काठमाडौं– अमेरिकन पप गायिका ब्रिटनी स्पीयर्स तेस्रो पटक आमा बन्न लागेकी छन्। सामाजिक सञ्जालमार्फत् स्पीयर्सले आफू गर्भवति रहेको कुरा आफ्ना फ्यान्ससमक्ष जानकारी दिएकी हुन्।
ब्रिटनीले सामाजिक सञ्जालमार्फत् आफू तेस्रो पटक आमा बन्ने मात्रै नभएर आफू विवाहित पनि भएको खुलाएकी छन्। उनी हाल सैम असगरीसँगको सम्बनधमा रहेको बताएकी छन्। सैमसँगको सम्बन्धपछि बिट्रनीले आफ्नो पहिलो सन्तानको आगमन कुरिरहेका छन्।
ब्रिटनीले उनका पूर्वपति केभिन फेडेरलाइनसँग सम्बन्धमा हुँदा दुई छोरालाई जन्म दिएकी छन्। हाल उनका छोराहरु टिनएजर भइसकेका छन्।
ब्रिटनीले आफू तेस्रो पटक आमा बन्न लागेको कुरालाई सामाजिक सञ्जालमा सेयर गर्दै खुसी व्यक्ति गरेकी छिन्। उनले लेखेकी छन्, ‘म यात्रामा निस्किनुअघि तौल घटाएको थिए, ताकी यात्रााम त्यसलाई बढाउन सकूँ। तर, मेरो पेट निकै ठूलो थियो। पतिले मलाई धेरै खाएको भनेका थिए। तर, मैले प्रेग्नेन्सी टेस्ट गरे र रिजल्ट पोजेटिभ आयो। म आमा बन्दैछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।