• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

उदाउँदो महिला भलिबलमा कोरोना छाया : अवसर गुम्यो, आशा बाँकी छ

64x64
दीप सुवेदी सोमबार, साउन ४, २०७८  ०७:०५
1140x725
फाइल तस्वीर : नेप्लेज

नेपाली खेलकुदको खास चरित्र छ। एक समयमा कुनै खेल लोकप्रिय बन्छ, र कालान्तरमा हराएर जान्छ। लोकप्रियता हासिल गरेपछि सम्बन्धित निकायले खेल विकासमा वास्ता नगर्दा यस्तो हुने गरेको छ।

भलिबल खेल पनि यस्तै उतारचढावबाट गुज्रिरहेको छ। भलिबलले राष्ट्रिय खेलको मान्यता पाएपछि यसको लोकप्रियता फेरि बढेको छ। अन्य खेलभन्दा फरक चाहिँ पुरुष र महिलाकै भलिबल लोकप्रिय छ। नीजि क्षेत्रसमेत लगानीका लागि तानिन थालेका छन्।

नेपालको सन्दर्भमा पुरुषभन्दा महिला भलिबलको चर्चा धेरै हुन्छ। नेपाली महिला टोलीले दक्षिण एसियाली खेलकुद (साग) को आठौँ, दशौँ र बाह्रौँ संस्करणमा तीनपटक कास्य जितिसकेको छ। सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पिनयसिपमा पनि नेपाली महिला टोलीले रजत पदक जितेको थियो। 

२०७६ सालमा भने नेपाली महिला टोलीले लगातार सफलता पाएपछि चर्चा चुलियो। त्यति बेला एक महिनाको फरकमा नै दुई सफलता हात परेका थिए। उक्त वर्ष कात्तिकमा बंगलादेशमा भएको सात राष्ट्र सम्मिलित महिला सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जितेको थियो। लयमा देखिएको टोलीले त्यही वर्ष मंसिरमा घरेलु कोर्टमा भएको १३औं सागमा रजत पदक जित्यो। फाइनलमा पहिलो सेट गुमाए पनि दोस्रो र तेस्रो सेट जितेर नेपाल अगाडि बढेको थियो। तर, चौँथो र पाँचौँ सेटमा लय भेट्न सकेन। फाइनलमा हारे पनि महिला टोलीले प्रशंसा पाएको थियो। 

नेपाली महिला भलिबल टाेली। फाइल तस्वीर : १३औं सागमा

दक्षिण एसियामा अधिकांश मुस्लिम देश भएका कारण महिलालाई खेलकुदमा सहभागी गराउँदैनन्। त्यसैले नेपालले कमजोरहरुसँग खेलेर जितेको भन्ने आरोप पनि थियो। दुई प्रतियोगितामा गतिलो प्रदर्शन गरेपछि नेपाल भलिबल संघले महिला टोलीलाई एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गर्‍यो। महिला टोलीका लागि एसियाका ‘पावर हाउस’सँग खेल्न पाउनु एउटा अवसर थियो। तर, अन्तिम समयम आएर कोरोना महामारीका कारण नेपाललाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरिएको छ।

खेलाडी छनोट भइसकेपछि निराशाजनक खबर
एसियन च्याम्पियनसिपमा १६ टाेलीले भाग लिने तय भएको थियो। तर, कोरोना महामारीको कारण देखाउँदै आगामी १३ देखि २० भदौसम्म हुने टुंगो लागेको प्रतियोगिता चीनले नगर्ने घोषणा गर्‍यो। त्यसपछि फिलिपिन्सले प्रतियोगिता आयोजनाको जिम्मेवारी पायो।

महामारीका कारण अप्ठ्यारो परिस्थिति भएको भन्दै एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले १५ जुनसम्म सहभागिता पक्का गर्न वा नाम फिर्ता लिन ती देशलाई समय दिएको थियो। चीनसहित इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्याण्डले नाम फिर्ता लिए। एभीसीले नेपालसहित १२ टाेली समावेश गरेर प्रतियोगिता गराउने निर्णय गर्‍यो। प्रतियोगितामा नेपालसहित फिलिपिन्स, इरान, अष्ट्रेलिया, भारत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, कजाकस्तान, ताइपेई, उज्वेकिस्तान र हङकङले भाग लिने पक्का भएको थियो। 

च्याम्पियनसिपमा सहभागी हुन करिब रु.१ करोड ५० लाख खर्च हुने एनभीएको अनुमान थियो। यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग पनि मागेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

च्याम्पियनसिपमा सहभागी हुन करिब रु.१ करोड ५० लाख खर्च हुने एनभीएको अनुमान थियो। यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग पनि मागेको थियो।

प्रतियोगिता हुने निश्चित भएपछि एनभीएले उपत्यका बाहिर रहेका खेलाडीलाई बोलाएर प्रशिक्षण थाल्यो। गत चैतमा राखेपकै कभर्ड हलमा आयोजना गरेको आरबीबी भलिबल लिग प्रतियोगिताको प्रदर्शनका आधारमा २७ खेलाडी प्रशिक्षणमा सहभागी थिए। त्यसबाट १८ खेलाडी पनि छनोट भइसकेका थिए। अब अन्तिम १४ खेलाडी छनोट गर्ने तयारी हुँदै गर्दा शुक्रबार आएको खबरले महिला टोलीलाई निराश बनाएको छ।

एभीसीले अब च्याम्पियनसिपमा आठ टाेली मात्र सहभागी गराउने भएको छ। नेपालसहित भारत, हङकङ र जापानले अवसर गुमाएका छन्। यसको कारण कोरोना महामारीको जोखिम नै हो। विभिन्न राष्ट्रले नेपाललाई महामारीको ‘रेड जोन’मा राखेका छन्। यसै कारण कतिपय राष्ट्रले नेपाली नागरिकलाई प्रवेश दिएका छैनन्। 

इरानी महिला भलिबल टाेली। तस्वीर : द रन टाइम्स

एनभीएका सचिव मनवीर छन्त्यालका अनुसार कोरोनाको नयाँ भेरियन्टको जोखिमको कारण अतिसंवेदनशील क्षेत्र भएको भन्दै नेपाललाई प्रतियोगिताबाट बाहिर राखिएको हो। ‘भारतबाट फैलिएको कोरोनाको डेल्टा भेरियन्टको प्रभाव नेपालमा पनि छ। सोही कारण फिलिपिन्स सरकारले एशियन भलिबल महासंघमार्फत नेपाल र भारतलाई सहभागी गराउन असमर्थ रहेको जानकारी पठाएको छ,’ छन्त्यालले भने। उनका अनुसार कोरोना जोखिमका कारण फिलिपिन्समा नेपाल र भारतका नागरिकलाई प्रवेश दिइएको छैन। 

Xtrem

Xtrem

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टका अनुसार जापान र हङकङले भने महामारीको कारण देखाएर आफैँ नाम फिर्ता लिएका हुन्। च्याम्पियनसिपमा अब फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, कजाकस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र खेल्ने छन्। ‘पहिलोपटक एसियालीस्तरको प्रतियोगितामा भाग लिँदा खेलाडीले अनुभव बटुल्न पाउने अवसर थियो। केही खेलहरु जित्ने लक्ष्यका साथ टोलीले प्रशिक्षण थालेको थियो। महामारीका कारण त्यो अवसर गुमेको छ,’ भट्टले भने, ‘हाम्रो लागि यो प्रतियोगिता ओलम्पिक खेल्नु सरह थियो।’

खेलाडीलाई ‘करिअर’को चिन्ता
करिब एक महिना प्रशिक्षण भइसकेपछि प्रतियोगितामा सहभागी नगराउने निर्णय हुँदा खेलाडीको मनोबल खस्किएको प्रशिक्षक भट्ट बताउँछन्। जिम्मेवार निकायबाट यसरी अवसर खोसिँदा खेलाडीको भविष्यमा नै असर पुग्ने उनको तर्क छ। ‘यस्तो मौका एक युगमा एक चोटी आउने हो। खेलाडी निराश छन्। तर, हाम्रो कारणले यसो भएको होइन भनेर खेलाडीलाई सम्झाइरहनुपर्ने स्थिति सिर्जना भएको छ,’ प्रशिक्षक भट्टले भने।

उनका अनुसार एक खेलाडीको ‘पिक फर्म’ कम्तीमा सात वर्ष हो। यसमा पनि चोट, घरेलु प्रतियोगिता, टोलीमा पर्न संघर्ष गर्न खर्चिनुपर्ने समयका कारण एक खेलाडीले देशका लागि तीनदेखि चार वर्ष खेल्न पाउँछन्। 

अन्तिम समयमा खेल्न नपाउँदा खेलाडीको मनोबल नगिरोस् भनेर नेपाल भलिबल संघलाई सचेत गराइएको प्रशिक्षक भट्टको भनाइ छ। ‘नेपाली महिला टाेलीको क्षमता उच्च छ। त्यसैले अहिले हामी साउथ एसियाभन्दा माथि गएर ‘एक्सपोज’ गर्ने लक्ष्य थियो’, भट्ट भन्छन्, ‘हुन त साउथ एसियन च्याम्पियनसिप लगायत थुप्रै प्रतियोगिता हुँदैछ। तर, एकल प्रयासबाट सहभागी हुन सम्भव छैन। सरकार र संघको प्रयास भए हामी खेल्न सक्छौं। यसले खेलाडीको मनोबल गिर्नबाट पनि जोगाउँछ।’

कप्तान अरुणा शाही।

यता, कप्तान अरुणा शाही डेढ वर्षभन्दा लामो समयपछि राष्ट्रिय टोलीमा फर्किने अवसर खोसिँदा नरमाइलो लागेको बताउँछिन्। तर, यसलाई नै अन्तिम प्रतियोगिताको रुपमा नलिएको उनको भनाइ छ। ‘अहिलेको मौका गुमाउँदा टोली नै निरास छ। तर, यो नै अन्तिम होइन। जीवनमा यस्तो ‘अप एण्ड डाउन’ भइरहेको हुन्छ। यस्ता प्रतियोगिता अझ धेरै हुन्छन्। हामीले गरेको मिहिनेत चाहिँ खेर नजाओस् भन्ने लागेको छ,’ उनी भन्छिन्। 

अहिलेको टोली उत्कृष्ट भएकाले एनभीएले प्रतियोगितामा सहभागी गराउन दिएको आश्वासन पूरा हुने उनको आशा छ। ‘अहिले टोलीमा नयाँ बहिनीहरु आएका छन्, हाइट पनि राम्रो छ। एसियन च्याम्पियनसिप खेल्न पाउनु राम्रो अवसर हो। हामीले पदक ल्याउने भन्दा पनि प्रतिस्पर्धात्मक उपस्थिति जनाउने तयारी थियो। हामीले आशा मारिसकेका छैनौँ,’ उनी भन्छिन्।

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्