काठमाडौं– नेपाल धितोपत्र बोर्डमा सर्वसाधारणका लागि आईपीओ निष्कासनको अनुमति माग्दै तीन कम्पनी आवेदन दिएका छन्। आईपीओ निष्कासनको लागि बोर्डमा कालिन्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटी होटल लिमिटेडले आवेदन दिएका हुन्।
बोर्डको अनुमति पश्चात तीन कम्पनीले ४३ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको ५७ लाख ९९ हजार कित्ता आईपीओ जारी गर्ने नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ।
तीन कम्पनीमध्ये सर्वसाधारणका लागि सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्कासनको अनुमति माग गरेको छ।कम्पनीले सर्वसाधारणका लागि १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ ल्याउन लागेको हो। कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आईएकमई क्यापिटल रहेको छ।
यस्तै, सिटी होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन अनुमति माग गरेको हो। कम्पनीले १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी छ। होटलको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल छ।
कालिन्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। कम्पनीले आयोजना प्रभावितका लागि पनि आईपीओ निष्कासन गर्नेछ। बोर्डका अनुसार कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन अनुमति मागेको हो। कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।