काठमाडौं– सानिमा बैंकले सिराहाको मिर्चैयामा शाखा स्थापना गरेको छ। बुधबार एक कार्यक्रमबीच बैंकका ब्रान्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।
सो अवसरमा मह जोडीले सिराहाको मिर्चैयामा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल र विश्वसनीय बंैकका रुपमा निरन्तर विस्तार हुनुपर्ने बताए।
हाल बैंकले देशका सातै प्रदेशमा १२५ कार्यालयर ११४ वटा एटीएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।