• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

२०७८ मा खेलकुद : राजनीति र विवादले छाडेन, महिला भलिबलले फर्कायो खुसी

64x64
दीप सुवेदी बुधबार, चैत ३०, २०७८  १९:२१
1140x725

काठमाडौं– वर्ष २०७८ नेपाली खेलकुदका लागि निक्कै उतारचढावपूर्ण रह्यो। राजनीतिक हस्तक्षेपले खेल क्षेत्र विवादित बने पनि नतिजाका हिसाबमा केही खेलमा राम्रै उपलब्धि हासिल भएको छ। 

एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा अपराजित रहँदै दोस्रो पटक उपाधि हात पार्नु र ब्याटमिन्टनमा प्रिन्स दाहाल जुनियरतर्फ विश्व वरियताको शीर्षस्थानमा पुग्नु नेपालका लागि सुखद् रह्यो। 

खेलकुदमा राजनीतिक हस्तक्षेपका कारण विवादहरू पनि आए। नेपाली खेलकुद अदालतसम्म पुग्यो। ३२औं ओलम्पिकमा एमालेका सांसद सहभागी हुँदा प्रशिक्षक र खेलाडी भने नेपालमै रहे। 

राखेपामाथि राजनीतिक हस्तक्षेप
वर्ष २०७८ नेपाली खेलकुदको सर्वाधिक माथिल्लो निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) राजनीतिक अस्थिरताको शिकार भयो। केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै रमेशकुमार सिलवाललाई सदस्यसचिवबाट बर्खास्त गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङलाई नियुक्त गर्‍यो। मंसिर १३ गते सदस्यसचिव नियुक्त भएका उनी सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) निकटका हुन्।

कामप्रति सन्तुष्ट हुन नसकेको भन्दै देउवा सरकारले सिलवाललाई दुई पटक स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पदावधि भण्डै तीन वर्ष बाँकी रहँदै सिलवाललाई गएको कात्तिक १ गते सरकारले बर्खास्त गर्‍यो।

तत्कालीन ओली नेतृत्वको सरकारको पालामा सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए। नयाँ ऐन अनुसार सिलवाल गत वर्ष साउन १२ गते सदस्यसचिव नियुक्त भएका हुन्। तत्कालीन मन्त्रीपरिषद्ले तीन जनाबाट उनलाई छनोट गरेको थियो।

पहिलो पटक २०७६ असार २३ गते सदस्यसचिव नियुक्त भएका सिलवाल गत वर्ष असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए। उनको नेतृत्वमा नेपालले करिब दुई वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद आयोजना गरेको थियो। देउवा सरकारले पदमुक्त गर्ने निर्णय गरेपछि उनले कात्तिक २५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

त्यसपछि मंसिर २९ गते घिसिङले नयाँ सदस्य सचिवको रुपमा जिम्मेवारी सम्हालेको तेस्रो हप्ता चल्दै गर्दा न्यायाधीश हरि फुँयालको एकल इजलासले सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश दियो। साथै, अदालतले नयाँ सदस्य सचिव घिसिङलाई समेत काम गर्न नदिन आदेश दियो। यद्यपि, आदेशको पूर्णपाठ भने तयार भइसकेको थिएन। त्यसैले अन्तरिम आदेशको छलफलको लागि पुस १२ गते दुवै पक्षलाई बोलाएको थियो, दुवै जना उपस्थित भएनन्। त्यसपछि लामो समयदेखि राखेप नेतृत्वविहीन बन्यो ।

Ncell 2
Ncell 2

यसरी विवाद अदालत पुग्दा पाँच महिनासम्म खेलकुदका नीतिगत कामहरू ठप्प बने। यसबीचमा २०७७ असारमा जारी भएको राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयन भएन। नवौं राष्ट्रिय खेलकुद आयोजना र १९औं एसियाली खेलकुदको तयारीलगायतका काम पर धकेलियो।

यसरी सुरु भएको अदालती चक्कर केही दिनअघि मात्रै सकिएको छ। गएको चैत २२ गते सर्वोच्च अदालतले सिलवालको रिट खारेज हुने फैसला सुनाएको छ। यो फैसलासँगै वर्षको अन्त्यतिर राखेपको कार्यकारी नेतृत्वको विवाद किनारा लाग्यो। घिसिङ पुनः कामकाजमा फर्किए। तर, नवौं राष्ट्रिय खेलकुद अर्को वर्ष धकेलियो। 

एमाले सांसद ओलम्पिकमा, प्रशिक्षक र खेलाडी नेपालमै
नेपाली खेलकुदका लागि टोकियो ओलम्पिकमा सम्झनलायक बनेन। वर्षभरि तयारी गराएका प्रशिक्षक र खेलाडीलाई नेपालमै राखेर सांसद प्रतियोगितामा सहभागी हुँदा खेल क्षेत्र नै कलंकित बन्न पुग्यो। 

२३औं टोकियो ओलम्पिकमा नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य तुलसा थापा जुडो व्यवस्थापक बनेर जापान पुगिन्। एमाले उपाध्यक्ष वामदेव गौतमकी पत्नी तथा नेपाल कबड्डी संघकी अध्यक्ष थापा टोकियो ओलम्पिकमा पुग्दा एथेलेटिक्सका गोपीचन्द्र पार्की र प्रशिक्षक प्रशिक्षक इन्द्रकुमारी मल्ललाई नेपालमै रोकियो। 

यो पनि पढ्नुहोस्

एमाले सांसद तुलसा र मन्त्रालयका सचिव ओलम्पिकमा पुगे, प्रशिक्षक र खेलाडी भने नेपालमैमंगलबार, साउन ५, २०७८

प्रतियोगितामा सहभागी हुन ठिक्क परेर बसेकी मल्ललाई नेपाल ओलम्पिक कमिटीले उड्ने समयमै कोरोना पोजेटिभ भएको नक्कली रिपोर्ट देखाइदियो। उनको उमेर र ठेगनासमेत कीर्ते गरेर रिपोर्ट बनाइयो र उनको ठाउँमा प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठायो। तर, २४ घण्टाभित्रै गरिएको अर्को परीक्षणको रिपोर्ट नेगेटिभ आयो। मल्लले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने सरस्वती चौधरीलाई दैनिक प्रशिक्षण गराउँदै आएकी थिइन्। 

यस्तै, टोकियो ओलिम्पिकका लागि वर्षभरी तयारी गरेका एथलेटिक्स खेलाडी पार्कीलाई पनि अन्तिम समयमा रोकियो। नेपालगन्जमा भएको म्याराथनको विजेता बन्दै छानिएका पार्कीको स्थानमा एथलेटिक्सकी सरस्वती चौधरीलाई १०० मिटरमा दौडाउन लगियो।

‘राजनीति गरेर’ उनीहरूलाई ओलम्पिकमा भाग लिनबाट बञ्चित गरिएको हल्ला फैलिएको भोलिपल्ट नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र तत्कालिन राखेप सदस्यसचिव सिलवालले संयुक्त विज्ञप्ति जारी गर्दै पार्की ओलिम्पिकमा ‘छनोट नभएको’ दाबी गरे। त्यसपछि उनीहरुकै मिलेमतोमा पार्कीलाई केही रकम र जर्मनीमा आयोजना भएको बर्लिन म्याराथनमा सहभागी गराउने भन्दै विवाद सामसुम बनाइयो। 

ब्याटमिन्टनमा प्रिन्सको छलाङ
यो वर्ष नेपाली खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियरतर्फको विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिए। नेपालका कुनै पनि खेलका खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो। गत वर्ष विश्व वरीयताको तेस्रो स्थानमा उक्लिँदा नै उनको चर्चा व्यापक भएको थियो।

कोरोनाको महामारीका कारण दुई वर्षबीचमा विश्व ब्याडमिन्टनका थुप्रै प्रतियोगिता स्थगित वा रद्द हुनुका साथै उनीभन्दा माथिल्लो वरीयताका दुई खेलाडीको उमेर बढी भएपछि प्रिन्सले स्वाभाविक रूपमा शीर्ष वरीयता पाएका हुन्। उनले यो वर्ष साइनो मेयर कपलगायतका प्रतियोगिता जितेका थिए। तर, वर्षको अन्तिममा आयोजित काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिपमा सिनियरतर्फ वरियता कम हुँदा उनी सहभागी बन्न पाएनन्।

भलिबलमा सुखद्
नेपाली भलिबल टोलीले यो वर्ष एसियन च्याम्पियनसिपमा सहभागी हुन पाएन। १६ टोलीले भाग लिने तय भएको गरे पनि फलिपिन्समा आयोजना भएको प्रतियोगितामा नेपाल कोरोना महामारीको ‘रेड जोन’ परेको कारण प्रवेश दिइएन।

त्यसपछि नेपाल बंगलादेशमा आयोजना भएको एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा सहभागी हुँदै लगातार दोस्रो पटक उपाधि जित्यो। मिरपुरमा भएको फाइनलमा उज्बेकिस्तानलाई ३–२ ले पराजित गर्दै महिला टोलीले लगातर दोस्रोपटक उपाधि रक्षा ग¥यो।

यो पनि पढ्नुहोस्

उदाउँदो महिला भलिबलमा कोरोना छाया : अवसर गुम्यो, आशा बाँकी छसोमबार, साउन ४, २०७८

नेपालले राउन्ड रोविनको आधारमा भएको लिग चरणका सबै पाँच खेल जितेर उपाधि रक्षा गर्ने बलियो संकेत प्रस्तुत गरेको थियो। पहिलो खेलमा श्रीलङ्काविरुद्ध २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–२ ले खेल जितेको थियो। त्यसपछि माल्दिभ्स, बंगलादेश, उज्बेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराएर नेपाल शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको थियो।

यसअघि सन् २०१९ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो। त्यो नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। त्यसलगत्तै टोलीले काठमाडौंमा भएको १३औं दक्षिण एशियाली खेलकुदको फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक प्राप्त गरेको थियो।

यो वर्ष नेपाली महिला भलिबलमा कामना विष्ट, लक्ष्मी चन्द र शान्ति थारु जस्ता नयाँ खेलाडीले पनि मौका पाए। 

यता, पाँच वर्षअघि माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलमा प्रतियोगितामा काँस्य पदक जितेको नेपाली पुरुष भलिबल टोलीका लागि भने यो वर्ष सम्झनलायक भएन। तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै पदकविहीन भयो।

राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा श्रीलंका र बंगलादेशसँग पराजित नेपाल उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै काँस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ब्राजिलियन खेलाडी आना फ्लाभिया कर्णाली यसभिएसमा अनुबन्धित सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन् । स... बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
भीम रावलको दाबी : ‘मिसन ०८४ होइन, पतन ०८४ आउँदै छ भनेर ओलीलाई भनेको थिएँ’ शुक्रबार, मंसिर १२, २०८२
माधव नेपालको दाबी : ‘नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ’ शुक्रबार, मंसिर १२, २०८२
एनपीएल: कर्णालीले विराटनगरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै शुक्रबार, मंसिर १२, २०८२
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी शुक्रबार, मंसिर १२, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्