काठमाडौं– तेलगु भाषाको वेब सिरिज ‘मैडम सर मैडम अंते’ बाट चर्चामा आएकी अभिनेत्री गायत्री (डाली डी क्रुज)को निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको सडक दुर्घटनामा निधन भएको हो।
गायत्री आफ्नो साथीसँग भारतको हैदराबादस्थित गाचीबौली क्षेत्रमा सवार थिइन्। होली मनाएर घर फर्किरहँदा उनीहरुको दुर्घटना भएको हो। उनका साथी राथोडले चलाइरहेको गाडी अचानक नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको बताइएको छ। दुर्घटनामा २६ वर्षिया गायत्रीको घटनास्थलमै निधन भएका छ भने उनका साथीको उपचारका क्रममा निधन भएको छ।
गायत्रीकी सहकर्मी सुरेखा बाणीले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर पुष्टि गरेकी छिन्। उनले लेखेकी छिन्, ‘वास्तवमा तपाईंसँग बिताइएको समय निकै सुन्दर थियो। अहिले पनि मलाई विश्वास भइरहेको छैन। अहिले हामीलाई छाडेर जाने समय भएको थिएन्।’
अभिनयसँगै युट्युबमार्फत पनि चर्चामा रहेकी गायत्री तेलगु भाषि दर्शकमाझमा निकै लोकप्रिय थिइन्। उनका थुप्रै लघु चलचित्रहरु पनि सार्वजनिक भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।