काठमाडौं–राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले ४२ करोड ४ लाख ७६ हजार ७४६ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको दावीसहित आइतबार उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।
पर्सा वीरगन्ज महानगरपालिका–२८ का रामेश्वर पण्डित भन्ने रामेश्वर तिवारी, काभ्रे पाँचखाल नगरपालिका–४ का ३१ वर्षीय श्यामबहादुर श्रेष्ठ, गुल्मीका विष्णु एन्ड विकेश सप्लायर्सका प्रोप्राइटर ४२ वर्षीय विष्णुप्रसाद घिमिरे, कारोबार हेर्ने व्यक्ति तथा रमाशंकर गुप्ता र ४२ वर्षीय मनोज साह कलवारविरुद्ध विभागले राजस्व चुहावटको मुद्दा दायर गरेको हो ।
त्यस्तै काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ। उनीहरूमाथि राजस्व चुहावट गर्ने मनसायले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तु काठमाडौंमा ल्याएर बेचेको विभागको आरोपपत्रमा उल्लेख छ।
विभागले उनीहरूविरूद्ध बिगो र त्यसको शतप्रतिशत जरिवाना हुनुपर्ने दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।