काठमाडौं– बलिउडका दुई हस्ती रणवीर कपुर र आलिया भट्टले गत हप्ता विवाह गरे। बलिउडसहित आलिया र रणविरसँग परिचित सबै माझमा उनीहरुको जोडी निकै चर्चामा छ।
यसबीच आलियाका साथी तथा दिदीबहिनीहरुले रणवीरको जुत्ता लुकाउँदा मागेको पैसा खुलेको छ। हिन्दुस्तान टायम्सकाअनुसार आलियाका साथी तथा दिदीबहिनीहरुले जुत्ता लुकाएवापत ११ करोड ५० लाख भारतीय रुपैयाँको माग गरेका थिए।
आखिर रणविरले उनीहरुलाई कति दिए त?
सञ्चारमाध्यमकाअनुसार रणविरले उनीहरुलाई खाममा हालेर १ लाख रुपैयाँ दिएका छन्। कपुर परिवारसमक्ष ११ करोड ५० लाखको माग गरे पनि उनीहरुले केवल १ लाख रुपैयाँ पाएका छन्।
यता रणवरिलाई भने आलियाको परिवारले २ करोड ५० लाख बराबरको घडी उपहारमा दिएका छन्। त्यत्ति मात्रै नभएर विवाहमा आएका आफन्तहरु सबैलाई कश्मिरी सल पनि उपहारमा दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।