गैंडाकोट– एनएमबि बैंक गैंडाकोट शाखाले आफना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा गैंडाकोट–४, दर्शनचोकमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ।
कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङका साथै बैंकको महत्त्वका बारेमा जानकारी दिएका थिए।
उक्त कञ्चन आमा समूहको तर्फबाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबि बैंकले आउँदा दिनहरुमा पनि यस्ता वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी समूहलाई अझ सशक्त बनाइदिने विश्वास लिइन्।
बैंकले सर्वसाधारणलाई बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रम सञ्चालन गर्दै जाने बताएको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।