• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

११ सयभन्दा बढी थर्मल गन कहाँ बेचे सुलभले?

अग्रवालले थर्मल गन कालोबजारी गरेर बिक्री गरेकाे दाबी गर्ने सरकारी पक्षकाे तयारी
64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  २०:०१
1140x725

काठमाडौं–व्यापारी सुलभ अग्रवालको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। चैत १ गते अग्रवालले ‘सेटिङ’ गरेर सफाइ पाउन खोजेका थिए। तर, सरकारी वकिलको कार्यालयले पेसी स्थगित गर्न निवेदन दिएपछि उनको योजना सफल हुन सकेन। 

विवादित न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासमा परेपछि सरकारी वकिलकाे कार्यालय काठमाडौंले पेसी स्थगित गर्न निवेदन दिएको थियो। विवादित फैसलाका कारण कारबाहीको चरणमा रहेका निरौलामार्फत् सफाइ पाउने अग्रवालको योजनाबारे सूचना पाएपछि सरकारी वकिलले पेसी स्थगित गर्न निवेदन दिएको थियो। त्यसपछि जिल्ला अदालतले उक्त मुद्दालाई पेसीबाट हटाएको थियो। जसमा अहिलेसम्म पेसी तोकिएको छैन। 

सम्भवत: वैशाख पहिलो साताभित्र मुद्दा पेसीमा जाने काठमाडौं अदालत स्रोतको भनाइ छ। जिल्ला अदालतमा समेत गोलाप्रथाद्वारा पेसी तोकिने भएकाले अब कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने पूर्वआँकलन हुँदैन। गोला तान्ने दिन बिहान ११ बजेपछि मात्र मुद्दाको पेसीको बारेमा जानकारी हुनेछ। 

सर्वोच्चदेखि जिल्ला अदालतसम्म गोलाप्रथाबाट पेसी तोक्ने प्रणाली सुरु भएकाले मुद्दामा पहिल्यै 'सेटिङ' हुने सम्भावना नरहेको कानुन व्यवसायीको भनाइ छ। तर, अग्रवाल पक्षले भने आफूले चाहेको न्यायाधीशको बेञ्चमा मुद्दा नपरुञ्जेलसम्म मुद्दा सारिरहने सम्भावना छ। 

चैत १ गते सरकारी पक्षले सारेपछि सुलभको कालोबजारीसम्वन्धी मुद्दा चैत १७ गते पेसीमा चढेको थियो। उक्त दिन जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीको इजलासमा पेसी थियो। तर सुलभ पक्षका कानुन व्यवसायीले हटाउन निवेदन दिएपछि मुद्दा पेसीबाट हट्याे। अबको केही समय पनि उनीहरुले यही प्रक्रिया अपनाउने देखिन्छ।

जिल्ला अदालत काठमाडौका दुई न्यायाधीश फैसलाका कारण विवादित भएर सर्वोच्च अदालत छानबिनका लागि तानिएकाले अग्रवालको पक्षमा फैसला सुनाउन न्यायाधीशहरु अगाडि सर्न तयार नहुने भएकाले उनीहरुले केही समय लगातार सार्ने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक वकिलले जनाए। उनले उक्त मुद्दा अब छिटै पेसीमा पर्ने वा फैसला नहुने बताए। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अदालतमा हुने चलखेलका विषयमा कडाइका साथ कदम चाल्न जिल्ला र उच्च अदालतलाई  निर्देशन दिएकाले यस्ता विवादका मुद्दामा अब केही समय फैसला नहुने सरकारी पक्षको बुझाई छ। 

११सयभन्दा धेरै थर्मलगन कालो बजारमा बिक्री भयो 
सरकारी पक्षले अदालतमा अग्रवाल ६७ वटा थर्मलगनसहित पक्राउ परेको तर त्यसअघि नै करिब ११ सय थर्मलगन कालोबजारी गरेर बिक्री  गरिएको दाबी गर्ने तयारी गरेको छ। अग्रवालले अदालत र प्रहरीको बयानमा आफू नक्सालमा पक्राउ पर्दा ६७ गन साथमै भएको स्वीकार गरेको र प्रहरीले पछि घर र कार्यालय खानतलासी गर्दा थप फेला नपरेकाले तिनीहरु महङ्गो मूल्यमा बिक्री गरेको दावी गर्ने तयारी गरेको हो।

नेपाल लाइभलाई प्राप्त बयानमा अग्रवालले आफूले कोरोना महामारीको समयमा चीनबाट खरिद गरेको र थर्मल गन बिक्री गर्न हिँडेको स्वीकार गरेका छन्। उनले आफू पक्राउ परेको स्थानमा ६७ थान थर्मलगन बिक्रीका लागि लिएर पुगेको बयान दिएका छन्। जिल्ला अदालतमा न्यायाधीशसमक्ष गरेको बयानमा पनि उनले उक्त कुरा स्वीकार गरेका छन्।   

Ncell 2
Ncell 2
nimb
nimb

उनले केही थान थर्मलगन जोरा इन्टरनेसनलबाट खरिद गरेको भन्दै भ्याट बिल पेस गरेका छन्। उनको यो दाबी पनि झुटो (फल्ट) देखिएको सरकारी वकिलको दाबी छ। चीनबाट नेपाल वायु सेवा निगममा उनले मेडिकल सामग्री भित्र्याएको र ७५ प्रतिशतभन्दा धेरै नाफा लिएर बिक्री गरेको अभियोग लागेपछि त्यसबाट बँच्न जोरा इन्टरनेसनलको नक्कली बिल पेस गरेको देखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक अधिकृतले बताए।

यही तथ्यमा टेकेर उनले आफूले गर्दै आएको सिमेन्ट र अन्य व्यवसायभन्दा फरक व्यवसायमा महामारीको समयमै हात हाल्नु र वायु सेवा निगमको विमानबाट चार्टर गरेर सेटिङमा सामान ल्याएर कालोबजारी नै गर्ने मनसाय देखिएको अभियोगपत्रमा दाबी गरिएको छ। २०७७ वैशाख ३ गते नेपाली बजारमा थर्मलगनको मूल्य ३ हजारदेखि ४ हजार १ सय रुपैयाँसम्म रहेको जिकिर गरिएकाे छ।

त्यस्तै, अग्रवाल आफैंले दिएको बयानमा उनी फस्ने अर्को आधार भनेको खरिद दाबी गरेको मूल्य पनि हो। आफूले तत्कालीन समयमा २० अमेरिकी डलरमा  खरिद गरेको दाबी अग्रवालकाे छ। तत्कालीन समयको हिसाब अनुसार अनलाइनहरूमा ३ हजार ६३८ रुपैयाँमा पाइने गरेको दाबी अभियोग पत्रमा गरिएको छ। उक्त समयमा एक डलरको नेपाली रुपैयाँ खरिदका लागि ११९.८० र बिक्रीका लागि १२०.४० रहेको देखिन्छ। यसरी हेर्दा उक्त थर्मलगनको भुक्तानी रकम २ हजार ४ सय अधिकतम नेपाली रुपैयाँ पर्न जाने देखिन्छ। उनले सस्तो मुल्यमा ल्याएर महामारीको समयमा महङ्गोमा बिक्री गरेको कुरा उनको कल डिटेलले पनि पुष्टि गर्ने अभियोगपत्रमा दाबी गरिएको छ। 

तीन मोबाइलबाट डिल 
सुलभले यसरी ल्याएको सामग्री बिक्री गर्न फरक-फरक तीन मोबाइल नम्बर प्रयोग गरेको दावी सरकारी पक्षले गरेको छ। अभियोगपत्रमा नेपाल टेलिकमको पोष्टपेड,प्रिपेड र एनसेलको एउटा नम्बरको कल डिटेल नै अभियोगपत्रसँगै पेश गरिएकाे छ। कल डिटेलमा अग्रवालले कुन-कुन नम्बरमा कसरी डिल गरे भन्ने प्रमाण देखिने सरकारी वकिलको दाबी छ। उनले पछिल्लो समय खरिदकर्ताको आवरणमा पुगेका प्रहरीसँग पनि त्यस प्रकारको कुराकानी गरेको अभियोगपत्रमा दाबी गरिएको छ। यस्तै अग्रवालले एनसेलको फोनबाट २२२१ पटक, नेपाल टेलिकमको पोष्टपेडबाट ९५१ पटक र प्रिपेडबाट ४०८ पटक यस्तो सामग्री खरिद बिक्रीको डिल गरेकाे अभियोगपत्रमा दावी गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कूटनीतिक आवरणमा गाडी चढ्न चलखेल 
शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक अग्रवालले प्रयोग गरेको गाडी नै अवैधानिक रहेकोे भन्दै नियन्त्रणमा लिएर जिल्ला अदालतमा बुझाईएको थियो। तर उनले उक्त गाडी पछि उच्च अदालत पुगेर चलखेलमार्फत् छुटाएका थिए। जिल्ला अदालतले गाडी फुकुवा गर्न अस्वीकार गरेपछि उनी जिल्ला अदालतलाई विपक्षी बनाउदै उच्च अदालत पाटन पुगेका थिए। २०७७ पुस २ गते अग्रवालको निवेदनपछि तत्कालीन मुख्य न्यायाधीश कुमार चुडाल र श्रीमणकुमार गौतमको इजलासले  गाडी छुटाउन सफल भएका थिए।

तर उच्च अदालतले कडा शर्तसहित गाडी छोड्न आदेश गरेको थियो। उच्चले उनलाई गाडीको रकम बराबर धरौटी वा जमानत राख्नुपर्ने भनेको थियो। अरु आदेशको हकमा जिल्ला अदालतको आदेश उच्चले सदर गरेको थियो। त्यसपछि उनले गाडीको मूल्यांकन बराबरको रकम धरौटी राखेर छुटाएका थिए। उनले उक्त गाडी विनाधरौटी छोड्नुपर्ने दाबी गरेका थिए । तर अदालतले उनको उक्त दावी अस्वीकार गरेको थियो । 

कालोबजारी गर्न ६७ थान थर्मलगन बोकेको नियोगको २०९ एचसिसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको थियो। उनले आफू नेपालका लागि किर्गिजस्तानका मानार्थ महावाणिज्यदूत भएको र सोही सुविधाबापत कूटनीतिक नियोगको गाडी प्रयाेग गर्दै आएको प्रहरीसमक्ष बताएका थिए। उनले अहिले फेरि उक्त सुविधा प्रयोग गर्ने चलखेल पनि गरिरहेका छन्। जिल्ला अदालतमा मुद्दा दर्तापछि सरकारले उनको मानार्थ महावाणिज्यदूतको जिम्मेवारी खोसेको थियो । उनले यसरी कूटनीतिक आवरणमा झन्डा राखेर गाडी चलाउन नपाउने भएका थिए। 

थर्मलगनको कालोबजारी हुने गरेको थाहा पाएपछि महाशाखाका प्रहरी ग्राहक बनेर अग्रवालसँग थर्मलगन किन्न गएका थिए। ४ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेच्न लागेपछि प्रहरीले उनलाई नक्सालबाट पक्राउ गरेको हो।

सम्बन्धित समाचार

थर्मल गन कालोबजारीको मुद्दा: सेटिङ गरेर सफाइ पाउने सुलभ अग्रवालको योजना फेरि असफल

अदालत र प्रहरीमा विवादास्पद बयान, समाजसेवाको तर्क देखाएर 'कालो बजारी'बाट उन्मुक्तिको खेल 

जगदम्बाका सुलभ अग्रवालले चढ्ने गाडी नै अवैधानिक

 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना छ । शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ। शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्