काठमाडौं–सशस्त्र प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल बढुवा सिफारिस भएका छन्। बढुवा समितिको वैशाख ४ को निर्णयअनुसार केसीलाई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुले प्रहरी नियमावलीको नियम ५५ अनुसार ७ दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने बढुवा समितिले जनाएको छ। बढुवा समितिका सदस्य सचिवमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी छन्।
आईजीपी केसीले ३ दिनको म्याद दिएर एआईजी बढुवाका लागि गत चैत ३० गते आवेदन आह्वान गरेका थिए। जसमा ४ डीआईजीले आफू एआईजीमा बढुवा हुनुपर्ने भन्दै फारम बुझाएका थिए।
आवेदन दिनेहरुमा पहिलो नम्बरका डीआईजी राजु अर्याल, दोस्रो नम्बरका नारायणदत्त पौडेल, तेस्रो नम्बरका सिपी (चन्द्रप्रकाश) गौतम र उनीहरु भन्दा पछि बढुवा भएका वंशिधर दाहाल थिए।
बढुवा भएकाे अर्यालले यही वैशाख १८ पछि संगठनको नेतृत्व गर्ने अवसर पाउनेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।