काठमाडौं– ग्लोबल आइएमई बैंकका ग्राहकले अब मुद्दती निक्षेप धितोमा अनलाइनबाटै कर्जा लिन सक्ने भएका छन् ।
आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी यो सुविधा सुरु गरेको बैंकले जनाएको छ। ग्लोबलका मुद्दती निक्षेपकर्ताले बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ वा वेभ साइटमार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्ने भएाक छन्।
कर्जा रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने र यसका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने पनि बैंकले जानकारी गराएको छ।
यस योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।