• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन ढिलो पत्ता लाग्छ मधुमेह?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २९, २०८२  ०८:४९
1140x725

कमला गुरुङ

काठमाडौं– बाराकी ६० वर्षीया देवीकुमारीलाई मधुमेह (चिनी) रोग लागेको करिब १५ वर्ष भयो। ४५ वर्षको उमेरदेखि नै उनी मधुमेह रोगको औषधि नियमित रुपमा सेवन गर्दै आइरहेकी छिन्। 

घरको काम र खेतबारीमै जीवन निर्वाह गर्दै आएकी उनलाई यो रोग बारे खासै जानकारी थिएन। न त उनी सचेत नै थिइन्। घरमा जे पाक्यो त्यही खाएर जीवन निर्वाह गर्दै आएकी उनी खानपान र जीवनशैलीका कारण पनि मधुमेह रोग लाग्छ भन्ने बारे अनभिज्ञ थिइन्। 

मुख सुख्खा हुने, खुट्टा पोल्ने र एक्कासी चक्कर लागेर बेहोस हुने अवस्था आएपछि उनी अस्पताल पुगिन्। परीक्षणका क्रममा मात्र उनलाई मधुमेह रोग लागेको पुष्टि भयो। सुरुमा त उनलाई विश्वास नै गर्न गाह्रो भयो। तर चिकित्सकले मधुमेह भएको पुष्टि गरेपछि मात्र उनले विश्वास गरिन्। 

भन्छिन्, ‘म त खेतबारीमै काम गर्ने, जे पाक्यो त्यही खाने मान्छे। चिनी रोग लाग्छ भनेर कहिल्यै पनि सोचेकै थिइन्। एकदिन चक्कर लागेर ढल्न लाग्दा अस्पताल गएँ। त्यसपछि मात्र मलाई यो रोग लागेको थाहा भयो।’

यसअघि उनले कहिल्यै पनि मधुमेहको नियमित परीक्षण गरेकी थिइनन्। 

उनी मात्र नभई चितवनकी ३२ वर्षीया एलिना पनि मधुमेहबाट ग्रसित छिन्। चार वर्ष भयो उनलाई मधुमेह भएको। मधुमेहबारे उनलाई थाहा त थियो तर आवश्यक बाहेक उनले कहिल्यै पनि नियमित परीक्षण भने गराएकी थिइनन्।  

मधुमेहको समस्या उनलाई छोरा गर्भमा रहेको बेलादेखि सुरु भएको हो। छोरा गर्भमा रहेको बेला धेरै भोक तथा प्यास लाग्ने, मुख सुख्खा हुने, लगातार पिसाब लाग्ने लक्षण उनमा देखिन थाल्यो। मधुमेह परीक्षण गर्दा नै उनको २ सय एमजीडिल रहेको उनले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अधिकांश महिलामा शिशुको जन्मपछि यो रोग ठिक हुने भएपनि उनको हकमा भने त्यसो भएन। कारण, उनी मधुमेहको प्रिडायबटिज थिइन्। 

‘मैले गर्भ रहनुअघि मधुमेहको परीक्षण गरेकी थिइन्।’ उनले भनिन्, ‘पछि डाक्टरले मेरो शरीरमा चिनी रोग पहिले नै रहेको कुरा बताउनुभयो,’ उनले भनिन्। 

हाल उनी नियमित औषधिको सेवन र परीक्षणमा छिन्। नियमित परीक्षण गरेको भए सायद मधुमेह समयमै पत्ता लाग्ने कुरा उनले अहिले महसुस गर्दैछिन्।

‘मधुमेह बारे थाहा त थियो। तर नियमित जाँच कहिल्यै गरिँन,' उनले भनिन्, ‘बेला बेला चेक गरेको भए सायद समयमै थाहा हुन्थ्यो की?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अधिकांशले मधुमेह भएको थाहै पाउँदैनन्

एलिना र देवीकुमारी उदाहरणीय पात्रहरु मात्र हुन्। उनीहरु जस्तै अधिकांशमा मधुमेह भएपछि मात्र थाहा हुने समस्या नेपालमा ठूलै छ। 

मानिसहरु अहिले आफ्नो स्वास्थ्य र रोगप्रति सचेत त हुँदै गएका छन्। तर आवश्यक बाहेक नियमित परीक्षण गराउन भने खासै चाँसो दिँदैनन्। यसैकारण अधिकांशमा रोग लागेपछि मात्र बिरामीहरु अस्पताल धाउन थाल्छन्। 

थापाथलीस्थित नर्भिक अस्पतालकी कन्सल्टेण्ट इन्डोक्राइनोलोजिस्ट डा कामाक्श्या शाह ५० प्रतिशतलाई मधुमेह रोग लागेको बारे थाहा नै नहुने बताउँछिन्। शरीरमा केही स्वास्थ्य समस्या देखिएपछि मात्र अस्पताल आउने गरेको बताइन्। 

उनले भनिन्, ‘घाउँ निको नभएपछि, पिसामा संक्रमण देखिएपछि र लगातार तौल घट्ने जस्ता समस्या भएपछि मात्र बिरामीहरु अस्पताल आउँछन्। होइन भने यो रोग लागेको कति दिन महिनासम्म पनि बिरामीहरु अस्पताल आउँदैनन्।’

अस्वस्थकर खानपान र निष्क्रिय जीवनशैलीका कारण अहिले युवा अवस्थामा पनि मधुमेहको जोखिम बढ्दै गएको उनले बताइन्। 
उनले भन्छिन्, ‘अहिले १८/२० वर्ष जस्तो कलिलो उमेरमा पनि मधुमेहको समस्या देखिन्छ। जंक तथा फास्ट फूड अनि दिनभर टेबल वर्कका कारण टाइप टु मधुमेहको समस्या बढ्दो छ।’

उनका अनुसार स्वस्थकर खानपान, जीवनशैली र तनाव व्यवस्थापन गर्ने हो भने मात्र पनि मधुमेहको जोखिम ८० प्रतिशतसम्म कम गर्न सकिन्छ। मधुमेहलाई बेलैमा निदान गर्न सके नियन्त्रण पनि गर्न सकिने उनले बताइन्। तर नियमित परीक्षण तथा रोगप्रति बिरामी चनाखो नहुँदा समस्या भयावह बन्दै गइरहेको उनको अनुभव छ।  

समयमै नियन्त्रण गर्न नसके मधुमेहका कारण जटिल अवस्था पनि निम्तन सक्छ। मिर्गौला खराबी हुने, आँखाको रेटिनामा समस्या आउने, अन्धोपना हुन सक्ने, मुटु, फोक्सो जस्ता अंगलाई खराबी गर्ने र लामो समय घाउँ निको नभएर अंग नै काट्नुपर्ने स्थिति समेत आउन सक्ने उनले बताइन्। वर्षमा एक पटक सबैले नियमित रुपमा मधुमेह परीक्षण गराउनै पर्ने उनको सुझाव छ। 

‘मधुमेह नियन्त्रण गर्न सकिने रोग हो। तर खानपान र जीवनशैली नमिलेर नै यो समस्या बढ्दो छ। वंशाणुगत कारण आफ्नै ठाउँमा होलान्। तर १८/२० वर्षको उमेरमा मधुमेह रोग लाग्न नहुने हो,’ उनले भनिन्।

भयावह बन्दै मधुमेहको समस्या

मधुमेहको समस्या नेपालमा मात्र नभई विश्वमै भयावह स्थिति छ। इन्टरनेशल डायबडिज फेडेरेशनको तथ्यांकले मधुमेहको समस्या वर्षेनी डरलाग्दो अवस्थामा बढीरहेको देखाउँछ। 

फेडेरेशनका अनुसार हाल विश्वभर ५९ करोड मानिस मधुमेह रोगबाट ग्रसित छन्। र, यो संख्या ४६ प्रतिशतले बढेर ८५ करोड ३० लाख पुग्ने फेडेरेसनको अनुमान छ। फेडेरेशनको सन् २०२५ को तथ्यांकले २० देखि ७९ वर्षका ९ मध्ये एक जनामा मधुमेह रोग रहेको र जसमा १० मध्ये ४ जनालाई यो रोग लागेको बारे थाहा नै नभएको देखाउँछ। 

५ मध्य ४ मधुमेहका बिरामी कम र मध्यम आय भएका देशका रहेको तथ्यांकमा उल्लेख छ। सन् २०२४ मा विश्वमा मधुमेहका कारण ३४ लाख मानिसको मृत्यु भएका थिए। अनुमानित करिब ४३ प्रतिशत अर्थात् २५ करोड २० लाख मानिसहरुको मधुमेह निदान भएको र करिब ९० प्रतिशत त कम तथा मध्यम आय भएका देशको रहेको फेडेरेशनले जनाएको छ। 

नेपालमा कति मधुमेहका बिरामी छन् भन्ने यकिन तथ्यांक छैन। तर फेडेरेशनले अभिलेख गरेको विश्वभरको तथ्यांकमा नेपालको तथ्यांक पनि समावेश गरेको छ। जसमा नेपालमा २० देखि ७९ वर्ष उमेरका १२ लाख ५९ हजार १ सय जना मधुमेहका बिरामी रहेको अनुमान गरिएको छ। तथ्यांक अनुसार नेपालमा २ हजार ७७६ जनाको मृत्यु मधुमेहका कारण भएका छन्।

144808977Photo-1-diabates-1763175583.png
 

स्वस्थकर खानपानमा जोड दिऔँ–पोषणविद् 

मधुमेहलाई सामान्य भाषामा चिनी रोग पनि भनिन्छ। व्यस्त, भागदौडपूर्ण अस्वस्थकर जीवनशैलीका कारण मधुमेहको समस्या तीव्र गतिमा फैलिँदैछ। 

हतारको भागदौडमा अधिकांश मानिसहरु स्वस्थ र पौष्टिक खानाभन्दा पनि सजिलो र छिटो खानातर्फ आकर्षित भइरहेका छन्। बजारमा पाइने प्रशोधित खानेकुरा हाम्रो दैनिकी बन्दै गइरहेको छ। खानपानमै ध्यान नदिँदा मधुमेहको जोखिम बढ्दै गइरहेको पोषणविद् नानी शोभा शाक्य बताउँछिन्। 

स्वस्थकर खानपान हाम्रो जीवनको महत्वपूर्ण हिस्सा भएपनि अधिकांश मानिस स्वादका हिसाबले पनि प्रशोधित तयारी खानेकुरातर्फ बढी आकर्षित भइरहेको उनको बुझाई छ। 

उनी भन्छिन्, ‘मानिसहरु शरीरलाई चाहिनेभन्दा बढी खान्छन्। त्यसमा पनि पोषण कम भएका प्रशोधित चिल्लो, नुनिलो, मसालेदार खानेकुरा हुन्छन्। जसले मोटोपनाको समस्या बढाउँछ। अनि चिनी रोग निम्त्याउँछ।’

प्रोटिन, फाइबर, चिल्लो पदार्थ लगायत सबै सन्तुलित खानेकुरा खानुपर्नेमा उनको जोड छ। हामीले खाने खानामा पनि सागसब्जी, फलफूलभन्दा कार्बोहाइड्रेट भएका खानेकुरा नै बढी खाँदा पनि मधुमेह रोगको जोखिम बढाएको उनी बताउँछिन्। खानपानमा विशेष ध्यान दिन सकेमा मधुमेह रोगबाट बच्न सकिने उनको भनाइ छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्