काठमाडौं– विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी नार्जो सिरिजअन्तर्गत नार्जो ५० सार्वजनिक गरेको छ।
माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको सुविधा रहेको कम्पनीले जनाएको छ।
यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जी ९६ द्वारा सञ्चालित नार्जो ५० ले दुई कोर्टेक्स–ए७६ कोर र ६ वटा को-टेक्स–ए५५ कोरको २.० गिगाहर्जका साथ उत्कृष्ट प्रदर्शन ल्याउने कम्पनीको दाबी छ।
यो १८० हर्जको टच स्याम्पलिङ दरको र अल्ट्रा–स्मुथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउँछ।
जसले युवागेमरहरूलाई सबैभन्दा सहज प्रदर्शन प्रदान गर्दछ। यो स्मार्टफोनमा लामो समय टिक्ने ५ हजार एमएएच ब्याट्री छ र यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै सय प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ।
५० एमपीएआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको सट लिँदा स्पष्ट र चम्किलो विवरणहरू ल्याउने रियलमीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।