काठमाडौं- ग्लोकल आफ्टर स्कुल, ९ग्लोकल प्रालिको एक अङ्ग० शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो।
बिगत लामो समयदेखि युवा बर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ। ग्लोकलले एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो।
उद्योग तथा शैक्षिक क्षेत्रलाई जोड्ने र रोजगार मूलक सीप सिकाउन यो कम्पनी उद्यत छ। यसले विभिन्न प्रशिक्षण, वर्कसप, अनलाइन तथा अफलाइन कोर्षको माध्यमबाट सीपमूलक शिक्षा प्रदान गरिरहेको छ ।
गतबर्ष, सयौं युवाहरूले यस साझा प्लेटफर्ममा बिभिन्न सिपमुलक कार्यशाला एवम प्रतिस्पर्धामा उल्लेखनिय उपस्थिती जनाएका थिए ।
उनीहरुले नेपालकै पहिलो स्किल फेस्ट पनि अवलोकण गरेका थिए। गतबर्षझै यसबर्ष पनि स्किल वीक कार्यक्रमको नयाँ संस्करण ल्याइरहेको प्रालीले जनाएको छ। जसले रोजगारको लागि सीपको लागि इकोसिस्टम निर्माणको लागि कडा उद्देश्य राख्छ। स्किल वीकएक हप्ते कार्यक्रम हो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस अध्ययन, लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिने छ।
कलकारखाना, शैक्षिकसंस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइतिनै क्षेत्रबाट सिपमुलक रोजगारीकाअवसर, बद्द्दोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिकप्रबिधी देखीलिएर कला तथा संस्कृतिझल्किने किसिमले सिपको महत्वउजागर गर्ने लक्ष्यलिई स्किल वीकनामक कार्यक्रम मार्च २१ देखि २७सम्म सन्चालन हुँदैछ। १६ देखि ३० वर्षकाले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिपबिकासको बारे जानकारी लिन सक्नेछन। यो युवाहरुका लागि एक खुल्ला मन्च हो।
सम्पूर्ण आवेदन निशुल्क हुनेछन र युवाहरुले सिपका बिभिन्न किसिम, यस क्षेत्र,बजारको माग एवम सिपको महत्वकाबारेमा जानकारी पाउने छन। स्किल वीकले युवाहरुलाई बिभिन्नसिपक ाबारेमा अन्बेषण गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्नेछ।
यस कार्यक्रममा४ फरक सीप क्षेत्रहरूमाप्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र बिज्ञान तथा प्रबिधीरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।