काठमाडौं– हलिउड अभिनेता ९४ औं अस्कर अवार्ड वितरण समारोहका बीच एकाएक कार्यक्रममा पुरस्कार वितरण गर्न पुगेका कमेडियन क्रिस रकलाई थप्पड हाने। सामाजिक सञ्जालमा उक्त कार्यक्रमको यो दृश्य अहिले निकै चर्चामा छ।
धेरैले स्मिथले क्रिसलाई हानेको थप्पड ‘स्क्रिप्टेड’ भएको पनि तर्क गरिरहेका छन्। अस्करको अवार्ड वितरण कार्यक्रमलाई मनोरञ्जनात्मक र रुचिकर बनाउनका लागि यो घट्ना घटाइएको बताइएको छ। तर, घट्नाको वास्तविकता भने ठीक उल्टो छ।
क्रिसलाई अभिनेता स्मिथले कुनै पूर्वनिर्धारित ‘स्क्रिप्ट’अनुसार नभएर वास्तवमै थप्पड हानेका हुन्।
आखिर किन हाने त विल स्मीथले क्रिस रकलाई थप्पड?
अमेरिकी हास्यव्यंग्य कलाकार रकले कार्यक्रममा अवार्ड वितरण गरिरहँदा विल स्मिथकी पत्नी अभिनेत्री जाडा पिन्केट स्मिथको कपाल नभएको अवस्थालाई लिएर मजाक बनाएका थिए।
उनले उत्कृष्ट डकुमेन्ट्री फिल्मका लागि अवार्ड वितरण गर्नुअघि स्मिथकी पत्नी जाडाको मजाक बनाएका थिए। उनले भनेका थिए, ‘जाडा, तिमीलाई जिआय जेन २ मा हेर्न निकै लालयित छु।’
उक्त वाक्य भन्न साथ विल आफ्नो ठाउँबाट उठेर स्टेजमा गई रकलाई थप्पड हाने। फर्किएर आफ्नो ठाउँमा आएपछि दुई पटकसम्म अश्लिल शब्दको प्रयोग गर्दै ‘आफ्नो मुखबाट मेरी श्रीमती नाम हटा’ भनेका थिए।
स्मिथकी श्रीतमी जाडाको टाउकोमा केश छैन्। रकले मजाक बनाएको फिल्मको नाम ‘जिआइ जेन’मा भएकी मुख्य अभिनेत्री डेमी मोरेले पनि फिल्ममा कपाल बिनाको भूमिकामा देखिएकी छिन्।
उक्त फिल्ममा जलसेनाको रुपमा काम गर्नका लागि उनले कपाल काटेकी हुन्छिन्। आफ्नो मुडुलो टाउकोलाई लिएर उनले आफ्नो महिलाको परिचयलाई नै लुकाएकी हुन्छिन्।
रकले उक्त फिल्मको सन्दर्भलाई लिएर जाडामाथि मजाक गरेपनि उनले कपाल खौरिनु भने कुनै रहरको कुरा होइन्। उनलाई अलोपिसिया अरिएटा नामक बिरामी भएका कारण उनले दुई वर्षअघि कपाल खौरिएकी थिइन्। उक्त रोगसँगको युद्धका कारण उनले कपाल खोरिनु परेको थियो।
तर, रकले विश्व चर्चित कार्यक्रममा आफ्नी श्रीमतीका बिरामीको बारेमा मजाक बनाएको स्मिथलाई मन परेन्। जसकारण उनले स्टेजमै रकमाथि हाथ उठाए।
पछि आफूले ‘किङ्ग रिचर्ड’का लागि उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा उनले गरेको हर्कतका लागि माफी पनि मागे। केही समयपछि उनले सामाजिक सञ्जालमार्फत पनि अस्कर अवार्ड एकेडेमी, विल स्मिथ र सबै दर्शकलाई सम्बोधन गर्दै माफि मागेका थिए। उनले भनेका छन्, ‘प्रेमले मान्छेलाई अन्धो बनाउँछ र पागलले गर्ने काम गर्न लगाउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।