• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जो ४० वर्षदेखि छोरा बनेर बसे, सम्पत्ति हत्याउन आफ्नै मृत्युको प्रमाणपत्र बनाए

नीरज सहाय बुधबार, चैत ३०, २०७८  ०७:०२
1140x725

यो घटना सम्पत्ति हत्याउन गरिएको विश्वासघात, छोरा गुमाएको परिवारको भावनासँगको खेलबाड र धोकाको यस्तो कहानी हो, जो कुनै फिल्मको स्क्रिप्टभन्दा कम छैन। भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारको गृहजिल्ला नालन्दाबाट आएको यो खबरले त्यही गाउँका मानिसहरूलाई पनि आश्चार्यमा पारेको छ।

कसैको सम्पत्ति हत्याउन ४० वर्षसम्म धैर्यपूर्वक सम्बन्धलाई गुमराहमा राखिएको छ। आफ्नो छोरा हो या होइन निश्चित नहुँदै बाबा र आमा दुवैले ज्यान गुमाए। छोरा भएर बसेका व्यक्तिले परिवारको करिब एकतिहाई अर्थात् ५५ बिगाहा जमिन बेचे। त्यही परिवारको नामबाट बिहे गरेर नाता सम्बन्ध गाँसे। यो कहानी एक लाइन कथा होइन, धोकाको ठूलो पुलिन्दा नै हो। 

नालन्दामा दयानन्द गोसाईं नाम गरेका व्यक्ति ४१ वर्षदेखि नक्कली छोरा बनेर कामेश्वर सिंहको घरमा बसेका थिए। ४० वर्षको कानुनी लडाइँपछि बल्ल उनी छोरा नभएको प्रमाणित भएको छ। सम्पत्तिको लोभमा परिवारको भावनासँग खेलबाड गर्ने गोसाईंलाई नालन्दा अदालतले तीन वर्षको जेल सजाय तोकेको छ।

यो घटना नालन्दा जिल्लाको सिलाव थाना क्षेत्रमा पर्ने मोरगाँउको हो। उक्त गाउँमा करिब १५० बिगाहा जमिनका मालिक स्वर्गीय कामेश्वर सिंहको सम्पत्तिसँग घटनाको सम्बन्ध छ।

साधु बनेर आए, छोरा बनेर बसे
कामेश्वर सिंहका एक मात्र छोरा कन्हैया सिंह थिए। उनको जीवनमा त्यति बेला दुःखद् मोड आयो, जब सन् १९७७ मा मैट्रिक परीक्षा दिएपछि छोरा कन्हैया हराए। धेरैतिर खोजी गर्दा पनि भेटिएनन्। त्यसपछि परिवारले सिलाव थानामा उजुरी दिए।

एक मात्र छोरा हराएपछि परिवार तनावमा थियो। खोजबिन गर्दागर्दै चार वर्ष बितिसकेको थियो।

यसैबीच, सन् १९८१ मा छिमेकी गाउँ केशोपुरमा एक युवा साधु आए। ती साधुले आफूलाई उनै हराएका कन्हैया बताए। लगातार यही कुरा दोहोर्‍याइरहेपछि खूब प्रचार भयो। बाबु कामेश्वर सिंह त्यति बेला जीवित थिए। उनी साधुलाई भेट्न छिमेकी गाउँ पुगे।

ती युवक तथा अन्य व्यक्तिले साधु आफ्नै छोरा भएको बताएपछि कामेश्वरले पनि पत्याए र घर लिएर आए। आमा रामसखी देवी पनि त्यस बखत जीवितै थिइन्। उनले साधु आफ्नो छोरा नभएको बताइन्। तर, गाउँलेको दबाबका कारण उनी चुप भइन्।

Ncell 2
Ncell 2
nimb
nimb

कन्हैया भएर आएका ती व्यक्ति दयानन्द गोसाईं थिए। उनी कामेश्वर परिवारको एक मात्र हकवाला भएर त्यही घरमा बस्न थाले। यद्यपि, आमा रामसखीले उनलाई कन्हैया स्वीकार गरिनन् र उनीमाथि लगातार अविश्वास गरिरहिन्।

१९८१ नोभेम्बरमा उनको धैर्य टुट्यो। उनले गोसाईंविरुद्ध सिलाव थानामा उजुरी दर्ता गराइन्। १९९१ नोभेम्बरमा पटना जिल्ला अदालतमा मुद्दा दर्ता भयो। मुद्दा चलिरहँदा सन् १९९५ मा कामेश्वर र उनकी पत्नी रामसखी दुवैको मृत्यु भयो। आफूमाथि धोका दिनेलाई घरमै राखेर उनीहरूले संसार छाडेर गए।

छोरीले सम्हालिन् कानुनी मोर्चा
आमा–बुवाको मृत्युपछि कन्हैयाकी बहिनी विद्याले कानुनी लडाइँ जारी राखिन्। यसबारे विद्या देवीको भनाइ जान्ने कोशिश गरे पनि उनी सम्पर्कमा आइनन्। तर, उनका वकिल राजेश कुमारको दाबी छ कि, यो सबै धोका र जालसाजी कामेश्वर सिंहको जमिन हडप्नका लागि गरिएको हो।

राजेश कुमारले भने, ‘कामेश्वर सिंहको घरमा लगभग चार दशक रहँदा दयानन्दले ५० देखि ५५ बिगाहा जमिन बेचिदिए। उनलाई पाइप लाइन बिछ्याउँदाको मुआब्जा पनि मिल्यो। बिहेसमेत त्यहीँबाट गरे।’

Xtrem

Xtrem

उनीविरुद्ध मुद्दा दर्ता गरेकी कन्हैयाकी आमाले अदालतमा बयान दिँदा आफ्नो छोराको टाउकोमा चोटको निशान भएको बताएकी थिइन्। तर, त्यस्तो निशान दयानन्दको शिरमा थिएन। त्यसलाई आमाले बलियो प्रमाण मानेकी थिइन्। वकिल राजेश कुमारका अनुसार दयानन्दले डीएनए जाँच गर्न पनि अस्वीकार गरेका थिए।

अदालतमा आफ्नै मृत्यूको प्रमाणपत्र पेश
दयानन्दको वास्तविक घर जमुई जिल्लाको एक गाउँमा पर्छ। त्यहीँका एक व्यक्तिले अदालतमा बयान दिने क्रममा दयानन्दलाई आफ्नो गाउँका प्रभु गोसाईंका तेस्रो छोरा भएको बताएका थिए। तर, यो घटनामा सबैभन्दा आश्चार्यलाग्दो त के थियो भने, अदालतमा दयानन्द गोसाईंको मृत्युको प्रमाणपत्र पेश गरिएको थियो।

प्रमाणपत्रअनुसार दयानन्द गोसाईंको मृत्यु सन् १९८१ मा नै भएको थियो। यो प्रमाण पत्र सन् २०१४ मा मात्र तयार गरिएको थियो। अदालतको आदेशमा प्रमाणपत्रको जाँच गराइएको थियो र नक्कली भएको प्रमाणित भएको थियो।

यो मामिला जिल्ला अदालतबाट पटना उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुग्यो। सर्वोच्चको आदेशमा यस मामिलामा फेरि सुनुवाइ सुरु भयो। दुवैतर्फको तर्क सुनेपछि नालन्दा जिल्ला अदालतले दयानन्द गासाईंलाई जालसाजी गरेको प्रमाणित गरेर तीन वर्षको काराबास सजाय सुनाएको छ। साथै, उनलाई जरिवाना तिराउने फैसला पनि भएको छ।

नालन्दाका जिल्ला अभियोजन पदाधिकारी राजेशकुमार पाठकले भनेका छन्, ‘सन् २०१४ देखि नै अभियोजनका लागि डीएनए जाँच गराउन माग गरिएको थियो, तर दयानन्दले अहिले सन् २०२२ मा अदालतमै लिखित आवेदन दिएर जाँच गराउन अस्वीकार गरे। साथै अभियुक्तले यो पनि बताउन सकेनन् कि सन् १९७७ देखि १९८१ को बीचमा उनी कहाँ बसेका थिए।’

अदालतको फैसलाबारे कामेश्वर सिंहकी छोरी विद्याले भनिन्, ‘यो फैसलाले जसलाई खुसी दिन्थ्यो, उनीहरूको त मृत्यु भइसक्यो। आमाको इच्छा थियो कि, यो मामिलाको पर्दाफास होस्। हामीले साँचो कुरा बाहिर ल्याउने प्रयास गरेका हौँ। कुनै प्रकारको लोभ राखेका छैनौँ।’

उता अदालतको फैसलापछि दयानन्द गोसाईंले स्थानीय मिडियासँग कुराकानी गर्दै भनेका छन्, ‘सम्पत्तिका लागि यो सबै भइरहेको छ। बहिनीको नजर सम्पत्तिमा छ, यसकारण उनी यसो गरिरहेकी छिन्।’

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
घट्यो सुनको मूल्य सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्