्दा सुन्दर छायांकन गर्ने क्यामेरा प्रविधि हालसम्म अविष्कार भएको छैन। ‘एनामर्र्फिक लेन्स’बाट खिचिएको भन्ने विवरणले त्यसकारण पनि उत्साहित गरेन। 

त्यसपछि कानमा पर्‍यो :

केटा : घुमी–घुमी झर्‍यो ओरालीको बाटो
तिमी आउनु त्यै बाटो अरु आउनु साटो
केटी : सुस्तै–सुस्तै चढ्यो उकालीको बाटो
बोकी आउनु एकमुठी माया रित्तै आउनु साटो

गीतका शब्दमा अचेल उस्तो गहिराइ भेटिदैन। गीतलाई गहिरिएर सुन्नेहरुको संख्या कम भएर हुन सक्छ? धेरैलाई यस्तो लाग्छ। सस्ता–सजिला गीत ल्याएर मिलिक्कै भाइरल भइहाल्ने र केही दिनमा गइहाल्नेहरु हावी हुँदा पनि त्यस्तो लागेको हुन सक्छ। 

सत्य त्यस्तो होइन। हर्क साउँदजस्तै बिम्बको धागोमा शब्दको माला उनेर ‘गीतीमाला’ बनाउनेहरुको संगीतको दुनियाँमा न्युन उपस्थिति हो। साउँदहरुले गीत बुन्दै गर्दा मनको भित्री तहमा गुञ्जिने झंकार बुझ्ने संगीतकर्मीको कमी हो। त्यसलाई बुझेर संगीतको पाइन हाल्नेहरुको अभाव हो। 

व्यावसायिक कलाकारलाई अचेल आफ्नो स्वर सुनाउनु छैन। दर्शक नचाउने ध्याउन्न छ। स्टेज कार्यक्रमले धानिएको जिन्दगीको लय मिलाउँदा मिलाउँदै उनीहरुको गायन–लय बिग्रिएको छ। व्यावसायिक शब्द सर्जकलाई उनीहरुको ‘डिमान्ड’अनुसार गीत लेखेर आफ्नो ‘डिमान्ड’का पारिश्रमिक हासिल गर्नुछ। यी दुईको संगमले संगीतकार ‘एरेञ्जर’ बन्न विवश छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो मौसममा ‘घुमी–घुमी’ अविश्वसनीय सिर्जना हो। हर्क साउँदसँग गायक÷संगीतकार सुजन चापागाईंको सहकार्यकै निरन्तरता हो। यादगार काम गर्ने उनीहरुको चाहनाको अर्को संस्करण हो। यसअघि पनि उनीहरुको सहकार्यबाट राम्रा सिर्जना प्राप्त भएका छन्। तर, उनीहरुको पूर्ण ‘ट्युनिङ’ चाहिँ यहाँ पुगेर मिलेको देखिन्छ। 

गीत सुन्दै गर्दा पात बजाएको ‘पिस’ले भिडियो खोलिहेर्न बाध्य बनायो। आफूलाई पात्रमा दुरुस्तै ढाल्ने अभिनेता कार्की त्यो समय ‘भक्त’को स्वरुपमा तन्द्राबाट ब्युँझिदै थिए। अज्ञात स्नेहीले राखिछाडेको मकैले उनलाई आश्चर्यचकित बनाएको थियो। 

यति हेर्दाहेर्दै विरह भावमा गुञ्जिरहेको संगीत एक्कासी रोमान्टिक हुन आइपुग्यो। प्रेमको रङले भित्रभित्रै रङ्गिरहेको भक्त घर रङ्ग्याउन थाल्यो। 

म्युजिक भिडियोको कथाको आरोह अवरोहसँगै संगीतको परिवर्तन नेपाली संगीतमा निकै कम प्रयोग हुन्छ। यो अभ्यासले म्युजिक भिडियोसँग संगीतको समेत सामञ्जस्यता देखियो। 

Xtrem

Xtrem

नेपाली संगीत क्षेत्रमा सामान्य अभ्यासप्रक्रिया यस्तो हुन्छ:

सुरुमा गीत लेख्ने। 

त्यसपछि  संगीत भर्ने र एरेञ्ज गर्ने।

त्यसपछि स्वर भर्ने। बाजा मिसाउने, सम्पादन गर्ने र मिक्सिङ गर्ने। यसलाई ‘अडियो बनेको’ भन्छन्। बल्ल सुरु हुन्छ, भिडियोको काम। यति प्रक्रिया सकिउन्जेल त्यसलाई दृष्यमा देखाउने निर्देशकसँग सम्पर्क त के परिकल्पना समेत गरिँदैन। 

तर, यो योजनाबद्ध बनाइएको रहेछ। संगीत र दृष्य निर्माताको सुरुवातदेखि नै सहकार्य रहेछ भन्ने म्युजिक भिडियो हेर्दै जाँदा महसुस भयो। वा संयोग भए उनीहरु नै जानुन्!

भिडियोमा केही आँखाको बाटोबाट मनमा छिर्ने दृष्य छन्। जस्तैः सुन्तलासँगका तीन दृष्य। बाख्राको पाठो र हुर्किसकेपछि देखिएको अवस्था। खण्डहर र रंगीन घर। बाँसमा नाम लेखिएको र केटीका पिताले त्यही बाँस काटेको।

नयाँपन ल्याउने कोशिसमा लागिरहने निर्देशक नवीन चौहानले आफूलाई फेरि प्रमाणित गरेका छन्। अभिनेता कार्कीसँग अभिनयमा आफूलाई मिसाउनु अर्को अभिनयकर्मीका लागि सामान्य कर्म होइन, सानोतिनो जोखिम भइजान्छ। त्यो जोखिम उठाएकी अञ्जना बराइलीले आफूलाई स्वाभाविक रुपमा प्रस्तुत गरेकी छिन्। 

हेर्दा पनि रमाइलै लाग्ने यो गीतमा आनन्द चाहिँ सुन्नुमै छ। सुनेर हेर्दा पनि हुन्छ, हेरेर सुन्दा पनि हुन्छ! सुन्नचाहिँ नबिर्सिनोस् है!


प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्