• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

महिलाले आफ्नो शरीरमा हुने क्यान्सरलाई कसरी पहिचान गर्ने?

ज्ञान चतुर्वेदी मंगलबार, जेठ १७, २०७९  ०७:०७
1140x725

काठमाडौं– यो लेखमा हामी ती क्यान्सरहरुको बारेमा कुरा गर्नेछौं, जुन केवल महिलाको शरीरमा हुन्छ। अन्डाशय, पाठेघर र पाठेघरको मुख (फ्यालोपियन ट्युब) मा हुने क्यान्सर महिलाको शरीरमा मात्रै हुन्छ।

दुर्भाग्यवश, यी अंगमा क्यान्सर भएपछि सुरुवाती चरणमा प्रायः कुनै पनि किसिमको पीडा हुँदैन। एक किसिमको मौन चरण चलिरहेको हुन्छ। कैयौं महिनासम्म क्यान्सर शरीरमा चुपचाप बढिरहेका हुन्छन्। यो रोगको पहिचान प्रायः त्यो समयमा हुन्छ, जब क्यान्सरहरु फैलिएर अन्य अंगसम्म पुगिसकेका हुन्छन्। त्यति बेला धेरै ढिलो भइसकेको हुन्छ।

यदि, हामीले यो रोगलाई सुरुवातमै थाहा पाउन सकेमा पूर्णरूपमा उपचार गर्न संभव छ। तर, सुरुवाती चरणमै पत्ता लगाउन चिकित्सकभन्दा पहिले व्यक्तिले नै केही जानकारीहरू राख्नु पर्छ। यी क्यान्सरहरूबारे हामीले थोरै मात्र थाहा पायौं भने पनि त्यो पर्याप्त हुन्छ।

यो लेखको एक मात्र उद्देश्य पनि यही हो। तीन किसिमका क्यान्सरहरूबारे केही जानकारी र आवश्यक विषय यहाँ हामी प्रश्नोत्तरको शैलीमा बुझ्ने प्रयास गर्नेछौं।

अन्डाशयको क्यान्सर
किन महिलालाई यो क्यान्सरको जोखिम धेरै हुन्छ?
यो क्यान्सरको जोखिम प्रायः बढी उमेरका महिलालाई हुन्छ। ७५ देखि ८० वर्षका महिलालाई धेरै मात्रामा यो क्यान्सर हुन्छ। ४० वर्षभन्दा कम उमेरका महिलाहरुलाई यो क्यान्सर हुने जोखिम नगन्य हुन्छ।

यो क्यान्सर ती महिलालाई धेरै हुन्छ, जसको अन्डाशयले ठीकसँग काम गर्न सकिरहेको हुँदैन। उदाहरणका लागि, जो महिला सन्तान जन्माउन सक्षम हुँदैनन्, वा यस्ता महिला जसलाई केही सन्तान लाभ भए पनि गर्भवति हुन नसक्ने अवस्था हुन्छ, वा यस्ता महिला जसको पटकपटक गर्भपतन भएको हुन्छ। यसको ठीक विपरीत, हरेक पटक गर्भवती हुँदा अन्डाशयमा हुने क्यान्सरको आशंका १० प्रतिशत कम हुने मानिन्छ। सँगै स्तनपान तथा ‘ओरल कन्ट्रासेप्टिब’ले पनि यो क्यान्सरको आशंकालाई कम गर्छन्।

१० प्रतिशतलाई यस्तो क्यान्सर आनुवशिंक पनि हुनसक्छ। रगतको नाता भएका दुई वा दुईभन्दा धेरै पुस्तालाई यो क्यान्सर भएको छ भने आगामी पुस्तालाई पनि यो क्यान्सर हुने जोखिम ५० प्रतिशतसम्म बढेर जान्छ।

यो क्यान्सरको लक्ष्यण के हो?
यसको सबैभन्दा जोखिम धेरै समयसम्म कुनै पनि किसिमको पीडा पैदा नगर्नु हो। पछि जब क्यान्सर फैलिएर आसपासका अन्य अंगसम्म पुग्छ (पेल्बिसदेखि पिशाबको थैली वा वरपरका नशाहरुमा), तब मात्रै पेट दुख्ने, पिसाब गर्दा असहज हुने, कब्जियत हुने, कम्मरमा दुखाइ हुनेजस्ता समस्या देखिन थाल्छन्। त्यसैले यो क्यान्सर शरीरमा छ भने पनि लामो समयसम्म यसबारे कुनै कुरा थाहा हुँदैन। यो कारण पनि अन्डाशयको क्यान्सर धेरै खतरनाक छ।

Ncell 2
Ncell 2

त्यसो त मेडिकल साइन्सले कुनै किसिमको परीक्षणमार्फत बिरामीलाई समयमै पहिचान गर्नसक्ने उपायको खोजी निरन्तर गरिरहेको छ। तर, हालसम्म कुनै उपाय भेटिएको छैन।

त्यसो भए अहिलेको अवस्थामा के गर्न सकिन्छ? हाललाई अन्डाशयको क्यान्सरबारे थाहा पाउन कुन किसिमको ‘स्क्रिनिङ मेथड’ अपनाउनुपर्छ?
पहिलो चरण वा दोस्रो चरणको समयमा यो क्यान्सरबारे थाहा पाउन सकियो भने पूर्ण रुपमा हटाउन सकिन्छ। त्यसपछि क्यान्सर भएकी महिला पूर्ण रूपमा स्वस्थ हुनसक्छिन्। तर, यसलाई कसरी पहिचान गर्ने?

हाललाई यसको जवाफ छैन। यो अवस्थामा कमसेकम जुन महिलालाई क्यान्सर हुने आशंका बढी हुन्छ (उदाहरणका लागि ती महिलाहरू जसको नजिकका आफन्त महिलामा यो क्यान्सर भएको होस्), उनीहरूलाई नियमित रूपमा आफ्नो शरीरको तीन किसिमका परीक्षणको सल्लाह दिन सकिन्छ। ती परिक्षण यसप्रकार छन्ः
१. कुनै सक्षम गाइनेकोलोजिस्टसँग शरीरको आन्तरिक जाँच गराउने
२. कुनै राम्रो सोनोलोजिस्टसँग आफ्नो ट्रान्स भेजाइनल (पाठेघरको मुखसम्मको) अल्ट्रासाउन्ड गर्ने
३. रगतको विशेष परीक्षण (सीए १२५ परिक्षण) गर्ने

यी परीक्षणहरु निकै आवश्यक छन्। यस्तो नगरेमा क्यान्सर पूर्णरूपमा फैलिएपछि मात्रै थाहा हुन्छ। पूर्णरूपमा फैलिएको क्यान्सर निकै खतरनाक हुन्छ।

पाठेघरको मुखको क्यान्सर
एक समय यो क्यान्सर महिलाहरूको मृत्युको महत्वपूर्ण कारण थियो। पछि एउटा सामान्य किसिमको स्क्रिनिङ परीक्षण (पैप्स स्मियर)को खोज भएसँगै यो क्यान्सरलाई सुरुवाती समयमै पत्ता लगाउन सकिने भयो। मेडिकल विज्ञानको क्षेत्रमा यो सानो खोजका कारण पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु करिब ५० प्रतिशतसम्म कम भएको थियो।

पैप्स स्मीयर के हो?
यो एउटा सामान्य किसिमको परिक्षण हो, जुन तपाईंको गाइनेकोलोजिस्टले आउटडोरमै दुई वा तीन मिनेटमा गर्न सक्छन्। २४ घण्टाभित्रमा यसको रिपोर्ट पनि आउँछ। यो टेस्टबाट चिकित्सकले पाठेघरको मुखमा क्यान्सर विकसित भए नभएको थाहा पाउन सक्छन्। 

कस्ता महिलामा यो क्यान्सरको बढी आशंका हुन्छ?
यो क्यान्सर हुनुमा मुख्यगरी यौन क्रियाकलापमा सक्रिय हुने एचपीबी नामक भाइरसको भूमिका धेरै हुने जानकारीमा आएको छ। यो क्यान्सरलाई पूर्णरूपमा रोक्न सक्ने स्थिति पनि निर्माण भएको छ। अहिले यो भाइरसको विरुद्धमा एउटा मल्टिभेलेन्छ खोपको खोज भएको छ। यदि, हामीले आफ्ना किशोर छोरीहरुलाई यो खोप सही उमेरमा दिन सकेमा यो क्यान्सरको रोकथाम हुनसक्छ।

यो पनि पढ्नुहोस्

महिलाले स्तनमा हुने क्यान्सर कसरी थाहा पाउने?

त्यसो त यो भाइरस मात्रै पाठेघरको मुखको क्यान्सरको एक मात्र कारण होइन। यो क्यान्सर गरिब महिला (जसले पर्याप्त मात्रामा भोजन पाउँदैनन), कम उमेरमा यौनजन्य क्रियाकलापमा सक्रिय भएका महिला, धेरै व्यक्तिसँग यौन सम्पर्क गर्ने महिला, धुम्रपान गर्ने र परिवारमा विगतमा यो बिरामी भएका महिलामा पनि हुने डर हुन्छ। 

यो क्यान्सर भएमा कस्ता असहजताहरु हुन्छन्?
पाठेघरको मुखको क्यान्सरले पनि सुरुवातमा असहजता पैदा गर्दैन। तर, योनीबाट असामान्य किसिमको रक्तश्राब भएमा, ज्यादा रगत बगेमा, सहवासपछि रगत बग्ने भएमा वा पहेँलो रङको ‘भजाइनल डिस्चार्ज’ भएमा, लगातार कम्मर दुख्ने र पिसाब फेर्नमा असहजता भएमा एकपटक जाँच गर्नैपर्छ। यस्तोमा गाइनेकोलोजिस्टले महिलाको पैप स्मियर, आन्तरिक परीक्षण र आवश्यक भएमा सर्विक्स बायोप्सी जस्ता परीक्षण गर्न सक्छन्। 

के पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सम्भव छ?
अवश्य पनि छ। महिलाहरूले यौनजन्य क्रियाकलाप सुरु गरेपछि वा २० वर्षको उमेर भएको सुरुवातका तीन वर्षसम्म हरेक वर्ष पैप्स स्मियर गर्नुपर्छ। यदि, सबै कुरा ठीक देखिएमा त्यसपछि तीन–तीन वर्षको फरकमा यो परीक्षण गर्नुपर्छ।

माथि उल्लेखितमध्ये कुनै पनि किसिमका असहजता पैदा भएमा बीचमा पनि यी परीक्षण गर्नुपर्छ। यस्तो गरेमा यो क्यान्सरलाई एकदमै सुरुवाती चरणमा पत्ता लगाउन सकिन्छ।

पाठेघरको क्यान्सर
यो लेखको अन्त्यमा पाठेघरको क्यान्सरको चर्चा भए पनि आजको समयमा महिलाको प्रजनन् अंगमा धेरै हुने क्यान्सर यही बनेको छ।

कस्ता महिलामा यो क्यान्सरको आशंका धेरै हुन्छ?
पाठेघरको क्यान्सर हुने महिलामध्ये दुईतिहाइ ती महिला हुन्छन्, जसको मनोपज (महिनावारी बन्द भएपछिको समय) भइसकेको हुन्छ। साधारणतः यो ६० देखि ७० वर्षका महिलामा धेरै हुने गरेको छ। त्यसो त यो क्यान्सरको एकतिहाइ रूपमा कम उमेरका महिलामा पनि हुन सक्छ।

पाठेघरको क्यान्सरका लक्षणहरू के–के हुन्?
पाठेघर एउटा ठूलो आकारको अंग हो। यसभित्र ठूलो खाली ठाउँ हुन्छ। यसमा क्यान्सर फैलिनका लागि पर्याप्त ठाउँ पनि हुन्छ। 

धेरै ठाउँमा फैलिनुअघि नै प्रायः यसबारे थाहा पाइन्छ। त्यसैले यसको पूर्णरूपमा उपचार गर्न संभव छ। तपाईंले जान्नुपर्ने कुरा, यदि कुनै महिलालाई (जसको मनोपज भइसकेको छ) योनाङ्गबाट खराब किसिमको पानी बग्ने वा महिनावारी बन्द भइसकेको समयमा पनि कहिलेकाहीँ ब्लिडिङ हुने वा योनाङ्गबाट धेरै पानी बग्ने समस्या छ भने उनीहरुले गाइनेकोलोजिस्टसँग तुरुन्तै परीक्षण गराउन आवश्यक हुन्छ।

यस्तो अवस्थामा गाइनेकोलोजिस्टले प्रायः एन्ठोमेट्रियल बायोप्सी वा डि एण्ड सीको सानो सर्जरी गरेर यो क्यान्सर पत्ता लगाउन सकिन्छ। त्यसपछि शल्यक्रिया गरेर पूरै पाठेघर, अन्डाशयजस्ता अंगहरू निकालेर यसको पूर्णरूपमा उपचार गर्न सकिन्छ।

हामीले यो पूरै लेखबाट के बुझ्न सक्छौँ?
१. महिलाहरूलाई आफ्ना प्रजनन् अंगहरूमा हुने क्यान्सरले प्रायः कुनै पनि किसिमको असहजता हुँदैन। तर, यी क्यान्सर पत्ता लगाउन उपलब्ध भएका स्क्रिनिङका सुविधा ती महिलाले निरन्तर गराइरहनु पर्छ, जो यीमध्ये कुनै पनि किसिमका क्यान्सर हुने जोखिममा हुन्छन्।

२. महिलाहरूलाई हुने पेटको दुखाइ, पिसाबमा समस्या, योनाङ्गबाट हुने कुनै किसिमको ब्लिडिङ वा बग्ने तरल पदार्थ, कम्मरमा दुखाइ, खुट्टामा दुखाइजस्ता समस्या देखिए उनीहरूले आफ्नो पूरै चेकजाँच गर्न अत्यन्तै आवश्यक हुन्छ। किनकि, यस्ता असहजताहरू माथि उल्लेखित कुनै पनि किसिमका क्यान्सरसँग जोडिएका हुन सक्छन्।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते शनिबार, पुस ५, २०८२
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
चुनाव सारे देश दुर्घटनामा जाने प्रचण्डको चेतावनी, आफूहरुको शक्तिलाई खेलाँची नठान्न चुनौती शनिबार, पुस ५, २०८२
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्