• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

काठमाडौंमा खुकुरी प्रहारको बदलामा कैलालीमा बडुवालको हत्या!

२१ जना मिलेर हत्या, एउटालाई अपराध स्वीकार्न लगाएर २० जना फरार हुने योजना
64x64
नारायण अधिकारी सोमबार, मंसिर २०, २०७८  १४:४६
1140x725

काठमाडौं– कैलालीको लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय युवक भुपेन्द्र बडुवालको हत्या घटनाको जिम्मा एक जनाले लिएर बाँकीलाई उन्मुक्ति दिने योजना हत्याराको समूहले बनाएको खुलेको छ। गत कात्तिक २७ गते कैलालीमा खुकुरी प्रहारबाट मारिएका बडुवालको हत्याको जिम्मा एक व्यक्तिले लिएर बाँकी २० जनालाई उन्मुक्ति दिने योजना समूहले बनाएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार खुकुरी प्रहारबाट बडुवालको मृत्यु भएपछि एक जनाले मात्रै हत्याको जिम्मा लिने र बाँकी फरार भइ हत्या जिम्मा लिनेलाई केही आर्थिक सहयोग दिने योजना बनाइएको पत्ता लागेको हो। 

सोमबार पत्रकार सम्मेलनमा जानकारी दिँदै एसपी अधिकारीले भने, ‘२१ जनाको समूह मिलेर बडुवालको हत्या भएको अनुसन्धानबाट खुलेको छ। तर, हत्या गर्ने समूहले भने १ जनाले मात्रै जिम्मा लिएर बाँकीलाई सफाइ दिने योजना बनाएको खुल्यो।’

बडुवालको हत्यापछि उक्त समूहले विष्ट आयल स्टोर नजिक पुगेर भाग्ने योजना बनाएको थियो। सोही अनुसार हत्यामा प्रयोग गरिएको खुकुरीसमेत फालिएको थियो। त्यसपछि अभियुक्त रोहित आले आफ्नो घरतर्फ लागेका थिए। 

त्यसपछि नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जीवी शाही र आर्यन देवकोटा पशु हाट बजारको बाटो हुँदै जोशीपुर पुगी एक जनाले अपराध स्वीकार्ने र अरु भागी फरार रहने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्याको भोलिपल्ट कात्तिक २४ गते बिहान बौनिया बजारमा पुगी अपराध आफूले मात्रै गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनिया बजारमै बसेका थिए। 

नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, र चिरञ्जीवी शाही भने लोकजंग शाहीले बनाएको योजना अनुसार हत्यामा संलग्न प्रतिवादीहरु नजिकै रहेको विष्ट आयल स्टोर नजिक पुगी भाग्ने योजना अनुसार खुकुरी सोही स्थानमा फालेको र रोहित आलेलाई आफ्नो घर तर्फ जान भनी पठाएको पाइएको प्रहरीले जनाएको छ। 

२४ गते बिहान बौनिया बजारमा पुगी अपराध आफूले मात्रै गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनिया बजारमै बसेको र अन्यलाई लोकेन्द्र कुँवरले बौनिया बजार भन्दा उत्तर तर्फको चायाँभावर गाउँमा लगेर एक स्थानीयको घरमा राखेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

लोकजंग कै योजना अनुसार उनीहरुलाई भगाउन कात्तिक २५ गते सविन जंग शाहीले कार भाडामा लिइ कैलालीको जुगेडा हुँदै भारतको ढकिया गाउँसम्म पुर्‍याएको एसपी अधिकारीले बताए। 

हत्यामा प्रयोग भएको खुकुरी

कालिमाटी खुकुरी प्रहारको बदलामा बडुवालको हत्या!

प्रहरीका अनुसार बडुवालको हत्यामा दुई समूहबीचको झगडा कारण भएको पाइएको छ। कैलालीको लम्की, चिसापानी क्षेत्रमा नदीजन्य पदार्थ र वनजन्य पैदावरको ठेक्का पट्टामा आफ्नो वर्चश्व जमाउन लोकजंग शाहीले विगत ३/४ वर्षदेखि युवाहरुको समूह बनाएर आपराधिक गतिविधि गर्दै आएको पाइएको छ। 

यो समूहलाई अशोक रावल समेतले संरक्षण गरेको एसपी अधिकारीले बताए। सुरुमा जयन्द्र शाह र नवीन रावल एउटै समूहमा रहेर गुण्डागर्दी गर्दै आएका थिए। उनीहरुबीच पछि विवाद भएपछि समूह छुट्टिएको थियो। एउटा समूहको नेतृत्वको नवीनले गरेका थिए भने अर्को समूहको जयन्द्रले। 

त्यसपछि दुई समूहबीच झै–झगडा र आक्रमण सुरु हुन थालेको प्रहरीको भनाइ छ। यो समूहका सदस्यहरुविरुद्ध कैलालीमा मात्रै ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजनाको मुद्दा चलेको थियो। 

बडुवालको हत्याको कारण भने गत भदौ १८ मा काठमाडौं कालिमाटीमा भएको खुकुरी प्रहारको बदला लिने क्रममा भएको अनुसन्धानबाट खुलेको छ। कालिमाटी तरकारी बजार पछाडिको क्लब गल्लीमा जयन्द्र शाहको समूहले नवीन रावल समूहको हिमाल भनिने हेमराज शाहीलाई आक्रमण गरेको थियो। 

शाहीमाथि खुकुरी आक्रमणको घटनापछि त्यसको बदला लिन जयन्द्र समूहका कपिल श्रेष्ठले नवीन रावलको समूहमाथि आक्रमण गर्ने योजना बनाएर कात्तिकको १७ गते काठमाडौंबाट मोटरसाइकलमा कैलाली गएका थिए। कपिलको समूह २० गते लम्की पुगेर होटलमा एक रात बसेको देखिएको प्रहरीले जनाएको छ। २१ र २२ गते अर्को एक होटलमा कोठा लिएर नवीनलाई आक्रमण गर्ने योजना उनीहरुले बनाएका थिए। 

२३ गते नवीन रावलको समूह लम्कीमा भएको फुटबल खेल हेर्न आउने सूचना पाएपछि कपिल श्रेष्ठले आफ्नो समूहलाई खबर गरेर आक्रमणको योजना बनाएका थिए। 

‘कपिलको समूह टिकापुरमा भएकाले तत्कालै लम्की पुग्न नसकेकाले त्यो योजना सफल भएन’ एसपी अधिकारीले भने, ‘पछि कपिलको समूहले खेल हेरेर डुढेझारी हुँदै टिकापुरतर्फ जान लागेको नवीनको समूहलाई आक्रमण गर्न हातहतियारसहित ढुकेर बसेको देखिन्छ।’

अभियुक्तहरुले प्रयोग गरेको मोटरसाइकल

त्यसपछि नवीन रावल समूहको मदन शाहीलाई डुढेझारीको बाटो टीकापुर जाँदै गर्दा कपिलको समूहले भेटेर आक्रमण गर्न लखेट्दै गर्दा प्रहरी पुगेको थियो। त्यसपछि कपिलको समूह तितरवितर भएको थियो। कपिल भने एक्लै परेका थिए। मदन शाहीले कपिलको समूहको बाटो परिवर्तन गरेको भन्ने बुझेर नवीन रावललाई खबर गरी जयन्द्रको समूह हातहतियारसहित आक्रमणमा आएको भन्दै खबर गरेका थिए। 

एसपी अधिकारी भन्छन्, ‘नवीनले आफ्नो समूहका आर्यन, हिमाल, हेमन्त, मदन, चिरन्जीवी, रोशन, निशान, रोहित, धिरज, सोहन, विकासलाई रोड साइड क्याफे भन्ने ठाउँमा जम्मा हुन लगाएर जयन्द्रको समूह जहाँ भेटिए पनि आक्रमण योजना बनाएको देखिन्छ।’

नयाँ टिकापुर क्षेत्रमा एक्लै रहेका कपिल श्रेष्ठले पहिल्यै चिनजान भएका लम्कीमा रहेका भुपेन्द्र बडुवाललाई (हाल मृतक) फोन गरेर ‘मलाई तुरुन्त मोटरसाइकलमा लिन आउनु’ भनेर बोलाएका थिए। 

त्यसपछि भुपेन्द्र कपिललाई लिन टिकापुर गए। यता नवीनको समूह जयन्द्रको समूहका व्यक्तिलाई आक्रमण गर्न खोजीमा हिँडिरहेको थियो। भुपेन्द्रलाई मोटरसाइकलमा आउँदै गरेको देखेपछि जयन्द्रको समूहका व्यक्ति भन्दै नवीनको समूहले उनलाई लखेट्दै सिद्धार्थ होटल नजिक पुर्‍याएर नियन्त्रण लिन सफल भएका थिए।

राति ८ बजेर ५२ मिनेटमा बडुवालमाथि आक्रमण भएको सीसी टीभी फुटेजमा देखिएको एसपी अधिकारी बताउँछन्। बडुवालको पेट, छाती, टाउकोमा खुकुरी र चक्कु प्रहार गरी उक्त समूह फरार भएको थियो। त्यसको ६ मिनेटमै प्रहरी घटनास्थलमा पुगेको थियो। गम्भीर घाइते बडुवाललाई टीकापुर अस्पताल पठाइएको थियो। तर, राति साढे ९ बजे डाक्टरले उनलाई मृत घोषणा गरे। 

१२ पक्राउ, ९ अझै फरार 

बडुवाल हत्याको आरोपमा हालसम्म प्रहरीले १२ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज दिपेन्द्र शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय दीपक भनिने निशान मल्ल, लम्कीचुहा नगरपालिका–३ का १९ वर्षीय मदन शाही, लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का रहेका छन्। 

यस्तै, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र  २६ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर, बर्दियाकै ठाकुरबाबा नगरपालिका–३ का सन्तोष भनिने सविनजगज शाहीसहित १२ जना पक्राउ परेका छन्। उनीहरुलाई सुर्खेत, अछाम, बर्दिया, काठमाडौं, नेपालगञ्जबाट पक्राउ गरिएको हो। 

लम्कीुचहा–३ का २७ वर्षीय नवीन रावल, २६ वर्षीय अनोज भनिने चिरन्जीवी विक्रम शाही, २६ वर्षीय  हिमाल शाही, जानकी गाउँपालिका–६ का २८ वर्षीय जयन्द्र शाह, टीकापुर १ का २७ वर्षीय विकास शेरचन, लम्कीचुहा–४ का २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर–६ का ३५ वर्षीय अशोक रावल, लम्कीचुहा– ३ का ३८ को लोकजंग शाही, बर्दियाको गरुवा गाउँपालिका–५का २२ वर्षीय हेमन्त शाही गरी ९ जना भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ। उनीहरु भारत पुगेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। 

उनीहरुले आफ्नो समूहको दबदबा देखाउन सामाजिक सञ्जालमा भरुवा बन्दुक र अन्य हतियार समेतका फोटाहरु राख्ने गरेको समेत खुलेको छ। लोकजंग र नवीनले आफ्नो समूहका युवाहरुलाई प्रशिक्षण दिने गरेको भिडियोसमेत पाइएको एसपीको अधिकारीले बताए। 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्