• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

सिकारी कर्मचारी र चराहरूले बदलिदिएको जीवन

64x64
युवराज भट्टराई शनिबार, चैत १९, २०७८  १५:२१
1140x725

काठमाडौं– भारतीय फिल्म निर्देशक मृणल सेन र अरुण कौलले सन् १९६८ मा एउटा भारतीय म्यागजिनका लागि आलेख तयार पारे। ‘द न्यु सिनेमा मुभमेन्ट’ शीर्षकको आलेखले तत्कालीन फिल्मको परिवेशमाथि टिप्पणी मात्र गरेको थिएन, नवयथार्थवादी फिल्मको वकालत पनि गरेको थियो। यो आलेखले निकै चर्चा कमायो।

त्यसको एक वर्षपछि सन् १९६९ मा बंगाली निर्देशक मृणल सेनले पहिलो पटक हिन्दी फिल्म बनाए। उक्त फिल्म ‘भुवन शोम’ले नवयथार्थवादी धारलाई नै वकालत गरेको थियो। त्यसले भारतीय सिनेक्षेत्रको समानान्तर फिल्म आन्दोलनलाई छुट्टै पहिचान दिलाएको थियो। 

मृणल वरिष्ठ फिल्म निर्देशक सत्यजित रायका प्रशंसक थिए। मृणलका फिल्ममा रायले जस्तै यथार्थवादी कथालाई प्रस्तुत गरिएको हुन्थ्यो। दृश्यांकन पनि उच्च कोटीका हुन्थे। मृणलको सिनेमाको एउटा सौन्दर्य थियो, शान्त तलाउ जस्तै शान्त फिल्म। कथाको कुनै मोड तलाउमा परेको ढुंगाजस्तै हुन्थ्यो, मनदेखि मस्तिष्कसम्म तरंग ल्याइदिने।

‘भुवन शोम’ पनि कथ्य हिसाबमा शान्त तलाउजस्तै फिल्म छ। सिनेमाको छायंकन त्यति बेला उपलब्ध प्रविधिमा भएका कारण आज हेर्दा पट्यार लाग्न सक्छ। ३५ एमएमको रिलमा खिचिएको भए पनि फिल्मको सौन्दर्य यसले भनिरहेको कथामा छ। फिल्मका पात्र भुवन शोम (उदय दत्त अभिनित) मा भएको परिवर्तनको कथाले दर्शकको मनलाई त छुन्छ नै, जीवनको एउटा दार्शनिक टिप्पणी पनि दिन्छ।
०००

भुवन शोम रेल सञ्चालनसम्बन्धी कार्यालयका इमान्दार कर्मचारी हुन्। उनी आफूभन्दा तल्लो दर्जाका कर्मचारीप्रति गम्भीर छन्। घुस खाने, काम नगर्नेजस्ता विषयमा उनको स्पष्ट धारणा छ– उनीहरुलाई जागिरबाटै हटाउनुपर्छ। उनले आफ्नै छोरालाई पनि काममा ढिलासुस्ती गरेका कारण हटाएका हुन्छन्। 

५० वसन्त पार गरिसकेका भुवन शोम चरा मार्न नजिकैको गाउँ सौराष्ट्र पुगेका हुन्छन्। सोही क्षेत्रका उनका एक कर्मचारीले काममा लापरबाही गरेका कारण अनुसन्धान भइरहेको हुन्छ। शोम त्यो विषयमा उनीहरूलाई जानकारी गराउँदै आफ्नो यात्रामा निस्किन्छ।

त्यो यात्रामा उसको भेट गौरी (सुहासिनी मुले)सँग हुन्छ। भेटपछि शोम आफैंमाथि प्रश्न गर्न थाल्छ। आफ्ना कामहरुप्रति, आफ्ना कदमहरुप्रति उसका प्रश्नहरु हुन्छन्। गौरीसँग चरा मारिरहँदा उसले सिकेको जीवन दर्शनका विषयले उसलाई आफूले बाँचिरहेको शैलीमाथि प्रश्न गर्न लगाउँछन्।

फिल्मले शोमको व्यक्तित्वमा आएको परिवर्तनलाई प्रमुखता दिएको छ। एक कर्मचारी, जो आफ्नो निर्णयमा अडिग र आफूभन्दा तल्लो दर्जाका कर्मचारीप्रति सशक्त रूपमा प्रस्तुत हुन्थ्यो, उसमा भएको परिवर्तनलाई फिल्ममा देखाइएको छ। आफ्ना कर्मचारीप्रति उसले गर्ने व्यवहारका कारण उसलाई सबैले आदर गर्छन्। तर, त्यो सम्मान सम्मानभन्दा बढि डरको परिणाम हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सौराष्ट्रको यात्रामा आफ्नो अस्तित्वसँग शोम वृहत रुपमा परिचित हुन्छन्। त्यस्तो महसुस हुने वातावरण उनीभन्दा कैयौं वर्ष कम उमेरकी गौरीका कारण संभव हुन्छ। गौरीको विवाह आफ्नै मातहतका एक कर्मचारीसँग हुने टुंगो लागेको हुन्छ। चरा मार्न जाँदा भेटिएकी गौरीसाग शोम प्रभावित हुन्छ। उसको व्यक्तित्व, उसको व्यवहारले यति प्रभावित गर्छ कि, ऊ आफ्नै जीवनशैलीमाथि प्रश्न गर्न थाल्छ।

गौरीको व्यवहार सरल छ। जीवनशैली पनि सरल छ। शोम ठीक विपरीत छ। सहरको मान्छे भएकाले बोलीदेखि कपडा लगाउने शैलीसम्ममा फरकपन हुन्छ। तर, गौरी चराहरूलाई पक्रन वा मार्न गाउँले परिवेशमै हुुनपर्ने बताउँछिन्। उनको अबोधपन र व्यवहारिकपन सिकार गर्दाको समयमा पनि काम लाग्छ। उनी शोमलाई पनि आफ्नै ग्रामीण परिवेशका कपडा लगाउन लाउँछिन्, ता कि चराहरू नयाँ किसिमका मान्छे देखेर नउडुन्। जसरी भैँसी देखेर बन्दुक बोकेका शोम भाग्छन्, त्यसैमाथि गौरी सहज रूपमा सवार हुन्छिन्। यस्ता सानासाना कारणले शोम आफ्नो जीवनबारे सोच्न बाध्य भएको हुन्छ।

शोम त्यो यात्राबाट फर्किदाँ पूर्ण रूपमा परिवर्तन भइसकेको हुन्छ। गौरीको हुनेवाला श्रीमान् पनि रेलकै कर्मचारी हुन्छ, जसमाथि भ्रष्टाचारको विषयमा अनुसन्धान भइरहेको हुन्छ। त्यो फाइल शोमसम्म आइपुग्छ। तर, शोम उसलाई मौका दिने सोचले फाइल च्यातेर जलाउन भन्छ।

निर्देशक मृणलले प्रेमका कारण जीवन कसरी परिवर्तन हुन सक्छ भन्ने देखाएका छन्। काव्यात्मक र व्यंग्यात्मक शैलीमा बनेको फिल्ममा प्रकृतिको सामिप्यता र मौलिकता पाइन्छ।

Xtrem

Xtrem

स्वतन्त्रताको प्रतीक चराहरू
चराहरूलाई लिएर फिल्म खिच्नु चुनौतीपूर्ण हुन्छ। तर, मृणलले यो पक्षलाई पनि सुन्दर रूपमा चित्रण गरेका छन्। फिल्मको कथावस्तु अघि बढाउन चरालाई प्राकृतिक रूपमा नै खिच्नु आवश्यक छ। मृणल त्यसमा सफल छन्। 

फिल्ममा बारम्बार दोहोरिरहने चराहरूको उड्ने शैली र मानिस निकट आउने आनीबानीमा भएको परिवर्तनले शोमको सोचाइ बदलिँदै जान्छ। अनेक नीतिनियममा बाँधिएको जीवनबाट पाएको छुटकारा र स्वतन्त्रताको रूपमा चरालाई प्रस्तुत गरिएको छ। 

समूहमा उड्ने चराहरू भुवनको जीवनको ठीक विपरीत छन्। उनीहरु समूहमा उड्छन्, तर भुवनको जीवन एक्लो छ। त्यो एक्लोपनलाई फिल्ममा ‘एनिमेसन’मार्फत पनि देखाइएको छ।

अन्तिम समयसम्म आइपुग्दा उसको चरित्रमा भएको परिवर्तनलाई पनि चराहरूले नै चित्रण गरेका छन्। भुवन कसैको प्रेमको कोमल भावनालाई महसुस गर्छ। त्यो प्रेम र व्यवहारको कारण उसमा परिवर्तन स्वाभाविक रूपमा आउँछ। ऊ गीत गुनगुनाएको मन पराउन थाल्छ। अबोध हर्कतहरूलाई प्रेम गर्न थाल्छ। 

प्रयोगले भरिएको फिल्म
निर्देशक मृणल सेनलाई प्रभावित गर्ने राय प्रयोगवादी थिए। मृणल पनि प्रयोगवादी निर्देशक हुन्। उनले गरेका प्रयोगहरूले फिल्मलाई गन्जागोल नबनाएर सरल र सुन्दर बनाएका छन्। यो फिल्म केवल २ लाख भारुमा बनेको थियो। 

फिल्मको सुरुवातमै शास्त्रीय संगीतसँग पश्चिमा संगीतको फ्युजनलाई पाश्र्वसंगीतको रूपमा प्रयोग गरिएको छ। तत्कालीन समयमा यस्तो प्रयोग हिन्दी फिल्मका लागि नौलो थियो। अर्कातिर, फिल्मका विभिन्न दृश्यमा निर्देशक मृणलले तस्बिरहरू प्रयोग गरेका छन्। मोन्टाज दृश्यमा पनि तस्बिरहरुको प्रयोग गरिएको छ।

फिल्ममा गरिएको ‘भोइस ओभर’को प्रयोग पनि एउटा नौलो पाटो हो। बलिउडका सुपरस्टार अमिताभ बच्चनले यही फिल्ममा आवाज दिएर फिल्ममा डेब्यु गरेका थिए। उनको आवाजमा फिल्मका विभिन्न प्रसंगहरूलाई प्रस्तुत गरिएको छ।

श्यामश्वेत फिल्ममा पनि मरुभूमिको उजाड रङ दर्शकले महसुस गर्न सक्ने गरी दृश्य खिचिएको छ। प्राकृतिक पक्षलाई ध्यानमा राखिएको फिल्ममा मरुभूमिमा आएको हुरीदेखि समूहमा उडिरहेका चराहरुको दृश्यहरुमा सुन्दरता भेटिन्छन्।

भारतमा ‘न्यु वेभ’ सुरु गर्नमा यो फिल्मले निकै ठूलो भूमिका खेलेको थियो। निर्देशक मृणल सेन र उनका साथी अरुण कौलले लेखेको आलेखले उठाएका विषयलाइ यो फिल्ममा प्रयोग गरिएको छ। 

यो फिल्मले निर्देशक मृणल सेनलाई भारतभन्दा बाहिर पनि परिचित गराएको थियो। तर, उनीजस्ता निर्देशकले बनाएको प्रयोगवादी र कलात्मक फिल्मको बाटो अहिले भत्किएको छ।

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १५:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्