• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मोबाइल चोरी काण्डमा 'गलत मान्छे'लाई पिटेको बदलामा अर्जुन दासको हत्या!

64x64
नारायण अधिकारी शुक्रबार, वैशाख २, २०७९  १६:०७
1140x725

काठमाडौं– कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दास हत्याको कारण मोबाइल चोरी घटनाबाट सिर्जित परिणाम रहेको देखिएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दासको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो। 

गत पुस ३ गते जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा अर्धनग्न बनाएर बाँधी टाउको र शरीर छिनाएर हत्या गरिएको अवस्थामा दासको शव फेला परेको थियो। उक्त घटनापछि एउटा अडियोसमेत बाहिरिएको थियो। अडियोमा आफूहरुले अर्जुन दासलाई घाँटी छिनाएर हत्या गरेको बताइएको थियो।

अडियो सार्वजनिक हुँदा र मान्छे पहिचान हुँदासमेत हत्यारा पक्राउ पर्न सकेका थिएनन्। हत्या गरी भागेर भारत पुगेको समूहका ४ जनालाई पक्राउ गरी महाशाखाले सार्वजनिक गरेपछि हत्याको कारण खुलेको छ।

महाशाखाको टोलीले कैलालीको जानकी गाउँपालिका–९ का १९ वर्षीय मनोज भण्डारी, जानकी–९ कै १९ वर्षीय सुमित साउद, सोही ठाउँका बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने दिलिप दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

पक्राउ परकोहरुमाथिको प्रारम्भिक अनुसन्धानको क्रममा मोबाइल चोरी घटनाबाट सुरु भएको विवादको परिणाम दासको हत्या भएको खुलेको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले बताए।

चोरी आरोपमा गलत व्यक्तिले पिटाइ खाँदा दासको हत्या
कैलाली जानकी गाउँपालिकाकै कमल साउदको मोबाइल फोन मंसिरको अन्तिम दिन हराएको थियो। मोबाइल हराएको रात साउदका साथी तथा हाल पक्राउ परेका सुमित साउद कमलसँगै उनको घरमा सुतेका थिए। त्यही राति मोबाइल हराएपछि कमलले सुमितलाई चोरीको आरोप लगाउँदै पिटेका थिए।

दासको शव फेला परेको क्षेत्र (क्राइम सिन)

आफूले पिटाइ खाएपछि सुमितले यो कुरा उनीहरुकै समूहका साथी मनोज भण्डारी र बमबहादुर बोहरालाई जानकारी गराएका थिए। कमल आफू लागुऔषध सेवनकर्ता र बिक्रेता समेत हुन्। त्यसको बदलामा भण्डारीसहितको समूहले कमलको करिब २५ हजार रुपैयाँ बराबरको 'नाइट्रोभेट' लग्यो।

मोबाइल चोरीको आरोपमा पिटाइ खाएका सुमितले नै कमलको मोबाइल उनकै घरमा काम गर्न आउने अर्जुन दास (पछि उनीहरुले हत्या गरेका व्यक्ति)ले चोरेको पत्ता लगाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

अर्जुन दासले मोबाइल चोरेर आफ्नै छिमेकी हर्के भाटलाई दिएको पत्ता लगाइ कमललाई मोबाइल फिर्ता समेत दिएका थिए।

मोबाइल चोर्ने अर्जुन दास कुटाइ खान म (सुमित) भन्दै उनीहरुले त्यसको बदलामा अर्जुनको हत्या गर्ने योजना बनाएर हत्या गरेको खुलेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला बताउँछन्। ‘कमलको मोबाइल चोरी भयो। चोरेको आरोपमा सुमितले कुटाइ खायो। तर चोर्ने व्यक्ति अर्जुन (पछि हत्या गरिएका) भएपछि त्यसैको बदलामा अर्जुनलाई हत्या गरेको देखिन्छ,’ एसपी कोइरालाले भने।

लागुऔषध खान बोलाएर रुखमा बाँधेर हत्या
मोबाइल चोरी भएको दुई दिनपछि पुस २ गते लागुऔषध खान बोलाएर अर्जुन दासको हत्या गरिएको पाइएको छ। मोबाइल चोरी आरोपमा सुमितले पिटाइ खाएपछि त्यसको बदलामा उनीहरुले कमलले बेच्ने गरेको लागुऔषध नाइट्राभेट चोरेर अमरावती सामुदायिक वनमा लुकाए थिए।

त्यहीँ नाइट्राभेट र गाँजा खान मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा, सुशील मयाल, दिलिप दास, बादल विक, करण दर्नाल समेत भेला भएका थिए। उनीहरु यो जंगलमा बसेर अघि पनि नियमित लागुऔषध सेवन गर्दै आएका थिए। त्यही ठाउँमा पुस २ गते साँझ ६ बजेतिर अर्जुनलाई पनि उनीहरुले लागुऔषध खान बोलाएका थिए। 

सबै जना मिलेर लागुऔषध खाएपछि कमल साउदको चोरी भएको मोबाइल सुमितले पिटाइ खाएको कुरा निकालेर अर्जुनलाई हातखुट्टा बाँधेर कुट्न थाले। करिब ५ घण्टासम्म हातखुट्टा बाँधेर उनीहरुले अर्जुनलाई कुटेका थिए। त्यसपछि मार्ने योजना बनाएर सुशील मयाललाई घरबाट खुकरी ल्याउन लगाएर उनीहरुले अर्जुनका हत्या गरेको खुलेको एसपी कोइरालाले बताए। खुकुरी दिएर मयाल भने घर लागेका थिए। यसरी १० जना मिलेर राति ११ बजेत अर्जुनको हत्या गरेको प्रहरीले जनाएको छ। 

हत्यापछि ६ घण्टासम्म घटनास्थलमै 
अर्जुनलाई अर्धनग्न बनाइ रुखमा बाँधेर हत्या गरेपछि करिब ६ घण्टासम्म उनीहरु घटनास्थलमै सुतेका थिए। लागुऔषध गाँजा र नाइट्राभेट खाएर हत्या गरेका उनीहरुले त्यसपछि पनि करिब ६ घण्टासम्म घटनास्थलमै बिताएका थिए। दुई जना भने कोही आउँछ कि भनेर नसुति बसेका थिए भने बाँकी ८ जना भने सोही ठाउँमा सुतेर बिहानपख करिब ५ बजे उठेर फरार भएका पाइएको छ।

५ बजे उठेर मनोज, बादल, दिलिप, बमबहादुर, सुमित र विवेक सिंह भारतको दिल्लीतर्फ भागेका थिए। कनकलाल विक, करण दर्नाल, सुशील मयाल र नाम थर नखुलेका सुशीलको साथी नेपालमै लुक्ने भनेर बसेका थिए। उनीहरुलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सेकेको छैन। 

लागुऔषधको नशामा भारत बसेर भिडियो बनाउँदै प्रहरीलाई नै धम्की
हत्यापछि मुख्य नाइके मनोजले कमल साउदलाई फोन गर्दै अर्जुनलाई मारेको जानकारी गराएका थिए। उक्त अडियो समेत सार्वजनिक भएको थियो। कमल भने यो हत्यामा संलग्न नरहेको पाइएको एसएसपी कुँवरले बताए। उनी अहिले बलात्कारको कसुरमा पक्राउ परेका छन्। 

हत्यापछि भागेर भारत पुगेका उनै भण्डारीको समूहले त्यहाँ पनि लागुऔषधको नशामा भिडियो बनाउँदै प्रहरीलाई चुनौती दिँदै आएको थियो। 

भण्डारीले एक भिडियो सार्वजनिक गर्दै भनेका थिए, ‘हत्यारा हौं, पक्राउ गरेर देखा।’ उक्त भिडियो मुम्बईबाट बनाएर पोस्ट गरेको पाइएको छ। भण्डारीले अहिले आफू शान्त बसेको बताउँदै तुफान आउनेवाला रहेको भन्दै भिडियोमा धम्की दिएका थिए। भण्डारीले भनेका थिए, ‘समुन्द्र तब शान्त हुन्छ, जब तुफान आउनेवाला छ। ए तेरा बाउ मारेको छु मैले कि श्रीमती लगेको छु? तँ एउटा मोबाइल चोरेर लुकेर बसेको छस्। दाइले के गर्‍या छ थाहा होला नि? क्रिमिनल हो हामी, क्रिमिनल!’

पक्राउ परेका ४ जना आरोपीहरु, शुक्रबार अपराध महाशाखामा सार्वजनिक गरिँदै

उक्त भिडियो सार्वजनिक भएपछि महाशाखाको टोली उनीहरुलाई खोज्दै भारत पुगेको थियो। स्रोतका अनुसार भारतबाटै पक्राउ गरी उनीहरुलाई काठमाडौं ल्याइएको हो।

मनोज भण्डारीको बयान- गाँजा खाँदै काट्यौं, हत्यापछि त्यहीँ सुत्यौं
कमल साउद र सुमित साउद सँगै सुतेका थिए। अर्जुन दास कमल साउदको घरमा सधैं काम गर्ने जाने गर्थे। कमल साउदको मोबाइल हराएको थियो। उक्त मोबाइल उनकै घरमा काम गर्ने आउने अर्जुन दासले चोरेका थिए। तर कमलले भने उक्त मोबाइल त्यस दिन आफ्नो घरमा सुत्न आएका सुमितले चोरेको भन्ने ठानेका रहेछन्। मोबाइल हराएपछि पनि निरन्तर घरमा काम गर्न आइरहेकाले कमलले अर्जुनमाथि शंका गरेका थिएनन्। 

अर्जुन दासले मोबाइल चोरेर आफ्नो घर छेउको सानो भाइ हर्के भाटलाई सीम फालेर राख्न दिएका थिए। त्यो कुरा कमललाई थाहा थिएन। कमलले सुमितलाई मोबाइल चारेको आरोप लगाउँदै पिटे। तर एक दिनपछि कमलको मोबाइल उनकै घरमा काम गर्न आउने अर्जुनले चोरेको कुरा सुमितले पत्ता लगायो। 

त्यसपछि सुमितले यो कुरा हामीलाई सुनायो। कमलले नाइट्रोभेट भन्ने लागुऔषध बेच्ने गर्थे। बदलामा त्यसको लागुऔषध समेत हामीले उठाइदियौं। 

यो सबैको कारण अर्जुन दास हो। अर्जुनकै कारण सुमितले कुटाइ खायो भन्ने निष्कर्ष हाम्रो थियो। भोलिपल्ट हामी जंगलमा नाइट्रोभेट र गाँजा खाँदै थियौं। त्यो जंगलमा हामी नियमित लागु औषध खान्थ्यौं। अर्जुन  दास पनि लागु औषध खान आए। हामीहरु सबै एउटै समूहका हौं। यसअघि पनि सँगै बसेर लागु औषध खाँदै आएका थियौं। त्यतिकैमा अर्जुनलाई हामीले मोबाइल किन चोरिस्? भनेर साध्यौं। अर्जुनले भने आफूले मोबाइल चोरेको कुरा कसैलाई थाहा नभएको भन्ने ठानेको रहेछ। तर सुमितले ‘तँ’ झुट नबोल मलाई सबै कुरा थाहा छ भन्यो। 

त्यसपछि अर्जुनलाई १० जना मिलेर पिट्यौं र रुखमा बाँध्यौं। त्यसति बेलासम्म  मार्ने प्लान केही थिएन। बाँधेर राख्यौं र फेरि गाँजा खान थाल्यौं। साँझ ६ बजेदेखि राति साँढे ११ बजेसम्म लागु औषध खायौं। खाँदाखाँदै सबैको योजना बन्यो– अब अर्जुनलाई मार्नुपर्छ। 

त्यसपछि हतियार चाहिने भएकाले सुशील मयाललाई खुकुरी ल्याउन लगायौं। उसले घरबाट खुकुरी ल्याएर दिए। आफ्नो घर फर्किए। २ बजेतिर बाँधेर तीन जनाले घाँटी काटेका हौं। सुरुमा मैले घाँटीमा काटे। अनि दिलिप र सुमितले खुकुरीले हाने। 

त्यसपछि हामी त्यही सुत्यौं। त्यतिबेला हामीलाई केही मतलब थिएन। के गर्‍यौं, के गरेनौं केही होस थिएन। सबै जना झ्यापमा थियौं। हामी साढे ४ बजेतिर उठ्यौं। दुई जना सुतेका थिएनन्। उनीहरुले उठाए। त्यसबेला बल्ल हामीलाई लाग्यो गर्न नहुने काम गर्‍यौं। त्यसपछि डर लाग्न थाल्यो। काठमाडौं पढ्न जाने भनेकाले घरबाट दिएको ७/८ हजार भारु मसँग थियो। काठमाडौं जाऔं भन्ने लाग्यो। त्यहि पैसा लिएर हामी काठमाडौं नगइ दिल्ली गयौं। त्यहाँबाट मुम्बई गयौं। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बराम... मंगलबार, जेठ १२, २०८३
प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोब... सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ मंगलबार, जेठ १२, २०८३
मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गरिँदै मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्