• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२०७८ मा अपराध : नेतादेखि कलाकारसम्म जेलमा, सामूहिक हत्या अनुसन्धानमा सफलता

64x64
नारायण अधिकारी बिहीबार, वैशाख १, २०७९  १४:२२
1140x725

काठमाडौं– वर्ष २०७८ मा भएका धरैजसो अपराधका घटना प्रहरीले सुल्झाएको छ। केही पक्राउ पर्न बाँकी रहे पनि अधिकांश अपराधका घटनामा दोषीको पहिचान गर्न प्रहरी सफल भएको छ।

अपराध अनुसन्धानका विज्ञहरु अपराधी पहिचानलाई नै मुख्य उपलब्धी मान्छन्। ‘अनुसन्धान गरेर अपराधमा को संलग्न छ भनेर पत्ता लगाउनु नै मुख्य विषय हो। त्यसपछि अपराधी पक्राउका लागि त नेपाल प्रहरीले मात्रै सम्भव नभए इन्टरपोलको समेत सहयता लिन सकिने बाटो खुल्लै छ’ पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘२०७८ सालमा प्रहरीले अपराधी नै पहिचान गर्न नसकेका घटना केही होलान्, तर अधिकांशमा प्रहरी सफल भएको देखिन्छ।’

अपराध अनुसन्धानका घटनामा वर्ष २०७८ प्रहरी ठूलो विवादमा परेन। हत्या वा बलात्कारपछि हत्याजस्ता घटना भए सकेसम्म कार्यालय प्रमुख आफैं घटनास्थल पुगेर अनुसन्धान सुरु गर्न थालिएको छ। यसले स्थानीयको विश्वास जित्ने हुँदा उनीहरुबाट पनि थप सहयोग हुने र अपराध अनुसन्धानमा सफलता हात पर्ने प्रहरी अधिकारीहरु बताउँछन्।

हत्यामा प्रहरीले सकेसम्म तालिम प्राप्त कुकुरदेखि फरेन्सिक डाक्टरको उपस्थितिमा मात्रै घटनास्थलको मुचुल्का उठाउनेदेखि अनुसन्धानको काम सुरु गर्दै आएको छ। कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यापछि आलोचित बनेको प्रहरीले त्यसयता थप संयमता अपनाउन थालेकाले यो वर्ष भने अपराध अनुसन्धानमा विवादित बन्नु नपरेको जानकारहरुको भनाइ छ। 

यो वर्ष भएका अधिकांश 'हाई प्रोफाइल' तथा ठूला घटनामा प्रहरीले सफलता हात पारेको छ। प्रहरीले सफलता हात पारेका यो वर्षका केही चर्चित घटना यस्ता छन्।

पल प्रकरण
अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनामा पनि प्रहरीले संयमता अपनाउँदै सफलतापूर्वक अनुसन्धान गरेको छ। हाई प्रोफाइल व्यक्ति जोडिएकाले यो काण्ड यत्तिकैमा सीमित हुने होकी भन्ने शंकालाई प्रहरीले गलत साबित गर्‍यो। प्रहरीले गरेकै अनुसन्धानका कारण उनी पुर्पक्षका लागि कारागारसमेत चलान भए। 

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। तनहुँमा बलात्कार कसूरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो। दुवै घटनाको पीडित उही नाबालिग थिइन्।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुवै अदालत (तनुहँ र नवलपुर)मा मुद्दा दायर भएको छ। दुवै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए। हाल उनी तनहुँ कारागारमा छन्।

Ncell 2
Ncell 2
nimb
nimb

1140x725

संविधानसभा सदस्य इच्छाराज तामाङको जेलयात्रा
सहकारीको नाममा वर्षौैदेखि ठगी गर्दै आएका एमालेबाट संविधानसभा सदस्यसमेत रहेका इच्छाराज तामाङ यसै वर्ष जेल चलान भए। सिभिल ग्रुपका अध्यक्ष तामाङले सिभिल सहकारीको नामबाट अर्बौ रुपैयाँ ठगी गरेका थिए। उनीविरुद्ध यसअघि पनि पटक–पटक उजुरी परे पनि कारबाही हुन सकेको थिएन। तर, यो वर्ष भने उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान अघि बढायो। त्यसैको परिणाम अहिले उनी कारागारमा बन्दी जीवन बिताइरहेका छन्।

पाँच अर्ब ७७ करोड ८० लाख ९० हजार ९०२ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। न्यायाधीश राजकुमार कोइरालाको इजलासले इच्छाराज र उनका सम्धी केशवलाल श्रेष्ठलाई थुनामा पठाएको थियो। 

सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा इच्छाराजले आफ्ना विभिन्न कम्पनीका नाममा विनाधितो ऋण लिएर नतिरेपछि सिभिल सहकारीका निक्षेपकर्ताको रकम फसेको पाइएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सिभिल सहकारीबाट विनाधितो अर्बौं ऋण लिएर सिभिल होम्समा इच्छाराजले लगानी गरेको र सहकारीको रकम नतिर्दा निक्षेपकर्ताको रकम फसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। सिभिल सहकारीबाट ठगीमा परेका पीडितको सूचीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यदेखि पूर्वप्रधानसेनापति रुकमांगद कटवालसम्म रहेका छन्।

1140x725

खैरो हेरोइनमा तानिए र्‍यापर लाहुरे
२०७८ मा हिरासतको यात्रा तय गर्ने अर्को कलाकार हुन्, लाहुरे उर्फ आशिष राना मगर। र्‍यापर तथा टेलिभिजन 'रियालिटी शो' हिमालयन रोडिजका निर्णायक लाहुरे गत वर्षको पुस १४ गते पोखराबाट लागुऔषध खैरो हेराइनसहित पक्राउ परे।

पक्राउ परेका झण्डै दुई महिनापछि उनी गत फागुन १० गते रिहा भए। प्रहरी अनुसन्धानबाट उनी लागुऔषध खैरो हेरोइन सेवनकर्ता रहेको खुलेको थियो। उनी सेवनका लागि खैरो हेरोइन खरिद गर्दैगर्दा पक्राउ परेका थिए। कास्की अदालतले उनललाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै उनी रिहा भएका थिए। 

बलात्कार आरोपमा सांसद बानियाँ हिरासतमा
यस वर्ष पक्राउ परेका उच्च ओहदाका व्यक्ति हुन् सांसद मोहन बानियाँ। मुगुका बानियाँ एमालेका समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए। 

सांसद बानियाँले जुम्लाकी एक शिक्षिकालाई बलात्कार गरेको आरोप लागेको छ। बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्।

गत माघ १९ गते राति होटलमा बसेको समयमा आफूमाथि बानियाँले बलात्कार गरेको ती शिक्षिकाको भनाइ थियो। सोही व्यहोरा उल्लेख गर्दै उनले बानियाँविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

1140x725

अन्ततः बाँके प्रहरीले उनलाई जाहेरीको झण्डै एक महिनापछि फागुन १६ गते पक्राउ गर्‍यो। पछि जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियाँलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो। त्यसपछि उनी रिहा भए। यद्यपी मुद्दाको अन्तिम किनारा भने लाग्न बाँकी नै छ। 

जब श्रीमतीले नै सुपारी दिएर माओवादी नेताको प्राण लिइन्
कपिलवस्तु नगरपालिका-६ स्थित तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा ०७८ जेठ ५ गते राति ११ बजे माओवादी केन्द्रका स्थानीय नेता तथा कपिलवस्तु नगरपालिका-३ का ३४ वर्षीय दीपक पाण्डेमाथि गोली प्रहार भएको थियो। 

पाण्डे र उनीसँगै लु९प ८५२१ नम्बरको मोटरसाइकलमा सवार इयाज अख्तर मुसलमानमाथि गोली प्रहार भएको थियो। लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकलमा सवार तीन जनाले पेस्तोलबाट तीन राउण्ड गोली प्रहार गरी फरार भएका थिए। 

पेटमा ३ गोली लागेका पाण्डेको अवस्था गम्भीर थियो भने इयाजको अवस्था भने सामान्य थियो। उनीहरु दुबै जनालाई तत्काल उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको थियो। पछि पाण्डेको अवस्थामा गम्भीर भएपछि उपचारका  लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको जेठ १० गते मृत्यु भयो। 

जब यो घटनाको मिहिन ढंगले प्रहरीले अनुसन्धान गर्‍यो त्यसपछि प्रहरी अधिकारी नै चकित भए। आफ्नै श्रीमान पाण्डेको हत्याका लागि उनैकी श्रीमती महिमा पाण्डेले एक लाखको सुपारी दिएको अनुसन्धानबाट खुल्यो। विवाहइतरको अनैतिक सम्बन्धका कारण महिमाले आफ्नै श्रीमानको हत्या गर्ने योजना बनाएर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो। 

पाण्डेको हत्याका लागि रमजान साहु मुसलमानलाई १ लाखको सुपारी दिएर ‘कन्ट्रयाक्ट’मा लिइएको अनुसन्धानबाट खुलेको थियो। पाण्डेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमती महिमासहित ११ जनालाई पक्राउ गरेको थियो। उनीहरुबाट पेस्तोल र गोली समेत बरामद भएका थिए।

1140x725

संखुवासभामा भएको कहालीलाग्दो सामूहिक हत्याको सफल अनुसन्धान
संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको सामूहिक हत्या यसै वर्ष भयो। २०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनका आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

उनीहरुको हत्या गरेको आरोपमा सुरुमा प्रहरीले भतिज नाता पर्ने लोकबहादुरलाई पक्राउ गर्‍यो। त्यसपछि पनि निरन्तर अनुसन्धान गरेको प्रहरीले थप चार जना (४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्की) लाई पक्राउ गर्न सफल भएको थियो। 

यो घटना योजनाबद्ध तरिकाले भएको अनुसन्धानबाट खुलेको थियो। अभियुक्तमध्ये खड्गबहादुर नियमित रक्सी पिउने, श्रीमती र परिवारका सदस्यसँग झगडा गर्ने गर्थे। खड्गबहादुरको यस्तो गतिविधि देखेपछि तेजबहादुरले ‘तँ जड्याहा यस्तो गर्छस्’ भन्दै गाली गर्ने गरेको खुलेको थियो।

उता लोकबहादुरलाई ‘पागल’, नरेशलाई ‘तँ (होच्याउने शब्द प्रयोग गर्दै) काम नलाग्ने भइस्’, रणबहादुरलाई ‘तँ (शारीरिक क्षमतामाथि विभेद हुने शब्द प्रयोग गर्दै) केही गर्न सक्दैनस्’ भन्ने गरेको र सोही हेपाइका कारण योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। यो घटनाको पनि प्रहरीले सफल अनुसन्धान गरेको थियो। 

कमिसनको लोभले तीन व्यवसायीको हत्या
मोरङमा दुई र ललितपुरमा एक गरी तीन व्यवसायीको हत्या गरी शव गाडेको घटनाको पनि प्रहरीले सफल अनुसन्धान गरी केश टुंग्याएको छ। व्यवसायी राजेन्द्रकुमार श्रेष्ठ, शम्भु चौधरीको मोरङमा मोहन लिम्बूको ललितपुरमा हत्या गरी शव गाडिएको थियो। शव चाँडै गलाउनलाई नुनको समेत प्रयोग गरिएको  कसैले थाहा नपाउन भनेर शव गाडेपछि माथिबाट प्लास्टर समेत गरिएको थियो। 

1140x725

यो घटनामा मोरङ प्रहरीले सफल अनुसन्धान गर्‍यो। यसका मुख्य योजनाकार सिरहा नगरपालिका–२१ का २९ वर्षीय मण्डल हुन्। हत्या गरिएका व्यक्तिसँग कमिशनमा कुरो नमिल्दा यो घटना भएको प्रहरीले निष्कर्ष निकालेको थियो। 

ललितपुर हरिसिद्धीस्थित एनबी बर्ता हस्पिटल एण्ड मेडिकल रिसर्च सेन्टरको नाममा रहेको २५ रोपनी ७ आना जग्गा शम्भु चौधरीको कम्पनी सरस्वती कन्ट्रक्सन कम्पनी प्रालिको नाममा धितो पास गरिदिने र त्यस बापत १८ प्रतिशत ब्याजमा कम्तिमा ५५ देखि ६० करोड पैसा दिने, पार्टी खोजी प्रक्रिया मिलाएमा कुल प्राप्त हुने रकमको ३ प्रतिशतसम्म कमिसन दिने सहमति भएको थियो।

यही जग्गाको कामको सिलसिलामा कमिसनमा कुरा नमिलेपछि तीन व्यसायीको योजना बनाएर मण्डलले हत्या गरेका थिए। यो घटनामा मण्डलसँगै प्रहरीले चार जनालाई पक्राउ गर्‍यो। उनीहरु अहिले पुर्पक्षका लागि कारागारमा छन्। घटनामा संलग्न भएको आरोप लागेका दुई जना भने अझै फरार छन्।

प्रहरीको टाउको दुखाई बनेको सत्यनारायण हत्या
०७८ मा धेरैजसो अपराधका घटनामा प्रहरीले सफलता हात पारे पनि केही घटना भने प्रहरीका लागि टाउको दुखाईको विषय बनेको छ। ती घटना मध्ये एक हो सत्यनारायणको हत्या। 

ललितपुरको सानेपास्थित गुसिटोल बस्ने भारतीय नागरिक सत्यनारायण पारिख (५९) को गत असार २० गते घरभित्रै शव भेटिएको थियो। उनको घरमा काम गर्न आउने दुई महिलादेखि वरपरका सिसी टीभी फुटेज केलाउँदासम्म प्रहरीले यो घटना सुल्झाउन सकेन। अझ कतिसम्म भने अनुसन्धान अधिकारीकै भनाइ अनुसार ‘संदिग्ध’ व्यक्ति टीभी फुटेजमा देखिँदा समेत यो घटना अहिलेसम्म सुल्झन सकेको छैन। 

टीभी क्यामेराको फुटेजमा दुईटा मोटरसाइकलमा चार जना व्यक्ति सत्यनारायण बस्ने घरसम्म पुगेको दृश्य कैद भएको देखिएको थियो। तर, उनीहरु घरैभित्र छिरेको भने देखिँदैन। सत्यनारायण बस्ने घरअगाडि दुईटा मोटरसाइकल रोकिन्छन्। फेरि अघि बढ्छन्। ओहोरदोहोर र शंकास्पद हाउभाउले हत्यामा उनीहरुको संलग्नता भएको विश्लेषण प्रहरीले गरेको थियो। तर, त्यसबाट पनि केही खुल्न सकेन। 

रातिको सिसीटीभी फुटेज भएकाले केही प्रष्ट नदखिएको र मोटरसाइकल नम्बर खुल्न नसकेका हत्यारा पत्ता लाग्न नसकेको प्रहरी अधिकारी बताउँछन्। 

सत्यनारायण हत्याको अनुसन्धान कतिसम्म जटिल छ भन्ने अनुसन्धानको विशिष्टिकृत इकाईसहित तीन (सिआइबी, अपराध महाशाखा र ललितपुर परिसर) प्रहरी कार्यालयले एकसाथ अनुसन्धान गर्दा समेत अहिलेसम्म कुनै पटाक्षेप हुन नसक्नुले प्रष्ट पारेको छ। 

सिंगो घर नै भाडामा लिएका सत्यरानायण दोस्रो तलामा सुत्ने गर्थे। भान्छा पनि दोस्रो तलामै थियो। सबैभन्दा माथिल्लो तलामा उनले कार्यालयका सामान राख्थे। पहिलो तला भने खाली थियो।मुख्य गेट र ढोका बन्द थियो। तर, झ्यालको जाली काटिएको थियो। ग्रिल बिनाको झ्याल खुल्लै थियो। माथि सेतो भेष्ट र तल खरानी रङको ट्राउजर लगाएका उनी घोप्टो अवस्थामा पलङमाथि मृत भेटिएका थिए। 

प्रहरीलाई नै चुनौती दिँदै हिँड्ने हत्यारा, प्रहरी निरीह!
कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणका मुख्य अभियुक्त प्रहरीलाई चुनौती दिँदै हिँडे पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। कैलालीमा पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेलापरेको थियोे। अमरावती सामुदायिक जंगलमा नग्न अवस्थामा घाँटी रेटेर दासको हत्या गरिएको थियो। 

दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि अरुणले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो। त्यतिमात्रै होइन पछि हत्यारा हौं पक्राउ गरेर देखा भन्दै भण्डारीले भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए। तर अहिलेसम्म भण्डारी पक्राउ गर्न प्रहरीले सकेको छैन। दासको हत्या गरी भारतमा लुकेर बसेको बताए पनि प्रहरीले यो घटना पनि सुल्झाउन सकेको छैन। 

त्यस्तै कैलालीकै भुपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएको एउटा समूहलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। बडुवालको हत्या प्रकरणपछि फरार भएको नवीन रावलसहितको समूह अगाडि प्रहरी अहिलेसम्म निरीह देखिएको छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्