• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

एमाले सांसद तुलसा र मन्त्रालयका सचिव ओलम्पिकमा पुगे, प्रशिक्षक र खेलाडी भने नेपालमै

64x64
दीप सुवेदी मंगलबार, साउन ५, २०७८  २०:१४
1140x725

काठमाडाैं- टोकियोमा २३ जुलाई (शुक्रबार) देखि हुने ३२औं ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउँदै छन्। नेपालको यो १४औं ओलम्पिक सहभागिता हो। यसपटक ओलम्पिकमा सहभागी हुन नेपालले भाग नै नलिएको जुडोबाट पनि अफिसियल बनेर एनओसी पदाधिकारी जापान पुगेका छन्। यसरी जानेमा एमाले सांसद तुलसा थापा पनि छिन्।

खेलाडी र प्रशिक्षकभन्दा पदाधिकारीको संख्या धेरै छ। तर, प्रशिक्षकलाई भने यतै छाडिएको छ। ओलम्पिकमा सहभागिता जनाउने खेलहरु पौडी, एथेलेटिक्स, सुटिङ र जुडो संघका पदाधिकारी कोही पनि जापान जाने टोलीमा परेका छैनन्। नेपालबाट पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दै छन्।

यी सबै खेलाडी छनौट प्रतियोगिता पार गरेर नभइ आईओसीको ‘कृपा’मा सहभागी हुने अवसर पाएका हुन्। पौडीका गौरिका र एलेक्जेन्डर अनिवार्य सहभागिताअन्तर्गत ओलम्पिक खेल्न लागेका हुन्। उनीहरु दुवैले १०० मिटर ‘फ्रि स्टाइल’मा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै अनिवार्य सहभागिताअन्तर्गत ओलम्पिक खेल्न लागेकी एथेलेटिक्सकी सरस्वती भने नेपाल ओलम्पिक संघ (एनओसी) को ‘कृपा’बाट सहभागी भएकी हुन् । उनले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन्। कल्पना र सोनियाले भने ‘वाइल्ड कार्ड’ पाएका हुन्। कल्पनाले महिला १० मिटर एयर राइफल र सोनियाले जुडोको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्।

एनओसीले एथेलेटिक्सका गोपीचन्द्र पार्कीको नाम अन्तिम समयमा काटेर सरस्वतीलाई पठाएको हो। दुई वर्षअगाडि नेपालमै आयोजना भएको १३औं सागको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका गोपीले गतवर्ष मंसिरमा नेपालगञ्जमा आयोजना भएको नेपालगञ्ज म्याराथन जितेर ओलम्पिक यात्रा तय गरेका थिए। तर, उनीमाथि ‘राजनीति’ भयो। ओलम्पिक आयोजना हुनुभन्दा १८ दिनअघि मात्र उनलाई हटाएर एनओसी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले सरस्वतीको नाम सिफारिस गर्‍यो।

एनओसी, राखेप र संघले अन्तरराष्ट्रिय एथलेटिक्स महासंघको प्राविधिक समितिलाई सहभागी संख्या धेरै भएका कारण गोपीलाई खेलाउन नसक्ने जवाफ दिएर टार्‍यो। तर, उनीमाथि राजनीति भएको प्रस्टै छ। विदेश मोहका कारण एनओसी र संघ दुवै संस्थाले म्याराथनका लागि दिएको समयसीमाभित्र गोपीको नाम नै दर्ता गराएनन्। ‘लङ लिस्ट’मा समेत उनको नाम समावेश गरिएको थिएन। म्याराथनको लागि २३ जुनभित्र नाम दर्ता गर्नुपर्ने थियो। त्यो मितिमा उनको नाम दर्ता गरेको प्रमाण दुुवै निकायले देखाउन सकेका छैनन्।

एनओसी अध्यक्ष श्रेष्ठ नेतृत्वको टोली। तस्बिर: एनएसजेएफ

यो घटना सेलाउन नपाउँदै अर्को घटना पुन : उदाँगो भएको छ । सरस्वतीकै प्रशिक्षक इन्द्रकुमारी मल्लमाथि पनि एनओसी, राखेप र नेपाल एथलेटिक्स संघले ‘राजनीति’ गरेका छन्। प्रशिक्षक मल्लको सट्टामा एनओसीले सन्तोष श्रेष्ठलाई जापान पठाएको छ।  सन्तोष तीनै प्रशिक्षक हुन्, जो गोपीसँगै जापान जान लागेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी भयो प्रशिक्षक मल्लमाथि ‘राजनीति’
एनओसीले गएको आइतबार एक विज्ञप्ति जारी गर्दै ओलम्पिकमा सहभागिताका लागि आवश्यक तयारीको सिलसिलामा पीसीआर परीक्षण गर्दा प्रशिक्षक मल्ललाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएको थियो। गत शनिबार पहिलो दिनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनले आशंकाका आधारमा आइतबार स्टार हस्पिटलसहित अन्य चार ठाउँमा पुन: परीक्षण गराएकी थिइन्। ती परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ।

‘सञ्चारमाध्यममा आएको समाचारपछि मैले नै कल गरेर सोधेको हुँ। होटलमै बस्नू कतै नजानू भन्नुभयो। पछि पुनः परीक्षणको कुनै व्यवस्था भएन। खेलाडीलाई मात्र बोलाइएछ। अनि मलाई चित्त नबुझेर एकैदिन तीन अन्य ठाउँमा परीक्षण गरेँ। फेरि मान्यता नहोला भनेर स्टार हस्पिटलनै गएको हुँ। सबै ठाउँमा नेगेटिभ आयो,’ उनले भनिन्।

उनका अनुसार गत १० फागुनमा कोभिसिल्ड खोप पहिलो र गत ८ वैशाखमा दोस्रो डोजसमेत लगाइसकेकी थिइन्। सरस्वती ओलम्पिकमा जाने भएपछि एनओसीले मल्लको नाम प्रशिक्षकमा सिफारिस गरेको थियो। पोखरामा रहेकी उनी सरस्वतीकै लागि काठमाडौं आएकी थिइन्।

‘मलाई उनीहरुले नै पोखरादेखि बोलाएका हुन्। दुवै डोज खोप लगाएको कार्ड र पासपोर्ट लिएर आउन खबर पाएपछि आएकी हुँ। खेलाडीका रुपमा ओलम्पिक खेल्न नपाए पनि प्रशिक्षकका रुपमा सहभागी हुने अवसर पाउँदा उत्साहित थिएँ। आफ्नो जीवनको अधूरो सपना प्रशिक्षकको रुपमा पूरा हुन्छ भन्ने आशा थियो,’ उनले भनिन्।

जालझेलको गन्ध
कोरोना परीक्षणको पहिलो रिपोर्ट पोजिटिभ आउनु कुनै नौलो विषय होइन। गत १६ असारमा नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई पदाधिकारी र एन्फा स्टाफ गरी २० जनाको कुपोन्डोलस्थित बिध ल्याबमा गरिएको परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो। तर, ललितपुरको स्टार अस्पतालमा पुनः परीक्षण गर्दा २४ घण्टाभित्रै सबैको नतिजा नेगेटिभ आयो।

स्टार अस्पतालले खेलाडी र प्रशिक्षकको रिपोर्ट सिधै सम्बन्धित व्यक्तिलाई दिने गरेको छैन। प्रशिक्षक मल्लको रिपोर्ट पनि एनओसीलाई दिइएको थियो। ‘सरस्वती र म दुवै जना एनओसीमा गएर कोरोना परीक्षण गराएका हौं। त्यसपछि जुत्ता लगायतका सामान किनमेल गर्न गएका थियौं। यतिका दिनसम्म हामी सँगै एउटै होटलमा बस्दा मेरो मात्र रिपोर्ट कसरी पोजेटिभ आयो?,’ उनले प्रश्न गरिन्, ‘म जाने नजाने विषय अर्को पाटो हो। तर, पहिला तँ कोरोना पोजिटिभ हो भनेरसम्म मलाई जानकारी दिइएन।’

ओलम्पिक कमिटीले दिएको रिपोर्टमा प्रशिक्षक मल्लको लिंग ‘पुरुष’ राखिएको छ। त्यस्तै, उनको उमेर ‘५३ वर्ष’ र ठेगाना ‘तनहुँ’ लेखिएको छ। तर, उनको उमेर ५४ वर्ष र ठेगाना कास्की हो। ‘कसैले नियतवश गर्‍यो वा कतै गल्ती भएको हो, त्यो म भन्न सक्दिनँ। तर, ममाथि अन्याय भएको महसुस गरेको छु। मलाई जापान जानबाट रोक्ने योजनाअनुसार कोरोना रिपोर्ट पोजिटिभ देखाइएको हो,’ उनले भनिन्।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले आफूलाई बारम्बार ढुक्क नहुन भनेर सचेत गराएको कारण पनि षडयन्त्र भएको उनी बताउँछिन्। ‘एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले यसअघि हामीले अर्कै प्रशिक्षकको नाम लङ लिष्टमा पठाएका थियौँ। तपाईंको नाम नआए पनि हामी भिषा प्रक्रिया सुरु गर्छौैँ भन्नुभएको थियो,’ उनले भनिन्।

के भन्छन् जिम्मेवार निकाय?
आयोजक जापानले डेल्टा भेरियन्टबाट प्रभावित नेपालसहित दक्षिण एसियाली पाँच राष्ट्रका खेलाडीमाथि कडाइ गरेको छ। नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोना भाइरस संक्रमणको आधारमा समूह ‘वान’ मा छन्। टोकियो प्रवेश गर्नु अगाडि समूह ‘वान’ मा रहेका देशका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले सात दिन लगातार पीसीआर परीक्षण गर्नुपर्छ। टोकियो पुगेपछि तीन दिन क्वारेन्टिनमा बस्नुपर्छ।

प्रतियोतिगामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिइसकेको हुनुपर्छ। टोकियो ओलम्पिकमा भाग लिन जापान पुगिसकेका एनओसी उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले पनि यी मापदन्ड अनिवार्य पूरा गरेको हुनुपर्ने बताए। ‘मैले पनि प्रशिक्षक मल्लको रिपोर्ट पोजिटिभ आएको जानकारी पाएँ। सात दिनमा एक दिन मात्र पोजिटिभ आए पनि भ्रमण गर्न मिल्दैन। त्यति मात्र होइन जापान आइसकेपछि कोरोना परीक्षण गर्दा पोजिटिभ देखिए फर्काइन्छ,’ उनले भने।

राजवैद्यका अनुसार एनओसीले टोकियो ओलम्पिकमा सहभागी हुने सबैलाई कोरोना ‘प्रोटोकल’बारे स्पष्ट पारेको थियो। त्यसकारण अरुलाई दोष लगाउने ठाउँ कहीँकतै नभएको उनको भनाइ छ। 

बढ्दो असन्तुष्टि
प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्समा सन्तोष श्रेष्ठले ओलम्पिकमा भाग लिँदै छन्। पाँच खेलाडी र प्रशिक्षकबाहेक अन्य २१ जना अफिसियलका रूपमा सहभागी भएका छन्। 

टोकियो जाने अधिकांश खेलकुद संघका पदाधिकारी नेपाल सहभागी हुन खेलको व्यवस्थापकको हैसियतमा छन्। ‘सेफ द मिसन’का रूपमा नेपाली टोलीको नेतृत्व राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले गरेका छन्। उनीसँगै राखेप उपाध्यक्ष शिव कोइराला तथा बोर्ड सदस्य सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ जापान पुगिसकेका छन्।

सम्पन्न र सुभाष राखेपको सिफारिसमा नभएर एनओसीको हैसियतमा टोकियो उडेका हुन््। यसैगरी, एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने पनि जापान पुगिसकेका छन्। एनओसीबाट अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ, सुनीलकुमार श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ, सहमहासचिव पीताम्बर तिम्सिना, सचिव तुलसी थापा र सदस्य प्रकाशशमशेर राणा एवं राम अवाले जापान उडेका छन्। हाल अमेरिकामा रहेका तिम्सिना उतैबाट जापान पुग्ने छन्। 

यसैगरी, नेपाली दूतावासका कर्मचारी प्रेम बराल, मेडिकलतर्फ डा. नविसमानसिंह प्रधान र स्वयंमसेवक रूपेश डंगोलले पनि ओलम्पिकमा नेपाली टोलीको प्रतिनिधित्व गर्नेछन्। एनओसी स्रोतका अनुसार चार सञ्चारकर्मी पनि सहभागी हुँदै छन्। तर, नाम खुलाइएको छैन।

ओलम्पिक कमिटी सहमहासचिव तिम्सिनालाई एथलेटिक्सको ‘अफिसियल’ बनाइएको छ। यस्तै, सचिव तथा कवड्डी संघकी अध्यक्ष तुलसा थापा जुडोकी अफिसियल भएर जापान जान लागेकी छिन्। उनी नेकपा एमाले उपाअध्यक्ष वामदेव गौतमकी पत्नी हुन्।

तेक्वान्दो संघका अध्यक्षसमेत रहेका राणा जुडोबाट सहभागी हुन लागेका हुन्। यस्तै, खेलकुद मन्त्रालयका सचिव न्यौपाने सहचारीको रुपमा जापान पुगेका हुन्। एनओसीका उपाध्यक्ष श्रेष्ठ सुटिङका पदाधिकारी र अर्का उपाध्यक्ष राजवैद्य टोलीको प्रशासकीय व्यवस्थापकको रुपमा सहभागी हुन गएका हुन्।

राखेपको कार्यशैली र गोपीचन्द्र पार्की प्रकरणलगायतमा असन्तुष्ट रहँदै आएका राखेपका उपाध्यक्ष शिव कोइरालाले ओलम्पिकमा सहभागी नहुने भन्दै नाम फिर्तासमेत लिए। उनले गत हप्ता शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै व्यक्तिगत कारण ओलम्पिकमा सहभागी हुन नसक्ने जनाएका थिए।

एनओसीका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले उनीसँग छलफल नगरी ओलम्पिक जाने सूची बनाएको थियो। कोइराला एनओसी उपमहासचिव पिताम्बर तिम्सिना र एथेलेटिक्सको टोली २४ जुलाईमा टोकियो उड्ने कार्यक्रम थियो।

ओलम्पिकको सन्दर्भमा राखेपमा औपचारिक बैठक र निर्णय नभएको कोइरालाले बताउँदै आएका थिए। खेलाडी र अफिसियलबाहेकका पदाधिकारी बोर्ड बैठकको निर्णयबाट सिफारिस हुनुपर्ने उनको मत थियो। भागबन्डाको कुरा नमिनेपछि सदस्य सचिव सिलवालले ३० असारमा राखेपको बोर्ड बैठक आह्वान गरेका थिए। तर, सरकार परिवर्तन गर्ने सर्वोच्च अदालतको आदेशसँगै बोर्ड बैठक स्थगित भएको थियो। 

राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाइ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी।

योगदानको आधारमा पदाधिकारी पठाएका हौंः एनओसी महासचिव श्रेष्ठ 
एनओसी महासचिव नीलेन्द्रराज श्रेष्ठले खेल क्षेत्रका लागि दिएको योगदानका आधारमा पदाधिकारीहरुलाई ओलम्पिकमा पठाइएको बताएका छन्। ‘यत्रो वर्ष उहाँहरुले खेल क्षेत्रमा योगदान दिनु भएको छ। त्यसैले भोलेन्टिएरको रुपमा उहाँहरुलाई पठाइएको हो,’ उनले भने। श्रेष्ठका अनुसार विगतमा ओलम्पिकमा सहभागी पदाधिकारीलाई टोकियो लगिएको छैन। 

‘जसरी खेलाडी र प्रशिक्षक ओलम्पिकमा सहभागी हुन्छन्, त्यसरी नै उहाँहरुलाई पनि एकपटक सहभागी हौं र हेरौं भन्ने चाहना हुन्छ। त्यही अनुसार विगतमा गइसकेका पदाधिकारीलाई नभइ नयाँलाई मौका दिएका हौं,’ उनले भने।

‘राज्यकोषको दुरुपयोग गरी विदेश घुमाउन लैजानु गलत’
राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले ओलम्पिकमा जम्बो टोली लिएर घुमफिरका लागि मात्र राज्यकोषको दुरुपयोग गर्नु गलत भएको बताएका छन्। टिम म्यानेजर र सम्बन्धित खेल संघको व्यक्तिलाई चयन गर्नुपर्ने भएपनि राखेप र एनओसीका पदाधिकारीले मनपरी ढंगबाट पदाधिकारी जापान लगेको उनको भनाइ छ। 

‘अन्तर्राष्ट्रिय खेल समुदायमा राष्ट्रको झण्डा बोकेर देशको प्रतिनिधित्व गर्दै सहभागी हुनु भनेको राष्ट्रको इज्जत, गौरव र प्रतिष्ठासँग जोडिएको विषय हो। तर, यस्तो महत्वपूर्ण संवेदनशील विषयमा केही स्वार्थी व्यक्तिको स्वार्थपूर्ण र मनोमानी कार्यले नेपालको खेलकुदलाई दिन-प्रतिदिन धरासायी बनाउँदै लगेको छ,’ उनले भने।

खेल विशेषज्ञ प्रकाश प्रधानले जिम्मेवार निकायले राज्यकोषको दुरुपयोग गरेको बताए। ‘खेलाडी, पदाधिकारी र अन्य व्यक्ति जाँदा लागेको खर्च व्यक्तिगत होइन, यो राज्य कोषको हो, जनताको कर हो। यसरी मनपरी खर्चेको रकम भोलि कसले उठाउने?’ उनले प्रश्न गरे।

उनले खेल संघलाई ‘नन प्रफिट सेक्टर’को रुपमा सरकारले घोषणा गर्दा नै यो स्थिति आइपुगेको बताए। ‘सरकारको कदमले नै यस्तो भइरहेको छ। जसको शक्ति उसैको भक्ति भनेझैं मनपरी छ। यसको नोक्सानको लेखाजोखा भएको पाइँदैन,’ प्रधानले भने।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख रकम उद्धार कोषमा केडिया ग्रुपको आयोजना भइरहेको नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको रकम ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बा... मंगलबार, भदौ २३, २०८३
मधेशको दोस्रो हार, काठमाडौंको विजयी सुरुआत काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ। शनिबार, भदौ २०, २०८३
चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्