काठमाडौं– ग्रेटवाल मोटर्स हाभल एच- ६ ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनक्याप) क्र्यास परीक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलका लागि फाइभ–स्टार प्राप्त गरेको छ।
जीडब्लू एम पिक–अप पजवर पछि यस्तो उच्च मूल्यांकन प्राप्त गर्ने एच ६ दोस्रो गाडी रहेको कम्पनीको दाबी छ।
हाभल एच ६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९०, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउादै फाइभ–स्टार सुरक्षा मूल्यांकन प्राप्त गर्न सफल भएको जनाएको छ।
एएनक्यापका अनुसार हाभल एच ६ ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन, फ्रन्टल अफसेट टेस्ट तथा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णांक पाएको छ।
यसैगरी, टर्न–क्रस–पाथ इन्टरसेक्सन परीक्षणमा अर्को गाडीसाग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा एएनक्यापले हाभाल एच६ को जंक्सन असिस्ट फिचरको प्रसंसा गरेको छ।
ग्रेटवाल मोटर नेपालले हाभल एच ६, हाभल जोलायन र पोअर जस्ता ग्लोबल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थिति जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।