• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
क्लासिक कथा

अन्तिम भोज

विजय मल्ल शनिबार, वैशाख ३, २०७९  १३:४५
1140x725

अन्धकार, निर्जन, डरलाग्दो एकलासे जंगलबाट पार गर्दागर्दै अकस्मात् म यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो।

म आनन्दले एकदम प्रफुल्लित भएँ। अघि भर्खरका दुःख कष्टहरु सबलाई बिर्सेर म दुगुर्दै हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो। मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो। त्यसैले म व्यग्र थिएँ।

त्यो ठाउँ अत्यन्त रमणीय थियो। एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ, जताततै रङ्गीचङ्गी, नीला, राता, पहेँला, हरिया, सेता बत्तीहरु बलिरहेका रहेछन्।

ठूलो चौरका चारैतिर कलापूर्ण बगैंचा उज्यालोमा जग्मगाइरहेको छ, विभिन्न प्रकारका रङ्गीविरङ्गी फूलहरु सुगन्ध छरेर बिउँझिरहेका छन्, र त्यसभन्दा पनि बढी विभिन्न रङका पोषाकहरुमा लोग्नेमानिस र स्वास्नीमानिसहरुका ठूला जमात नै त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका छन्। ती सुगन्धित फूलहरुभन्दा पनि ती अति आकर्षक थिए। मलाई यस्तो लाग्थ्यो- स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो। म विमोहित भएर नजिकै गएँ।

हरियो कोमल दुबो भरिएको फाँटमा श्रेणीबद्ध रुपले टेबल कुर्सीहरु लगाइएका छन् र हरेक टेबलका मध्य भागमा फूलदानमा फूलहरु मुस्काइरहेका छन्। प्रत्येक टेबलमा एक दुई सेता पोषाक लगाएका केटाहरु खानेकुराहरु किस्तीमा बोकेर उभिएका छन्, कोही यताउति किस्ती बोकेर घुमिरहेका छन्। मलाई अत्यन्त भोक लागेको थियो।

त्यसैले भोज भन्ने थाहा पाउँदापाउँदै लाजै पचाएर म त्यसभित्र पसेँ। नजिकै पुगेपछि मैले चाल पाएँ, ती व्यक्तिहरुका लवाइ, बोलाइ र रुपरङ एकै प्रकारका रहेनछन्। कोही अमेरिकाली जस्तो लाग्यो, कोही रुसी जस्तो, कोही जर्मनेली, कोही चिनियाँ, कोही भारतीय जस्तो, कोही अफ्रिकाली, कोही इजिप्टवासी, इरानी, कोही बेलाइती जस्तो।

सारा संसारभरिका जातिहरु सङ्ग्रहालयमा सिँगारिएर थपक्क राखे झैं ती मानिसहरु थिए। मैले उनीहरुलाई सर्सर्ती हेरेँ, र खुशीले आफू दंग हुँदै उनीहरुका माझमा पुगेँ। विश्वका सम्पूर्ण राष्ट्रका मानिसहरु जमघट भएको ठाउँमा पुग्नु मात्र म जस्ताका लागि ठूलो गर्व थियो। त्यसैले निम्तो आफूसँग नभएकामा मैले संकोच पनि मानिनँ र म त्यसै पसिदिएँ।

तैपनि पाहुनाहरुका हुलमा मिसिन मलाई अप्ठ्यारो लाग्दै थियो। एउटी अत्यन्त राम्री आइमाईले मलाई हात समाएर अरुसँग तान्दै अङ्ग्रेजी भाषामा भनी, ‘लौ, एक नव आगन्तुक आइपुग्यो, नयाँ देशबाट’ र मलाई सोधी, ‘कुन देशका हौ?’

Ncell 2
Ncell 2
nimb
nimb

मैले भनेँ, ‘नेपाल!’

त्यसले मलाई टेबल-टेबलमा लगेर विभिन्न भाषाहरुमा बोल्दै चिनाई। मैले सबैसँग हात मिलाएर अभिवादन गरेँ। त्यहाँ नभन्दै संसारभरिका विशिष्ट र प्रसिद्ध मानिसहरु जम्मा भएका रहेछन्, ठूला ठूला नेता, राष्ट्रपति, प्रधानमन्त्री, कवि, लेखक, गायक, नर्तकी, कुलपति, वैज्ञानिक, प्राध्यापक, उद्योगपति, प्रबन्धक आदि आदि।

उनीहरुका माझमा मलाई आफू अत्यन्त होचो र सानो जस्तो अनुभव भयो, तैपनि ठाडो भएर उभिइरहेँ। त्यसले मलाई जता जता तान्दै लगी, त्यतै त्यतै म लाग्दै रहेँ।

आखिर तीन-चार जना मात्र भएको टेबलमा उभ्याएर त्यसले मलाई भनी, ‘यही टेबलमा बसेर आजको अन्तिम भोज मनाऔं, हुन्न?’

Xtrem

Xtrem

‘लौ लेऊ यो ब्रान्डीको गिलास।’ गिलास हातमा लिँदै आफ्नो आत्मीय झैं सम्झेर मैले ऊसँग लाज नमानी सोधेँ, ‘आज साँच्ची यो केको भोज? भन्नोस्।’

आश्चर्य मान्दै त्यसले मतिर विस्फारित लोचनले हेरेर अरुसँग हाँस्तै भनी, ‘हेर, यो कस्तो अनौठो मानिस, आज केको भनेर पो सोध्छ!’

मतिर हेरेर नपत्याए झैं गरी फेरि त्यसले सोधी, ‘साँच्ची, आज केको भोज तिमीलाई थाहा छैन?’

मैले लजाएर उत्तर दिएँ, ‘म त घुम्दै आएको, यहाँ आइपुगेँ, मलाई अत्यन्त भोक लागेकाले यहाँ पसेको, मसँग निम्तो पनि छैन। के गरुँ, म जाऊँ कि?’

म लाजले मरेतुल्य भएको थिएँ। म चोर पक्रा परिहालेँ।

त्यसले हतारिएर झटपट भनी, ‘होइन, होइन बस। तिमीलाई थाहा रहेनछ त के भयो? बरु सुन, म तिमीलाई बताउँछु- आज यो विश्वमा नै अन्तिम भोज हो। यस्तो भोज यो पृथ्वीमा कहिल्यै हुन पाउनेछैन। यो रातपछि पृथ्वीमा कहिल्यै रात पर्दैंन। थाहा पायौ?’

मैले थाहा पाए झैं टाउको हल्लाएँ। मेरो मगजमा निम्तो कार्ड मात्र घुमिरहेको थियो। निम्तो कार्ड भएको भए मलाई यसरी लज्जित हुनुपर्ने नै थिएन।

तर ऊ उल्लसित हुँदै भन्दै गई, ‘यो पृथ्वीमा कहिल्यै रात पर्दैन; यही अन्तिम रात हो। यहाँ संसारका सम्पूर्ण राष्ट्रका उच्च पदाधिकारीदेखि लिएर महान् व्यक्तिहरु सबै जना जम्मा भएका छन् एउटा उद्देश्यले, एउटा अभिलाषाले।

यस्तो एक मत अहिलेसम्म विश्वका राष्ट्रहरुमा कहिल्यै देखिएको थिएन। यो एउटा अनुपम घटना हो। यो अनुपम घटना यस पृथ्वीमा फेरि कहिल्यै दोहोरिने पनि छैन।

सुन, झिसमिसे बिहान हुन नपाउँदै यहाँका ठूला ठूला राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्रीहरुले आफ्ना देशमा कस्ता परमादेश पठाउनेछन् भने उनीहरुका देशमा रहेका सम्पूर्ण आणविक अस्त्रहरु तथा ठूला ठूला अणुबमहरु एकैचोटि एकै समयमा विस्फोट गरिनेछन् र पृथ्वीलाई टुक्रा टुक्रा पारेर ब्रह्माण्डमा हुर्‍याएर मिलाइनेछ, पृथ्वीको अन्त्य गरिनेछ।

मनुष्यको पृथ्वीमाथि ठूलो विजय हुनेछ। त्यसैले आजको एकमात्र अन्तिम रातमा यसरी यो प्रीति भोज मनाइँदै छ। आज तिमी हामी पनि मनुष्यको यस महान् विजयमा विजयोत्सम मनाऔं!’

त्यसले रक्सीको गिलास गर्वपूर्वक ओठसम्म उठाई, अरुहरुले पनि गम्भीरतापूर्वक त्यसै गरे।

तर मैले गिलास उठाउन सकिनँ । कसरी म पृथ्वीको अन्त्यमा विजयोत्सव मनाउन सक्छु? आखिर गिलास त्यसै मिल्काएर म त्यहाँबाट भाग्न थालेँ। भोलि बिहान सूर्योदय नहुँदै पृथ्वीको सर्वनास हुनेछ- म यसै कुराले लखेटिँदै भोकै भाग्दै छु, दुगुर्दै छु। मेरो प्यारो पृथ्वी, मेरो प्यारो धर्ती भोलि रहन्न! उफ्! भोलि रहन्न ! मेरो माटो सुँघेर म भाग्दै छु।

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्