• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

महिलाले आफ्नो शरीरमा हुने क्यान्सरलाई कसरी पहिचान गर्ने?

ज्ञान चतुर्वेदी मंगलबार, जेठ १७, २०७९  ०७:०७
1140x725

काठमाडौं– यो लेखमा हामी ती क्यान्सरहरुको बारेमा कुरा गर्नेछौं, जुन केवल महिलाको शरीरमा हुन्छ। अन्डाशय, पाठेघर र पाठेघरको मुख (फ्यालोपियन ट्युब) मा हुने क्यान्सर महिलाको शरीरमा मात्रै हुन्छ।

दुर्भाग्यवश, यी अंगमा क्यान्सर भएपछि सुरुवाती चरणमा प्रायः कुनै पनि किसिमको पीडा हुँदैन। एक किसिमको मौन चरण चलिरहेको हुन्छ। कैयौं महिनासम्म क्यान्सर शरीरमा चुपचाप बढिरहेका हुन्छन्। यो रोगको पहिचान प्रायः त्यो समयमा हुन्छ, जब क्यान्सरहरु फैलिएर अन्य अंगसम्म पुगिसकेका हुन्छन्। त्यति बेला धेरै ढिलो भइसकेको हुन्छ।

यदि, हामीले यो रोगलाई सुरुवातमै थाहा पाउन सकेमा पूर्णरूपमा उपचार गर्न संभव छ। तर, सुरुवाती चरणमै पत्ता लगाउन चिकित्सकभन्दा पहिले व्यक्तिले नै केही जानकारीहरू राख्नु पर्छ। यी क्यान्सरहरूबारे हामीले थोरै मात्र थाहा पायौं भने पनि त्यो पर्याप्त हुन्छ।

यो लेखको एक मात्र उद्देश्य पनि यही हो। तीन किसिमका क्यान्सरहरूबारे केही जानकारी र आवश्यक विषय यहाँ हामी प्रश्नोत्तरको शैलीमा बुझ्ने प्रयास गर्नेछौं।

अन्डाशयको क्यान्सर
किन महिलालाई यो क्यान्सरको जोखिम धेरै हुन्छ?
यो क्यान्सरको जोखिम प्रायः बढी उमेरका महिलालाई हुन्छ। ७५ देखि ८० वर्षका महिलालाई धेरै मात्रामा यो क्यान्सर हुन्छ। ४० वर्षभन्दा कम उमेरका महिलाहरुलाई यो क्यान्सर हुने जोखिम नगन्य हुन्छ।

यो क्यान्सर ती महिलालाई धेरै हुन्छ, जसको अन्डाशयले ठीकसँग काम गर्न सकिरहेको हुँदैन। उदाहरणका लागि, जो महिला सन्तान जन्माउन सक्षम हुँदैनन्, वा यस्ता महिला जसलाई केही सन्तान लाभ भए पनि गर्भवति हुन नसक्ने अवस्था हुन्छ, वा यस्ता महिला जसको पटकपटक गर्भपतन भएको हुन्छ। यसको ठीक विपरीत, हरेक पटक गर्भवती हुँदा अन्डाशयमा हुने क्यान्सरको आशंका १० प्रतिशत कम हुने मानिन्छ। सँगै स्तनपान तथा ‘ओरल कन्ट्रासेप्टिब’ले पनि यो क्यान्सरको आशंकालाई कम गर्छन्।

१० प्रतिशतलाई यस्तो क्यान्सर आनुवशिंक पनि हुनसक्छ। रगतको नाता भएका दुई वा दुईभन्दा धेरै पुस्तालाई यो क्यान्सर भएको छ भने आगामी पुस्तालाई पनि यो क्यान्सर हुने जोखिम ५० प्रतिशतसम्म बढेर जान्छ।

यो क्यान्सरको लक्ष्यण के हो?
यसको सबैभन्दा जोखिम धेरै समयसम्म कुनै पनि किसिमको पीडा पैदा नगर्नु हो। पछि जब क्यान्सर फैलिएर आसपासका अन्य अंगसम्म पुग्छ (पेल्बिसदेखि पिशाबको थैली वा वरपरका नशाहरुमा), तब मात्रै पेट दुख्ने, पिसाब गर्दा असहज हुने, कब्जियत हुने, कम्मरमा दुखाइ हुनेजस्ता समस्या देखिन थाल्छन्। त्यसैले यो क्यान्सर शरीरमा छ भने पनि लामो समयसम्म यसबारे कुनै कुरा थाहा हुँदैन। यो कारण पनि अन्डाशयको क्यान्सर धेरै खतरनाक छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त मेडिकल साइन्सले कुनै किसिमको परीक्षणमार्फत बिरामीलाई समयमै पहिचान गर्नसक्ने उपायको खोजी निरन्तर गरिरहेको छ। तर, हालसम्म कुनै उपाय भेटिएको छैन।

त्यसो भए अहिलेको अवस्थामा के गर्न सकिन्छ? हाललाई अन्डाशयको क्यान्सरबारे थाहा पाउन कुन किसिमको ‘स्क्रिनिङ मेथड’ अपनाउनुपर्छ?
पहिलो चरण वा दोस्रो चरणको समयमा यो क्यान्सरबारे थाहा पाउन सकियो भने पूर्ण रुपमा हटाउन सकिन्छ। त्यसपछि क्यान्सर भएकी महिला पूर्ण रूपमा स्वस्थ हुनसक्छिन्। तर, यसलाई कसरी पहिचान गर्ने?

हाललाई यसको जवाफ छैन। यो अवस्थामा कमसेकम जुन महिलालाई क्यान्सर हुने आशंका बढी हुन्छ (उदाहरणका लागि ती महिलाहरू जसको नजिकका आफन्त महिलामा यो क्यान्सर भएको होस्), उनीहरूलाई नियमित रूपमा आफ्नो शरीरको तीन किसिमका परीक्षणको सल्लाह दिन सकिन्छ। ती परिक्षण यसप्रकार छन्ः
१. कुनै सक्षम गाइनेकोलोजिस्टसँग शरीरको आन्तरिक जाँच गराउने
२. कुनै राम्रो सोनोलोजिस्टसँग आफ्नो ट्रान्स भेजाइनल (पाठेघरको मुखसम्मको) अल्ट्रासाउन्ड गर्ने
३. रगतको विशेष परीक्षण (सीए १२५ परिक्षण) गर्ने

यी परीक्षणहरु निकै आवश्यक छन्। यस्तो नगरेमा क्यान्सर पूर्णरूपमा फैलिएपछि मात्रै थाहा हुन्छ। पूर्णरूपमा फैलिएको क्यान्सर निकै खतरनाक हुन्छ।

Xtrem

Xtrem

पाठेघरको मुखको क्यान्सर
एक समय यो क्यान्सर महिलाहरूको मृत्युको महत्वपूर्ण कारण थियो। पछि एउटा सामान्य किसिमको स्क्रिनिङ परीक्षण (पैप्स स्मियर)को खोज भएसँगै यो क्यान्सरलाई सुरुवाती समयमै पत्ता लगाउन सकिने भयो। मेडिकल विज्ञानको क्षेत्रमा यो सानो खोजका कारण पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु करिब ५० प्रतिशतसम्म कम भएको थियो।

पैप्स स्मीयर के हो?
यो एउटा सामान्य किसिमको परिक्षण हो, जुन तपाईंको गाइनेकोलोजिस्टले आउटडोरमै दुई वा तीन मिनेटमा गर्न सक्छन्। २४ घण्टाभित्रमा यसको रिपोर्ट पनि आउँछ। यो टेस्टबाट चिकित्सकले पाठेघरको मुखमा क्यान्सर विकसित भए नभएको थाहा पाउन सक्छन्। 

कस्ता महिलामा यो क्यान्सरको बढी आशंका हुन्छ?
यो क्यान्सर हुनुमा मुख्यगरी यौन क्रियाकलापमा सक्रिय हुने एचपीबी नामक भाइरसको भूमिका धेरै हुने जानकारीमा आएको छ। यो क्यान्सरलाई पूर्णरूपमा रोक्न सक्ने स्थिति पनि निर्माण भएको छ। अहिले यो भाइरसको विरुद्धमा एउटा मल्टिभेलेन्छ खोपको खोज भएको छ। यदि, हामीले आफ्ना किशोर छोरीहरुलाई यो खोप सही उमेरमा दिन सकेमा यो क्यान्सरको रोकथाम हुनसक्छ।

यो पनि पढ्नुहोस्

महिलाले स्तनमा हुने क्यान्सर कसरी थाहा पाउने?

त्यसो त यो भाइरस मात्रै पाठेघरको मुखको क्यान्सरको एक मात्र कारण होइन। यो क्यान्सर गरिब महिला (जसले पर्याप्त मात्रामा भोजन पाउँदैनन), कम उमेरमा यौनजन्य क्रियाकलापमा सक्रिय भएका महिला, धेरै व्यक्तिसँग यौन सम्पर्क गर्ने महिला, धुम्रपान गर्ने र परिवारमा विगतमा यो बिरामी भएका महिलामा पनि हुने डर हुन्छ। 

यो क्यान्सर भएमा कस्ता असहजताहरु हुन्छन्?
पाठेघरको मुखको क्यान्सरले पनि सुरुवातमा असहजता पैदा गर्दैन। तर, योनीबाट असामान्य किसिमको रक्तश्राब भएमा, ज्यादा रगत बगेमा, सहवासपछि रगत बग्ने भएमा वा पहेँलो रङको ‘भजाइनल डिस्चार्ज’ भएमा, लगातार कम्मर दुख्ने र पिसाब फेर्नमा असहजता भएमा एकपटक जाँच गर्नैपर्छ। यस्तोमा गाइनेकोलोजिस्टले महिलाको पैप स्मियर, आन्तरिक परीक्षण र आवश्यक भएमा सर्विक्स बायोप्सी जस्ता परीक्षण गर्न सक्छन्। 

के पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सम्भव छ?
अवश्य पनि छ। महिलाहरूले यौनजन्य क्रियाकलाप सुरु गरेपछि वा २० वर्षको उमेर भएको सुरुवातका तीन वर्षसम्म हरेक वर्ष पैप्स स्मियर गर्नुपर्छ। यदि, सबै कुरा ठीक देखिएमा त्यसपछि तीन–तीन वर्षको फरकमा यो परीक्षण गर्नुपर्छ।

माथि उल्लेखितमध्ये कुनै पनि किसिमका असहजता पैदा भएमा बीचमा पनि यी परीक्षण गर्नुपर्छ। यस्तो गरेमा यो क्यान्सरलाई एकदमै सुरुवाती चरणमा पत्ता लगाउन सकिन्छ।

पाठेघरको क्यान्सर
यो लेखको अन्त्यमा पाठेघरको क्यान्सरको चर्चा भए पनि आजको समयमा महिलाको प्रजनन् अंगमा धेरै हुने क्यान्सर यही बनेको छ।

कस्ता महिलामा यो क्यान्सरको आशंका धेरै हुन्छ?
पाठेघरको क्यान्सर हुने महिलामध्ये दुईतिहाइ ती महिला हुन्छन्, जसको मनोपज (महिनावारी बन्द भएपछिको समय) भइसकेको हुन्छ। साधारणतः यो ६० देखि ७० वर्षका महिलामा धेरै हुने गरेको छ। त्यसो त यो क्यान्सरको एकतिहाइ रूपमा कम उमेरका महिलामा पनि हुन सक्छ।

पाठेघरको क्यान्सरका लक्षणहरू के–के हुन्?
पाठेघर एउटा ठूलो आकारको अंग हो। यसभित्र ठूलो खाली ठाउँ हुन्छ। यसमा क्यान्सर फैलिनका लागि पर्याप्त ठाउँ पनि हुन्छ। 

धेरै ठाउँमा फैलिनुअघि नै प्रायः यसबारे थाहा पाइन्छ। त्यसैले यसको पूर्णरूपमा उपचार गर्न संभव छ। तपाईंले जान्नुपर्ने कुरा, यदि कुनै महिलालाई (जसको मनोपज भइसकेको छ) योनाङ्गबाट खराब किसिमको पानी बग्ने वा महिनावारी बन्द भइसकेको समयमा पनि कहिलेकाहीँ ब्लिडिङ हुने वा योनाङ्गबाट धेरै पानी बग्ने समस्या छ भने उनीहरुले गाइनेकोलोजिस्टसँग तुरुन्तै परीक्षण गराउन आवश्यक हुन्छ।

यस्तो अवस्थामा गाइनेकोलोजिस्टले प्रायः एन्ठोमेट्रियल बायोप्सी वा डि एण्ड सीको सानो सर्जरी गरेर यो क्यान्सर पत्ता लगाउन सकिन्छ। त्यसपछि शल्यक्रिया गरेर पूरै पाठेघर, अन्डाशयजस्ता अंगहरू निकालेर यसको पूर्णरूपमा उपचार गर्न सकिन्छ।

हामीले यो पूरै लेखबाट के बुझ्न सक्छौँ?
१. महिलाहरूलाई आफ्ना प्रजनन् अंगहरूमा हुने क्यान्सरले प्रायः कुनै पनि किसिमको असहजता हुँदैन। तर, यी क्यान्सर पत्ता लगाउन उपलब्ध भएका स्क्रिनिङका सुविधा ती महिलाले निरन्तर गराइरहनु पर्छ, जो यीमध्ये कुनै पनि किसिमका क्यान्सर हुने जोखिममा हुन्छन्।

२. महिलाहरूलाई हुने पेटको दुखाइ, पिसाबमा समस्या, योनाङ्गबाट हुने कुनै किसिमको ब्लिडिङ वा बग्ने तरल पदार्थ, कम्मरमा दुखाइ, खुट्टामा दुखाइजस्ता समस्या देखिए उनीहरूले आफ्नो पूरै चेकजाँच गर्न अत्यन्तै आवश्यक हुन्छ। किनकि, यस्ता असहजताहरू माथि उल्लेखित कुनै पनि किसिमका क्यान्सरसँग जोडिएका हुन सक्छन्।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्