• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कलाकारको ‘अवसरवादी’ राजनीतिक यात्रा, ‘पदकै लोभ’मा पार्टी परिवर्तन

64x64
युवराज भट्टराई सोमबार, चैत १४, २०७८  ०७:०२
1140x725

काठमाडौं– स्थानीय तहको चुनाव नजिकिएसँगै कलाकारहरूको राजनीतक सक्रियता बढेको छ। पहिलेबाटै राजनीतिमा सक्रिय कलाकार पार्टी फेर्न थालेका छन् भने कलाकारिता मात्र गरिरहेकाहरू पनि दल प्रवेश गर्न थालेका छन्।

गएको चैत ८ मा अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरिन्। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाट बढाएकी उनले पार्टी प्रवेशको विषयलाई भने नकार्दै आएकी थिइन्। ओलीले कलाकारलाई माया गरेर बोलाउने गरेकाले भेटेको उनले बताउने गरेकी थिइन्।

‘कलाकारको नाताले मैले तीन दशक काम गरें, मिहिनेत र संघर्ष गरें। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कलाकारका रूपमा चिनिएँ,’ करिश्माले एमाले प्रवेश कार्यक्रममा भनिन्, ‘पछाडि फर्केर हेरेँ। त्यो मात्रै सबै हो त? त्यहाँभन्दा अघि जाने ठाउँ छैन त? त्यसैले पछिल्लो समय मलाई राजनीतिमार्फत अघि बढ्नुपर्छ भन्ने लाग्यो।’

उनले राजनीतिमा सक्रिय हुन निश्चित जिम्मेवारी अपेक्षित हुने पनि बताइन्। तर, उनको अपेक्षाअनुरूप कलाकारिताबाट राजनीतितर्फ मोडिएकाहरूले निश्चित जिम्मेवारी पाएका उदाहरण भने कमै छन्। बरु चुनावको बेला उनीहरूलाई प्रचारका लागि प्रयोग गर्ने गरिएको छ। दलहरूले जम्मेवारी वा चुनावमा टिकट नदिँदा कलाकारहरू अवसरको खोजीमा पार्टी परिवर्तन गरिरहेका छन्।

करिश्मा पनि पार्टी फेर्दै एमालेमा पुगेकी हुन्। यसअघि उनले बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन्। बीचको केही समय कुनै दलमा आवद्ध भइनन्। तर, त्यो बेला पनि उनले एमाले अध्यक्ष ओलीसँगको भेटघाट भने जारी राखेकी थिइन्।

पहिलो पटकको प्रतिनिधसभा विघटनमा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति करिश्माको ‘स्नेहभाव’ प्रकट भएको थियो। उनलाई राजनीतिमा ल्याएका बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनको विपक्षमा गरेको ट्विटलाई लिएर उनले आपत्ति जनाएकी थिइन्। उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘तपाईंजस्तो पढेलेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देख्दा दुःख लाग्छ डा. साब। यही हो नेपालीले पाएको गणतन्त्र? यही हो राजनीतिक संस्कार? देशको विकास कहिले हुने?’

त्यति बेलादेखि नै एमाले र एमाले अध्यक्ष ओलीसँग नजिक हुँदै गएकी उनी अन्ततः एमाले प्रवेश गरिन्।

यसअघि चर्चित गायिका कोमल वली पनि एमाले प्रवेश गरेकी थिइन्। राप्रपाबाट एमाले बनेकी उनको एमाले यात्रा भने ‘फाइदाजनक’ भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘पोइला जान पाउँ’ जस्तो चर्चित गीतकी गायिका कोमल वली रेडियो नेपालको जागिर छाडेर २०७३ सालमा राप्रपा प्रवेश गरेकी थिइन्। तर, उनको राजनीतिक यात्रा एक वर्ष नपुग्दै मोडियो। राप्रपा विभाजन भएसँगै उनी एमाले भइन्। 

गायिका वलीलाई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट उम्मेदवार बनाउने एमाले नेताहरुले आश्वासन दिएका थिए। तर, टिकट पाइनन्। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। त्यसलाई पनि पछि फिर्ता लिइन्।

सोही साल उनलाई एमालेले राष्ट्रियसभाका लागि उम्मेदवार बनायो। तत्कालीन प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभा उम्मेदवार बनेकी उनी राष्ट्रियसभाको सांसद भइन्। केही साताअघि मात्र उनको पदावधि सकिएको छ।

गएको मंसिरमा चितवनमा भएको एमालेको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएकी छिन्। केन्द्रीय सदस्य छनोट भएपछि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘मलाई सर्वसम्मत केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएकोमा श्रद्धेय अध्यक्ष केपी ओलीज्यू, नेतागणलगायत प्रतिनिधिज्यूहरूलाई आदर र धन्यवाद व्यक्त गर्दछु। तपाईंहरुको विश्वासलाई डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्दछु।’

अभिनेत्री रेखा थापा पनि कलाकारितासँगै राजनीतिको यात्रामा छिन्। उनी पनि बेलाबखत पार्टी परिवर्तन गरिरहन्छिन्। हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा छिन्। गत मंसिरमा भएको पार्टीको महाधिवेशनमा उनी महामन्त्रीको उम्मेदवार पनि बनेकी थिइन्। तर, पराजित भइन्।

रेखाको राजनीतिक यात्रा भने माओवादी केन्द्रबाट सुरु भएको थियो। २०७० सालमा उनी माओवादी केन्द्र प्रवेश गरिन्। पार्टीमा प्रवेश गर्दा ‘म सानैदेखि अलि क्रान्तिकारी, अग्रगामी सोच भएको युवती थिएँ,’ भनेकी उनले माओवादीले गरेको सिंहदरबार घेराउ कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नाचेर निकै चर्चा कमाएकी थिइन्। 

रेखाको ‘माओवादी यात्रा’को सुरुवातमै उनलाई पर्साको क्षेत्र नं. १ बाट चुनावमा उम्मेदवार बनाउने चर्चा थियो। रेखा स्वयंले पनि चुनावी प्रचार व्यापक बनाइसकेकी थिइन्। तर, मतदाता नामावलीमा नामै नभएपछि उनको चर्चा सेलायो। ‘आफ्नै गल्तीले’ चुनावमा लड्न नपाएको बताउने रेखाले माओवादीसँग तीन वर्ष सहकार्य गरिन्। 

माओवादीसँगको सम्बन्ध चिसिएसँगै रेखाको राजनीतिक अवसरको खोजी अन्तै मोडियो। २०७३ मंसिर २७ मा तत्कालीन राप्रपा प्रवेश गरिन्। उक्त प्रवेश कार्यक्रममा रेखाको तर्क थियो, ‘राजनीतिलाई नजिकबाट बुझिरहेको थिएँ। म एउटा हिन्दू नारी हुँ, राष्ट्रवादी केटी हुँ।’

कोरियोग्राफर हुँदै फिल्मको निर्देशनसम्म आइपुगेकी रेनेशा बान्तवा राई पनि राजनीतिमा सक्रिय हुने प्रयासमा छिन्। केही महिनाअघि भएको कांग्रेसको स्थानीय तहको महाधिवेशनमा उनको दौडधुप देखिएको थियो। उनले इलामको क्षेत्र नं. २ बाट जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएकी थिइन्। तर, पराजित भइन्।

रेनेशा इलामका कांग्रेस नेता नरेन्द्रकुमार वान्तवाकी छोरी हुन्। उनले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिँदा ‘युवापुस्ता राजनीतिमा आउनुपर्ने’ बताएकी थिइन्। उनी अहिले पनि नेपाली कांग्रेसमै छिन्। तर, राजनीतिक रुपमा सक्रिय छैनन्।

अभिनेता रोज राणा पनि राजनीतिमा सक्रिय त छन्, तर सफल छैनन्। चुनावको समयमा तीर्थ थापा, जोगेन्द्र थापा, शिवहरि नेपाल, पशुपति शर्मा, सुनिल थापा, राधिका हमाल, भुवन केसी, वैकुण्ठ महतजस्ता कलाकार पनि राजनीतिक रूपमा चर्चामा आउँछन्। विगतमा उनीहरू राजनीतिक पार्टीका निम्ति प्रचारमा निकै दौडधुप गर्थे। तर, पार्टीमा आवद्ध हुँदा पाएका आश्वासन पूरा नभएपछि राजनीतिमा सक्रिय छैनन्। कुनै बेला करिश्मासँगै नयाँ शक्ति पार्टीमा प्रवेश गरेका अभिनेता सरोज खनाल र अशोक शर्मा पनि अहिले राजनीतिमा छैनन्।

गायक बद्री पंगेनी कलाकारले राजनीतिमा आउने प्रवृत्तिलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन्। तर, कलाकारले राजनीति र कलाकारिता फरक भएको बुझ्न आवश्यक भएको उनको भनाइ छ। ‘कलाकारले राजनीतिक आस्था राख्न नहुने होइन। उनीहरुले नेतृत्व गर्न हुँदैन भन्ने होइन’, उनले भने, ‘तर, कलाकारहरूले नेतृत्व गर्न सजिलो छैन भन्ने बुझ्नुपर्छ। मलाई जति गीत गाउन सजिलो छ, त्यति राजनीति गर्न छैन।’

पंगेनी कलाकारितामा जस्तै कुनै संगठनको नेतृत्व लिएर काम गर्न र जिम्मेवारी बहन गर्न अप्ठ्यारो हुने बताउँछन्। कलाकारितामा वर्षौं संघर्ष गरेर हासिल गरेको सफलताकै आडमा राजनीतिमा पनि छिट्टै सफलता हासिल गर्ने सोच कलाकारमा छ। पंगेनी भन्छन्, ‘कलाकारिता र राजनीति फरक कुरा हुन्। कुनै कार्यकारी पदमा रहेर जनताको चित्त बुझ्ने गरी काम गर्न सजिलो छैन।’

यद्यपि, कलाकारिताबाट राजनीतिमा आउनु नराम्रो नभएको उनी बताउँछन्। कलाकार कुन उदेश्यले राजनीतिमा लागेको छ भन्ने विषयले धेरै कुरा प्रस्ट्याउने उनको भनाइ छ। ‘अवसरवादी’ प्रवृत्तिलाई लिएर राजनीतिमा पस्न नहुने उनी बताउँछन्। ‘नपत्याउँदो तरिकाले भविष्यमा देश र समाजको लागि केही गर्न सक्ने अवस्था आउँछ। तर, त्यतिञ्जेल धैर्यता राख्नुपर्छ। व्यक्तिगत स्वार्थका लागि मात्रै राजनीतिमा लाग्ने र त्यसैका लागि पार्टी रोज्ने गरेको चाहिँ राम्रो होइन,’ पंगेनीले भने।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्