काठमाडौं- भुपेन्द्र बडुवाल हत्या घटनामा उच्च अदालत दिपायलबाट थुनामा राखि मुद्दा पुर्पक्ष गर्न आदेश भइ फरार रहेका तीन जना पक्राउ परेका छन् । पक्राउ परेका तीन जनालाई प्रहरीले आज अदालतमा दाखिल गर्ने जनाएको छ।
बडुवाल हत्या प्रकरणमा तत्काल पक्राउ अभियुक्तहरु मध्ये बर्दिया ठाकुरबाबा नगरपालिका ३ वर्ष २६ को सन्तोष भन्ने सबिनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका ३ बस्ने वर्ष २८ को विकास खड्का र कैलालीको बर्दगोरिया गाउँपालिका २ २ बस्ने वर्ष २५ का लोकेन्द्र कुवँरलाई कैलाली जिल्ला अदालतबाट धरौटी तारेखमा छोडिएकोमा मुद्दाको पुनराबेदन हुँदा फागुन ५ गतेको उच्च अदालतको आदेशले तत्काल धरौटी तारेखमा छुटेका तीनै जनालाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको थियो।
आदेश कार्यन्वयनका क्रममा इलाका प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको प्रहरी टोलीले चैत ७ गते तीन जनालाई पक्राउ गरेको थियो। उयनीहरुलाई आज कैलाली जिल्ला अदालतमा दाखिल गरिने प्रहरीले जनाएको छ।
कैलाली लम्कीचुहा नगरपालिका बस्ने वर्ष २३ का भुपेन्द्र बडुवालको पुस २३ गते टीकापुर नगरपालिका १ मा हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।