• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन ढिलो पत्ता लाग्छ मधुमेह?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २९, २०८२  ०८:४९
1140x725

कमला गुरुङ

काठमाडौं– बाराकी ६० वर्षीया देवीकुमारीलाई मधुमेह (चिनी) रोग लागेको करिब १५ वर्ष भयो। ४५ वर्षको उमेरदेखि नै उनी मधुमेह रोगको औषधि नियमित रुपमा सेवन गर्दै आइरहेकी छिन्। 

घरको काम र खेतबारीमै जीवन निर्वाह गर्दै आएकी उनलाई यो रोग बारे खासै जानकारी थिएन। न त उनी सचेत नै थिइन्। घरमा जे पाक्यो त्यही खाएर जीवन निर्वाह गर्दै आएकी उनी खानपान र जीवनशैलीका कारण पनि मधुमेह रोग लाग्छ भन्ने बारे अनभिज्ञ थिइन्। 

मुख सुख्खा हुने, खुट्टा पोल्ने र एक्कासी चक्कर लागेर बेहोस हुने अवस्था आएपछि उनी अस्पताल पुगिन्। परीक्षणका क्रममा मात्र उनलाई मधुमेह रोग लागेको पुष्टि भयो। सुरुमा त उनलाई विश्वास नै गर्न गाह्रो भयो। तर चिकित्सकले मधुमेह भएको पुष्टि गरेपछि मात्र उनले विश्वास गरिन्। 

भन्छिन्, ‘म त खेतबारीमै काम गर्ने, जे पाक्यो त्यही खाने मान्छे। चिनी रोग लाग्छ भनेर कहिल्यै पनि सोचेकै थिइन्। एकदिन चक्कर लागेर ढल्न लाग्दा अस्पताल गएँ। त्यसपछि मात्र मलाई यो रोग लागेको थाहा भयो।’

यसअघि उनले कहिल्यै पनि मधुमेहको नियमित परीक्षण गरेकी थिइनन्। 

उनी मात्र नभई चितवनकी ३२ वर्षीया एलिना पनि मधुमेहबाट ग्रसित छिन्। चार वर्ष भयो उनलाई मधुमेह भएको। मधुमेहबारे उनलाई थाहा त थियो तर आवश्यक बाहेक उनले कहिल्यै पनि नियमित परीक्षण भने गराएकी थिइनन्।  

मधुमेहको समस्या उनलाई छोरा गर्भमा रहेको बेलादेखि सुरु भएको हो। छोरा गर्भमा रहेको बेला धेरै भोक तथा प्यास लाग्ने, मुख सुख्खा हुने, लगातार पिसाब लाग्ने लक्षण उनमा देखिन थाल्यो। मधुमेह परीक्षण गर्दा नै उनको २ सय एमजीडिल रहेको उनले बताइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अधिकांश महिलामा शिशुको जन्मपछि यो रोग ठिक हुने भएपनि उनको हकमा भने त्यसो भएन। कारण, उनी मधुमेहको प्रिडायबटिज थिइन्। 

‘मैले गर्भ रहनुअघि मधुमेहको परीक्षण गरेकी थिइन्।’ उनले भनिन्, ‘पछि डाक्टरले मेरो शरीरमा चिनी रोग पहिले नै रहेको कुरा बताउनुभयो,’ उनले भनिन्। 

हाल उनी नियमित औषधिको सेवन र परीक्षणमा छिन्। नियमित परीक्षण गरेको भए सायद मधुमेह समयमै पत्ता लाग्ने कुरा उनले अहिले महसुस गर्दैछिन्।

‘मधुमेह बारे थाहा त थियो। तर नियमित जाँच कहिल्यै गरिँन,' उनले भनिन्, ‘बेला बेला चेक गरेको भए सायद समयमै थाहा हुन्थ्यो की?’

अधिकांशले मधुमेह भएको थाहै पाउँदैनन्

एलिना र देवीकुमारी उदाहरणीय पात्रहरु मात्र हुन्। उनीहरु जस्तै अधिकांशमा मधुमेह भएपछि मात्र थाहा हुने समस्या नेपालमा ठूलै छ। 

मानिसहरु अहिले आफ्नो स्वास्थ्य र रोगप्रति सचेत त हुँदै गएका छन्। तर आवश्यक बाहेक नियमित परीक्षण गराउन भने खासै चाँसो दिँदैनन्। यसैकारण अधिकांशमा रोग लागेपछि मात्र बिरामीहरु अस्पताल धाउन थाल्छन्। 

थापाथलीस्थित नर्भिक अस्पतालकी कन्सल्टेण्ट इन्डोक्राइनोलोजिस्ट डा कामाक्श्या शाह ५० प्रतिशतलाई मधुमेह रोग लागेको बारे थाहा नै नहुने बताउँछिन्। शरीरमा केही स्वास्थ्य समस्या देखिएपछि मात्र अस्पताल आउने गरेको बताइन्। 

उनले भनिन्, ‘घाउँ निको नभएपछि, पिसामा संक्रमण देखिएपछि र लगातार तौल घट्ने जस्ता समस्या भएपछि मात्र बिरामीहरु अस्पताल आउँछन्। होइन भने यो रोग लागेको कति दिन महिनासम्म पनि बिरामीहरु अस्पताल आउँदैनन्।’

अस्वस्थकर खानपान र निष्क्रिय जीवनशैलीका कारण अहिले युवा अवस्थामा पनि मधुमेहको जोखिम बढ्दै गएको उनले बताइन्। 
उनले भन्छिन्, ‘अहिले १८/२० वर्ष जस्तो कलिलो उमेरमा पनि मधुमेहको समस्या देखिन्छ। जंक तथा फास्ट फूड अनि दिनभर टेबल वर्कका कारण टाइप टु मधुमेहको समस्या बढ्दो छ।’

उनका अनुसार स्वस्थकर खानपान, जीवनशैली र तनाव व्यवस्थापन गर्ने हो भने मात्र पनि मधुमेहको जोखिम ८० प्रतिशतसम्म कम गर्न सकिन्छ। मधुमेहलाई बेलैमा निदान गर्न सके नियन्त्रण पनि गर्न सकिने उनले बताइन्। तर नियमित परीक्षण तथा रोगप्रति बिरामी चनाखो नहुँदा समस्या भयावह बन्दै गइरहेको उनको अनुभव छ।  

समयमै नियन्त्रण गर्न नसके मधुमेहका कारण जटिल अवस्था पनि निम्तन सक्छ। मिर्गौला खराबी हुने, आँखाको रेटिनामा समस्या आउने, अन्धोपना हुन सक्ने, मुटु, फोक्सो जस्ता अंगलाई खराबी गर्ने र लामो समय घाउँ निको नभएर अंग नै काट्नुपर्ने स्थिति समेत आउन सक्ने उनले बताइन्। वर्षमा एक पटक सबैले नियमित रुपमा मधुमेह परीक्षण गराउनै पर्ने उनको सुझाव छ। 

‘मधुमेह नियन्त्रण गर्न सकिने रोग हो। तर खानपान र जीवनशैली नमिलेर नै यो समस्या बढ्दो छ। वंशाणुगत कारण आफ्नै ठाउँमा होलान्। तर १८/२० वर्षको उमेरमा मधुमेह रोग लाग्न नहुने हो,’ उनले भनिन्।

भयावह बन्दै मधुमेहको समस्या

मधुमेहको समस्या नेपालमा मात्र नभई विश्वमै भयावह स्थिति छ। इन्टरनेशल डायबडिज फेडेरेशनको तथ्यांकले मधुमेहको समस्या वर्षेनी डरलाग्दो अवस्थामा बढीरहेको देखाउँछ। 

फेडेरेशनका अनुसार हाल विश्वभर ५९ करोड मानिस मधुमेह रोगबाट ग्रसित छन्। र, यो संख्या ४६ प्रतिशतले बढेर ८५ करोड ३० लाख पुग्ने फेडेरेसनको अनुमान छ। फेडेरेशनको सन् २०२५ को तथ्यांकले २० देखि ७९ वर्षका ९ मध्ये एक जनामा मधुमेह रोग रहेको र जसमा १० मध्ये ४ जनालाई यो रोग लागेको बारे थाहा नै नभएको देखाउँछ। 

५ मध्य ४ मधुमेहका बिरामी कम र मध्यम आय भएका देशका रहेको तथ्यांकमा उल्लेख छ। सन् २०२४ मा विश्वमा मधुमेहका कारण ३४ लाख मानिसको मृत्यु भएका थिए। अनुमानित करिब ४३ प्रतिशत अर्थात् २५ करोड २० लाख मानिसहरुको मधुमेह निदान भएको र करिब ९० प्रतिशत त कम तथा मध्यम आय भएका देशको रहेको फेडेरेशनले जनाएको छ। 

नेपालमा कति मधुमेहका बिरामी छन् भन्ने यकिन तथ्यांक छैन। तर फेडेरेशनले अभिलेख गरेको विश्वभरको तथ्यांकमा नेपालको तथ्यांक पनि समावेश गरेको छ। जसमा नेपालमा २० देखि ७९ वर्ष उमेरका १२ लाख ५९ हजार १ सय जना मधुमेहका बिरामी रहेको अनुमान गरिएको छ। तथ्यांक अनुसार नेपालमा २ हजार ७७६ जनाको मृत्यु मधुमेहका कारण भएका छन्।

144808977Photo-1-diabates-1763175583.png
 

स्वस्थकर खानपानमा जोड दिऔँ–पोषणविद् 

मधुमेहलाई सामान्य भाषामा चिनी रोग पनि भनिन्छ। व्यस्त, भागदौडपूर्ण अस्वस्थकर जीवनशैलीका कारण मधुमेहको समस्या तीव्र गतिमा फैलिँदैछ। 

हतारको भागदौडमा अधिकांश मानिसहरु स्वस्थ र पौष्टिक खानाभन्दा पनि सजिलो र छिटो खानातर्फ आकर्षित भइरहेका छन्। बजारमा पाइने प्रशोधित खानेकुरा हाम्रो दैनिकी बन्दै गइरहेको छ। खानपानमै ध्यान नदिँदा मधुमेहको जोखिम बढ्दै गइरहेको पोषणविद् नानी शोभा शाक्य बताउँछिन्। 

स्वस्थकर खानपान हाम्रो जीवनको महत्वपूर्ण हिस्सा भएपनि अधिकांश मानिस स्वादका हिसाबले पनि प्रशोधित तयारी खानेकुरातर्फ बढी आकर्षित भइरहेको उनको बुझाई छ। 

उनी भन्छिन्, ‘मानिसहरु शरीरलाई चाहिनेभन्दा बढी खान्छन्। त्यसमा पनि पोषण कम भएका प्रशोधित चिल्लो, नुनिलो, मसालेदार खानेकुरा हुन्छन्। जसले मोटोपनाको समस्या बढाउँछ। अनि चिनी रोग निम्त्याउँछ।’

प्रोटिन, फाइबर, चिल्लो पदार्थ लगायत सबै सन्तुलित खानेकुरा खानुपर्नेमा उनको जोड छ। हामीले खाने खानामा पनि सागसब्जी, फलफूलभन्दा कार्बोहाइड्रेट भएका खानेकुरा नै बढी खाँदा पनि मधुमेह रोगको जोखिम बढाएको उनी बताउँछिन्। खानपानमा विशेष ध्यान दिन सकेमा मधुमेह रोगबाट बच्न सकिने उनको भनाइ छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्