• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

२०७८ मा खेलकुद : राजनीति र विवादले छाडेन, महिला भलिबलले फर्कायो खुसी

64x64
दीप सुवेदी बुधबार, चैत ३०, २०७८  १९:२१
1140x725

काठमाडौं– वर्ष २०७८ नेपाली खेलकुदका लागि निक्कै उतारचढावपूर्ण रह्यो। राजनीतिक हस्तक्षेपले खेल क्षेत्र विवादित बने पनि नतिजाका हिसाबमा केही खेलमा राम्रै उपलब्धि हासिल भएको छ। 

एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा अपराजित रहँदै दोस्रो पटक उपाधि हात पार्नु र ब्याटमिन्टनमा प्रिन्स दाहाल जुनियरतर्फ विश्व वरियताको शीर्षस्थानमा पुग्नु नेपालका लागि सुखद् रह्यो। 

खेलकुदमा राजनीतिक हस्तक्षेपका कारण विवादहरू पनि आए। नेपाली खेलकुद अदालतसम्म पुग्यो। ३२औं ओलम्पिकमा एमालेका सांसद सहभागी हुँदा प्रशिक्षक र खेलाडी भने नेपालमै रहे। 

राखेपामाथि राजनीतिक हस्तक्षेप
वर्ष २०७८ नेपाली खेलकुदको सर्वाधिक माथिल्लो निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) राजनीतिक अस्थिरताको शिकार भयो। केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै रमेशकुमार सिलवाललाई सदस्यसचिवबाट बर्खास्त गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङलाई नियुक्त गर्‍यो। मंसिर १३ गते सदस्यसचिव नियुक्त भएका उनी सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) निकटका हुन्।

कामप्रति सन्तुष्ट हुन नसकेको भन्दै देउवा सरकारले सिलवाललाई दुई पटक स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पदावधि भण्डै तीन वर्ष बाँकी रहँदै सिलवाललाई गएको कात्तिक १ गते सरकारले बर्खास्त गर्‍यो।

तत्कालीन ओली नेतृत्वको सरकारको पालामा सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए। नयाँ ऐन अनुसार सिलवाल गत वर्ष साउन १२ गते सदस्यसचिव नियुक्त भएका हुन्। तत्कालीन मन्त्रीपरिषद्ले तीन जनाबाट उनलाई छनोट गरेको थियो।

पहिलो पटक २०७६ असार २३ गते सदस्यसचिव नियुक्त भएका सिलवाल गत वर्ष असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए। उनको नेतृत्वमा नेपालले करिब दुई वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद आयोजना गरेको थियो। देउवा सरकारले पदमुक्त गर्ने निर्णय गरेपछि उनले कात्तिक २५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

त्यसपछि मंसिर २९ गते घिसिङले नयाँ सदस्य सचिवको रुपमा जिम्मेवारी सम्हालेको तेस्रो हप्ता चल्दै गर्दा न्यायाधीश हरि फुँयालको एकल इजलासले सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश दियो। साथै, अदालतले नयाँ सदस्य सचिव घिसिङलाई समेत काम गर्न नदिन आदेश दियो। यद्यपि, आदेशको पूर्णपाठ भने तयार भइसकेको थिएन। त्यसैले अन्तरिम आदेशको छलफलको लागि पुस १२ गते दुवै पक्षलाई बोलाएको थियो, दुवै जना उपस्थित भएनन्। त्यसपछि लामो समयदेखि राखेप नेतृत्वविहीन बन्यो ।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी विवाद अदालत पुग्दा पाँच महिनासम्म खेलकुदका नीतिगत कामहरू ठप्प बने। यसबीचमा २०७७ असारमा जारी भएको राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयन भएन। नवौं राष्ट्रिय खेलकुद आयोजना र १९औं एसियाली खेलकुदको तयारीलगायतका काम पर धकेलियो।

यसरी सुरु भएको अदालती चक्कर केही दिनअघि मात्रै सकिएको छ। गएको चैत २२ गते सर्वोच्च अदालतले सिलवालको रिट खारेज हुने फैसला सुनाएको छ। यो फैसलासँगै वर्षको अन्त्यतिर राखेपको कार्यकारी नेतृत्वको विवाद किनारा लाग्यो। घिसिङ पुनः कामकाजमा फर्किए। तर, नवौं राष्ट्रिय खेलकुद अर्को वर्ष धकेलियो। 

एमाले सांसद ओलम्पिकमा, प्रशिक्षक र खेलाडी नेपालमै
नेपाली खेलकुदका लागि टोकियो ओलम्पिकमा सम्झनलायक बनेन। वर्षभरि तयारी गराएका प्रशिक्षक र खेलाडीलाई नेपालमै राखेर सांसद प्रतियोगितामा सहभागी हुँदा खेल क्षेत्र नै कलंकित बन्न पुग्यो। 

२३औं टोकियो ओलम्पिकमा नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य तुलसा थापा जुडो व्यवस्थापक बनेर जापान पुगिन्। एमाले उपाध्यक्ष वामदेव गौतमकी पत्नी तथा नेपाल कबड्डी संघकी अध्यक्ष थापा टोकियो ओलम्पिकमा पुग्दा एथेलेटिक्सका गोपीचन्द्र पार्की र प्रशिक्षक प्रशिक्षक इन्द्रकुमारी मल्ललाई नेपालमै रोकियो। 

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

एमाले सांसद तुलसा र मन्त्रालयका सचिव ओलम्पिकमा पुगे, प्रशिक्षक र खेलाडी भने नेपालमैमंगलबार, साउन ५, २०७८

प्रतियोगितामा सहभागी हुन ठिक्क परेर बसेकी मल्ललाई नेपाल ओलम्पिक कमिटीले उड्ने समयमै कोरोना पोजेटिभ भएको नक्कली रिपोर्ट देखाइदियो। उनको उमेर र ठेगनासमेत कीर्ते गरेर रिपोर्ट बनाइयो र उनको ठाउँमा प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठायो। तर, २४ घण्टाभित्रै गरिएको अर्को परीक्षणको रिपोर्ट नेगेटिभ आयो। मल्लले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने सरस्वती चौधरीलाई दैनिक प्रशिक्षण गराउँदै आएकी थिइन्। 

यस्तै, टोकियो ओलिम्पिकका लागि वर्षभरी तयारी गरेका एथलेटिक्स खेलाडी पार्कीलाई पनि अन्तिम समयमा रोकियो। नेपालगन्जमा भएको म्याराथनको विजेता बन्दै छानिएका पार्कीको स्थानमा एथलेटिक्सकी सरस्वती चौधरीलाई १०० मिटरमा दौडाउन लगियो।

‘राजनीति गरेर’ उनीहरूलाई ओलम्पिकमा भाग लिनबाट बञ्चित गरिएको हल्ला फैलिएको भोलिपल्ट नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र तत्कालिन राखेप सदस्यसचिव सिलवालले संयुक्त विज्ञप्ति जारी गर्दै पार्की ओलिम्पिकमा ‘छनोट नभएको’ दाबी गरे। त्यसपछि उनीहरुकै मिलेमतोमा पार्कीलाई केही रकम र जर्मनीमा आयोजना भएको बर्लिन म्याराथनमा सहभागी गराउने भन्दै विवाद सामसुम बनाइयो। 

ब्याटमिन्टनमा प्रिन्सको छलाङ
यो वर्ष नेपाली खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियरतर्फको विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिए। नेपालका कुनै पनि खेलका खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो। गत वर्ष विश्व वरीयताको तेस्रो स्थानमा उक्लिँदा नै उनको चर्चा व्यापक भएको थियो।

कोरोनाको महामारीका कारण दुई वर्षबीचमा विश्व ब्याडमिन्टनका थुप्रै प्रतियोगिता स्थगित वा रद्द हुनुका साथै उनीभन्दा माथिल्लो वरीयताका दुई खेलाडीको उमेर बढी भएपछि प्रिन्सले स्वाभाविक रूपमा शीर्ष वरीयता पाएका हुन्। उनले यो वर्ष साइनो मेयर कपलगायतका प्रतियोगिता जितेका थिए। तर, वर्षको अन्तिममा आयोजित काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिपमा सिनियरतर्फ वरियता कम हुँदा उनी सहभागी बन्न पाएनन्।

भलिबलमा सुखद्
नेपाली भलिबल टोलीले यो वर्ष एसियन च्याम्पियनसिपमा सहभागी हुन पाएन। १६ टोलीले भाग लिने तय भएको गरे पनि फलिपिन्समा आयोजना भएको प्रतियोगितामा नेपाल कोरोना महामारीको ‘रेड जोन’ परेको कारण प्रवेश दिइएन।

त्यसपछि नेपाल बंगलादेशमा आयोजना भएको एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा सहभागी हुँदै लगातार दोस्रो पटक उपाधि जित्यो। मिरपुरमा भएको फाइनलमा उज्बेकिस्तानलाई ३–२ ले पराजित गर्दै महिला टोलीले लगातर दोस्रोपटक उपाधि रक्षा ग¥यो।

यो पनि पढ्नुहोस्

उदाउँदो महिला भलिबलमा कोरोना छाया : अवसर गुम्यो, आशा बाँकी छसोमबार, साउन ४, २०७८

नेपालले राउन्ड रोविनको आधारमा भएको लिग चरणका सबै पाँच खेल जितेर उपाधि रक्षा गर्ने बलियो संकेत प्रस्तुत गरेको थियो। पहिलो खेलमा श्रीलङ्काविरुद्ध २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–२ ले खेल जितेको थियो। त्यसपछि माल्दिभ्स, बंगलादेश, उज्बेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराएर नेपाल शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको थियो।

यसअघि सन् २०१९ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो। त्यो नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। त्यसलगत्तै टोलीले काठमाडौंमा भएको १३औं दक्षिण एशियाली खेलकुदको फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक प्राप्त गरेको थियो।

यो वर्ष नेपाली महिला भलिबलमा कामना विष्ट, लक्ष्मी चन्द र शान्ति थारु जस्ता नयाँ खेलाडीले पनि मौका पाए। 

यता, पाँच वर्षअघि माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलमा प्रतियोगितामा काँस्य पदक जितेको नेपाली पुरुष भलिबल टोलीका लागि भने यो वर्ष सम्झनलायक भएन। तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै पदकविहीन भयो।

राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा श्रीलंका र बंगलादेशसँग पराजित नेपाल उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै काँस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी आइतबार, असोज १८, २०८३
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्