काठमाडौं– एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रिय कार्यालय काठमाडौंको एक परियोजना अन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो वितरण गरेको छ।
बैंकले प्राक्टिकल एक्शनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको बैंकले जनाएको छ।
परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एक्शन परियोजनासँग बैंकले सहकार्य चुल्हो वितरण गरिएको जनाएको छ।
नुवाकोट, धादिङ, गोर्खा, रसुवा, चितवन, मकवानपूर, पर्वत, म्याग्दी, बाग्लुङ, अर्घाखाँची, गुल्मी र स्याङजाका विभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्हो वितरण गरेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।