• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
एसिड सर्भाइभर बसन्ती परियारको जीवनमा आधारित ‘बसन्ती’ सार्वजनिक
64x64
नेपाल लाइभ मंगलबार, चैत ८, २०७८  १७:५३
1140x725

काठमाडौं– २०७५ मा एसिड आक्रमणमा परेकी बसन्ती परियारको जीवनमा आधारित रहेर बनेको भिडियो सामग्री ‘बसन्ती’ सार्वजनिक भएको छ। नबिल बैंकले निर्माण गरेको उक्त सामग्री मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको हो। 

कार्यक्रममा नेपालमा एसिड आक्रमणको विषयमा बहस पनि राखिएको थियो। कार्यक्रममा नबिल बैंकका सीईओ अनिल केशरी शाह, अधिकारकर्मी उज्जवल थापा, एसएसपी दुर्गा सिंह, डा. रोजिना शिल्पकार र सञ्चारकर्मी आरती चटौतबीच संवाद भएको थियो। कार्यक्रममा एसिड सर्भाइभर बसन्ती परियारले आफूले भोग्नुपरेको कथा सुनाएकी थिइन्।

बाल्यकालबाटै मोडल बन्ने सपना बोकेकी बसन्तीले आफूलाई नबिल बैंकले त्यो सपना पूरा गर्न मद्दत गरेको उनले बताइन्। नबिल बैंकले निर्माण गरेको भिडियो सामग्रीमा बसन्तीले एसिड आक्रमणपछि भोग्नु परेको कुरा र फेरि साधारण जीवनमा फर्किन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ।

कार्यक्रममा अधिकारकर्मी उज्ज्वल थापाले बसन्ती एक पात्रमात्रै भएको र समाजमा यस्ता घटनाहरु थुप्रै घटेको बताए। उनले एसिड आक्रमणजस्तो जघन्य अपराध हुन नदिन एसिडको बिक्री वितरणलाई पूर्ण रुपमा रोक लगाउनुपर्ने बताए।

उनले भने, ‘मलाई यो काम किन गर्नुहुन्छ भनेर सोध्नुहुन्छ। तर, म सोध्छु, के तपाईं यो पीडा देख्नुहुन्न?’ उनले बसन्तीले भोग्नु परेको पीडा शाररिकसँगै सामाजिक पनि भएको बताए। उनले भने, ‘तर, उहाँमा भएको नारी शक्तिका कारण आज हामीमाझमा हुनुहुन्छ।’

त्यस्तै, एसएसपी दुर्गा सिंहले एसिड आक्रमण महिला हिस्साको एक रुप भएको बताइन्। उनले महिला हिंसाको हतियारको रुपमा एसिड प्रहारको घटना भइरहेको बताइन्। उनले भनिन्, ‘बदलाको भावनामा, सुन्दरता बिगारिदिन्छु भन्ने भावनामा यी घटना घटेका छन्। कानुन हुँदाहुँदै पनि प्रभावकारी हुन सकेको छैन।’

उनले यस्तो अपराधमा कानुनी बाटो पहिल्याउने र अपराध हुन नदिन जनचेतना फैलाउनु पर्ने बताइन्।

त्यस्तै, चिकित्सक डा. रोजिना शिल्पकारले जलनप्रति जनचेतना, रोकथामका विषयमा ध्यान नदिइएको बताइन्। उनले जलनको पीडा शारीरिक मात्रै नभएर मानसिक पनि हुने भएकाले यसमा सरकारले नै ध्यान दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘पहिलो कुरा त जलनको उपचार भनेकै रोकथाम हो। यसलाई हुन दिनुहुँदैन। अर्को कुरा जलनलाई लिएर जनचेतना, यो भइहालेमा के गर्ने भन्नेमा जानकारी सबैलाई दिनुपर्छ।’

त्यस्तै, सञ्चारकर्मी आरती चटौतले समाजमा भइरहेका एसिड आक्रमणका घटनामा समाज पनि जिम्मेवार हुने बताइन्। एसिड आक्रमणलाई न्यूनीकरण गर्नमा सञ्चारको पनि महत्त्वपूर्ण भूमिका हुने बताउँदै उनले एसिड आक्रमणजस्ता अपराध हुन नदिनमा भूमिका खेल्नुपर्ने बताइन्। उनले भनिन्, ‘मिडियामार्फत जनचेतना जगाउने कुरामा कर्पोरेटले पनि लगानी गर्नुपर्छ। यी विषयमा जनचेतना आवश्यक छ।’

भारतमा जन्मिएकी बसन्ती परियार १२ वर्षको उमेरमा नेपाल आएकी थिइन्। २०७५ सालमा उनीमाथि उनका छिमेकी विमल शेर्पालीले एसिड आक्रमण गरेका थिए। उक्त घटनामा उनको शरीरको २५ प्रतिशतसम्म भाग जलेको थियो।

कार्यक्रममा नबिल बैंकका सीईओ शाहले बसन्ती एक मोडलको रुपमा मात्रै नभएर रोल मोडलको रुपमा पनि रहेको बताए। उनले भने, ‘उहाँले गर्नुभएको संघर्ष हाम्रो समाज, हामी सबैंका लागि रोल मोडलको काम हो।’

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो
सम्बन्धित सामग्री
कर्णबाघ प्रोडक्सनको ‘अन्त नसरे’गीत सार्वजनिक (भिडियो) बुधबार राजधानीमा आयोजित एक समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । बिहीबार, असार ५, २०८२
ग्रिन्सबोरोको भव्य प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा उत्कर्षमा पुग्नै लाग्दा उनलाई  लाइभ गरिरहेर मात्र चित्त बुझेन र केही लाइन कोरेर पोस्ट गरे, ‘अमृत गुरुङ कवि, संगीतकार, गायक, फोटोग्रा... सोमबार, असार २, २०८२
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा आइतबार, असार २२, २०८२
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु आइतबार, असार २२, २०८२
२०८४ को चुनावका लागि कांग्रेस तयार नै छैन : नेता साउद आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्