काठमाडौं– हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षयोजना सार्वजनिक गरेको छ।
'नयाँ वर्षको सुरुवात हुन्डाईको साथ' भन्ने योजना लक्ष्मी इन्टरकन्टिनेन्टलले सार्वजनिक गरेको हो।
यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।
यस्तै, नयाँ वर्ष बोनस ७९ हजार, एक्सचेन्ज बोनस ७९ हजार सम्म, मोडेर इयर डिस्काउन्ट ९९ हजारसम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा एक वर्षका लागि निःशुल्क बीमा र सडक कर छुट दिइने कम्पनीले बताएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १६ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।