सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटे बालुवास्थित सुनकोशी नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
दोलखाको सैलुङ गाउँपालिका ६ बस्ने २२ वर्षीय रन्जन श्रेष्ठ सुनकोशीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकोमा सशस्त्र प्रहरीले वैशाख ३ गते फेला पारेको थियो।
श्रेष्ठ डुबेको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहितको सशस्त्र प्रहरीले शव पानीबाट बाहिर निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।