• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारको रबर स्ट्याम्प होइन संसदीय सुनुवाइ

64x64
शोभाकर बुढाथोकी मंगलबार, चैत ८, २०७८  १९:१०
1140x725

लोकतन्त्रमा संसदको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। संसदले नै सरकार र आम नागरिकबीच समन्वयकारी भूमिका निर्वाह गरिरहेको हुन्छ। सरकारलाई जवाफदेही तथा जिम्मेवार पनि बनाउँछ। सरकारका हरेक गतिविधि पारदर्शी गराउन संसदले निरन्तर खबरदारी गर्छ।

सक्रिय र चलायमान संसदबिना लोकतन्त्रको संस्थागत विकास असंभव छ। संसदका गतिविधि निस्क्रिय भएको अवस्थामा सरकारमा अराजकता र सरकारका पदाधिकारीहरूको अवैधानिक कार्यमा संलग्नता बढ्ने संभावना हुन्छ। तसर्थ, लोकतन्त्रका आधार स्तम्भहरूलाई जनमुखी, पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन संसदलाई चलायमान बनाउनु पर्छ। यसको गरिमाको रक्षा र सम्मान गर्नुपर्छ। 

संसदले आफ्ना गतिविधिहरू विभिन्न माध्यमबाट चलायमान बनाएको हुन्छ। पहिलो, संसद स्वयं सक्रिय संचालनमा हुन्छ। संसदको बैठकमा हुने नीतिगत छलफल तथा बहस यसको उदाहरण हो। यस्ता छलफलमा सरकारलाई खबरदारी गर्ने र जवाफदेही बनाउने कार्यका साथै नीतिगत सुधार र सरकारबाट पेश भएका कानुन विधिसम्मत पारित गर्ने जिम्मेवारी हुन्छ।

दोस्रो, आम नागरिकका सरोकारका सवालहरूमा सांसदहरूबाट संसदमा सरकारको ध्यानाकर्षण गराउने र सम्बोधनका लागि सरकारको प्रतिबद्धता खोज्ने गरिन्छ। यस्ता विषयहरू हाम्रो संसदमा ‘शून्य समय’मा उठाइन्छ। तेस्रो, संसदले आफ्नो क्षेत्राधिकारभित्रका सवालहरूमा गहन छलफल गर्न र निकास दिन सरकारको सुपरिवेक्षणका लागि संसदीय समितिहरू बनाएको हुन्छ। यस्ता संसदीय समितिहरूलाई ‘मिनी संसद’ पनि भनिन्छ, जसमा सबै राजनीतिक दलहरूको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरिएको हुन्छ। 

नेपालको सन्दर्भमा संसदका विभिन्न समितिमध्ये संसदीय सुनुवाइ विशेष समिति अत्यन्त महत्वपूर्ण छ। यो समितिले संवैधानिक परिषदबाट नियुक्त हुने सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायधीशहरू, संवैधानिक आयोगका पदाधिकारीहरू र न्याय परिषद्का सदस्यहरूको नियुक्तिअघि सुनुवाइ गर्छ। नेपालमा २०६३ सालको राजनीतिक परिवर्तनपछि जारी अन्तरिम संविधानमा पहिलो पटक यस्तो व्यवस्था भएको थियो। पछि, २०७२ सालमा संविधानसभाबाट जारी संविधानमा पनि यसलाई निरन्तरता दिइएको छ।

संसदीय सुनुवाइलाई लोकतान्त्रिक मुलुकहरूमा अत्यन्त पारदर्शी प्रक्रिया मानिन्छ। यसबाट अनुमोदन नभइ संविधानले तोकेका पदाधिकारीहरूको नियुक्ति हुन सक्दैन। यसले सरकारलाई जिम्मेवार र सक्षम व्यक्तिहरू नियुक्ति गर्न बाध्य बनाउँछ भन्ने विश्वास गरिन्छ। लोकतन्त्रमा आत्मसात् गरिएको शक्ति सन्तुलन अर्थात् ‘चेक एण्ड ब्यालेन्स’को सिद्धान्तलाई कार्यान्वयनमा ल्याउन सहजीकरण गर्ने माध्यमका रूपमा पनि यसलाई लिइन्छ। त्यसैले नेपालमा पनि संसदीय सुनुवाइको प्रक्रियालाई अभिन्न अङग बनाएर सबैजसो राजनीतिक दलहरूको समानुपातिक प्रतिनिधित्व हुनेगरी समिति बनाइएको छ।

समितिमा प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका तीन गरी १५ सदस्य छन्। यो समिति विद्यमान नियमावलीको आधारमा चलायमान छ। तथापि, यसको प्रभावकारिता शून्य छ। 

संसदीय सुनुवाइको जननी संयुक्त राज्य अमेरिका हो। त्यहाँको तल्लो सदन, हाउस अफ रिप्रिजेन्टेटिभ र माथिल्लो सदन, सिनेट दुवैमा अलग–अलग संसदीय समिति हुने व्यवस्था छ। दुवैले छुट्टछुट्टै र आवश्यकताअनुसार संयुक्त रूपमा पनि सुनुवाइ गर्छन्। कतिपय अवस्थामा विशेष समितिमार्फत् पनि सुनुवाइ हुन्छ। यस्ता सुनुवाइ राष्ट्रिय सुरक्षा लगायतका संवेदनशील विषयबाहेक अन्यमा सार्वजनिक रूपमै हुन्छ र संचारमाध्यमलाई प्रत्यक्ष प्रसारण गर्न दिइन्छ।

Ncell 2
Ncell 2

राष्ट्रपतिबाट नियुक्त हुने क्याबिनेटका मन्त्री, न्यायाधीश, राजदूत, सुरक्षा निकायका प्रमुखलगायत सयौं पदाधिकारीहरूको अनुमोदनका अलावा राष्ट्रिय सरोकारका सवालमा सम्बन्धित समितिहरूले आ–आफ्नो सुनुवाइ गर्ने अभ्यास छ। हरेक विषयगत समितिमा हुने सुनुवाइमा नियुक्त पदाधिकारीको विगत, वर्तमान र भावी योजनाबारे व्यापक बहस हुन्छ। राष्ट्रिय सरोकारका सवालमा सम्बन्धित पदाधिकारीहरूले शपथ लिएर जिम्मेवारपूर्ण ढङगले जवाफ दिनुपर्ने हुन्छ। सुनुवाइका क्रममा संसदलाई गुमराहमा राख्ने वा झूटो बोल्ने छुट छैन। यस्तो पाइएमा दण्डसमेत हुने व्यवस्था छ। 

संसदका हरेक समिति समान रुपमा अधिकार सम्पन्न र सक्षम बनाइएको छ। निर्णयमा पुग्न प्रत्येक समिति स्वतन्त्र र स्वायत्त छन्। दलीय स्वार्थका कारण कहिलेकाहीँ सुनुवाइ प्रक्रिया विवादमा आए पनि अधिकांश सुनुवाइ प्रभावकारी भएको पाइन्छ। यसको परिणाम पनि सकारात्मक छ।

उदाहरणका लागि राजदूतहरूको अनुमोदन वैदेशिक मामिला सम्बन्धी समिति (फरेन अफेयर्स कमिटी) र सीआईए, एफबीआई जस्ता सुरक्षा निकायहरूका प्रमुखको नियुक्तिको अनुमोदन गुप्तचर समिति (इन्टेलिजेन्स कमिटी) ले गर्छन्। हरेक समितिले नियमित रूपमा आफ्नो क्षेत्राधिकारभित्रका कार्यालयहरूको कार्य प्रगति अध्ययन र महत्त्वपूर्ण सवालहरूमा सम्बन्धित अधिकारीलाई झिकाइ सुनुवाइ गर्न सक्ने व्यवस्था छ। संसदीय समितिको आव्हानलाई कुनै पनि पदाधिकारीले अटेरी गर्नसक्ने अवस्था छैन। त्यसो गरे दण्डनीय हुने प्रावधान छ।

नेपालमा सार्वजनिक महत्त्वका पदमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्ति तथा पदाधिकारीहरूको इमान्दारिता व्यवस्थापिकाद्वारा परीक्षण गरी कार्यपालिकालाई उत्तरदायी र जवाफदेही तुल्याउन संसदीय सुनुवाइको व्यवस्था भएको हो। नेपालको संविधानको धारा २९२ को उपधारा १ अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ बमोजिम संसदीय सुनुवाइ हुन्छ। यसले सुनुवाइ गर्ने पदाधिकारीहरूमा संवैधानिक परिषदको सिफारिसबाट नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीशहरू, न्याय परिषद्का सदस्यहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू र राजदूत छन्।

यस अर्थमा संसदीय सुनुवाइ विशेष समितिको जिम्मेवारी अत्यन्त व्यापक छ। समिति चलायमान हुन सक्दा सही अर्थमा सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने भए पनि हाम्रो अनुभव निराशाजनक छ। समितिको संरचना र कार्यशैली संकुचित छ। समिति क्षमतावान छैन भने यसका सदस्यहरू दलीय स्वार्थमा रुमल्लिएका छन्। यसबाट समितिको विश्वसनीयता र औचित्यमा प्रश्न उठ्ने गरेको छ।

हाम्रो संसदीय समितिको सुनुवाइ प्रक्रिया औपचारिकतामा सीमित छ। यसलाई सरकारका नियुक्ति सदर गर्ने माध्यम मात्र बनाइएको छ। करिब १५ वर्षको अवधिमा सुनुवाइ समितिले नियुक्ति अस्वीकार गरेको एउटा मात्र उदाहरण छ। तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न अस्विकार गरिएको घटना अपवाद हो।

सुनुवाइको क्रममा भएका छलफलहरू पनि सामान्य स्तरभन्दा माथि उठ्न सकेको पाइँदैन। छलफल केबल औपचारिकतामा सीमित हुने गरेका छन्। कतिपय नियुक्ति त सुनुवाइ समिति छलेर पनि गरिएको छ। यसरी सरकार नै सुनुवाइ समितिलाई ‘कठपुतली’ बनाउन लागेको उदाहरण पनि छन्। साथै, समितिमा दलीय प्रभाव जमाइ यसको प्रक्रिया अवरुद्ध गर्ने र सुनुवाइबिना नियुक्ति सदर गर्न सरकारलाई सहयोग गर्ने पनि गरिएको छ। यसबाट सुनुवाइ समिति सरकारको रबर स्ट्याम्प मात्र भएको सन्देश जनमानसमा गएको छ।

पछिल्ला केही महिनामा संवैधानिक परिषद्बाट नियुक्त अमेरिका, बेलायत र भारतका राजदूतहरूको सुनुवाइ गरियो। अहिले सर्वोच्च अदालतमा न्यायाधीशको लागि सिफारिस गरिएका उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रियामा छ।

विगतको आधारमा हेर्दा नेपालको संसदीय सुनुवाइ प्रक्रियामा ठूलो कमजोरी छ। यसलाई सुधार नगरे सुनुवाइ प्रक्रियाको औचित्य समाप्त हुने खतरा छ। असल नियतबाट स्थापना गरिए पनि अभ्यासमा भएको कमजोरीले संसदीय सुनुवाइ नै बदनाम हुँदैछ।

त्यसैले अब संसदीय समितिलाई अधिकार सम्पन्न बनाउनुपर्छ। सुनुवाइ समितिलाई विशेषज्ञ समितिको रुपमा स्थापित गर्नुका साथै हरेक समितिलाई आफ्नो क्षेत्राधिकारभित्र सुनुवाइ गर्ने स्वायत्तता नदिएसम्म हाल विद्यमान सुनुवाइ प्रक्रियाको औचित्य हुँदैन। सरकारको रबर स्ट्याम्प बन्ने समितिको परिकल्पना गर्दा व्यवस्थापिकाको गरिमाको अपमान मात्र हुन्छ। संसदलाई स्वायत्त संस्थाको रुपमा विकसित हुनबाट अवरोध पनि सिर्जना हुन्छ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शोभाकर बुढाथोकी
बुढाथोकी मानवअधिकारकर्मी, द्वन्द्व र नागरिक सुरक्षाविज्ञ हुन्।
लेखकबाट थप
सरकारको रबर स्ट्याम्प होइन संसदीय सुनुवाइ
सङ्‍कटमा न्यायालयको अस्तित्व
संविधानलाई हिँड्न दिऔं, हिँड्नसक्ने बनाऔं
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल शनिबार, कात्तिक ८, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा शनिबार, कात्तिक ८, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्