• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमाथि राजनीति : एआईजी बढुवामा सात वर्षअघिकै ‘रमिता’ दोहोरिने संकेत

64x64
नारायण अधिकारी आइतबार, चैत ६, २०७८  १८:२९
1140x725

काठमाडौं– गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले चैत १ गते नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेपछि त्यसविरुद्ध उजुरी परेको छ।

बढुवा भएकामध्ये धीरजप्रताप सिंह र रवीन्द्र धानुक आफूहरुभन्दा जुनियर भएको भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची ईश्वरबाबु कार्की, घनश्याम अर्यालले बढुवा उपर उजुरी सुन्ने समितिमा उजुरी हालेपछि एआईजी बढुवा पेचिलो बन्ने संकेत देखिएको छ। उनीहरुले हालेको उजुरीको किनारा उजुरी गर्ने म्याद सकिएको मितिबाट १५ दिनभित्र गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आफूहरु सिनियर ब्याच र कार्यसम्पादनमा समेत अघि रहेको उजुरी हाल्नेहरुको दाबी छ।

वरीयताको पहिलो तथा दोस्रो नम्बरका अधिकारीहरुलाई समेत छुटाएर कनिष्ठलाई बढुवा गरेको भन्दै प्रहरीमा असन्तुष्टि देखापरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीलाई समेत छुटाएर उनीहरूभन्दा जुनियरलाई बढुवाका लागि सिफारिस गरिएको थियो। वरीयताअनुसार पहिलो नम्बरमा आईजीपी क्षेत्रीका ब्याची घनश्याम अर्याल, दोस्रो नम्बरमा आईजीकै ब्याची प्रकाशजंग कार्की थिए। तर, उनीहरूलाई छुटाएर जुनियर टोलीबाट धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरिएको थियो। 

यी दुईसँगै आईजीपीको ब्याचीबाट तेस्रो नम्बरमा रहेका वसन्त पन्त भने बढुवामा पर्न सफल भएका छन्। आईजीपीकै ब्याची चौथो नम्बरका ईश्वरबाबु कार्की भने बढुवामा छुटाइए। उनीभन्दा पछिका र जुनियर ब्याचका सिंह र धानुक बढुवाको सिफारिसमा परे। यसरी सिनियरभन्दा शक्तिकेन्द्र निकटलाई एआईजीमा बढुवा गरिएको भन्दै संगठन प्रमुखदेखि प्रतिस्पर्धी समेत असन्तुष्ट भएका छन्।

आउँदो वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण आईजीपी क्षेत्रीसँगै उनकै ब्याची अर्याल, कार्कीद्वय र पन्त अवकाशमा जाँदैछन्। यो बढुवासँगै आगामी वैशाख १८ गतेबाट रिक्त हुने आईजीपीमा बढुवा समेत थप पेचिलो बन्ने संकेत देखिएको छ। यसअघिसम्म विश्वराज पोखरेल र सहकुल थापा मात्रै आईजीपीको दाबेदार भएकोमा अब त्यो 'रेस'मा सिंह र धानुक पनि मिसिएका छन्। यद्यपी उनीहरुको बढुवा भने अब उजुरी सुन्ने समितिका कारण केही लम्बिन सक्छ। अहिलेको सिफारिसविरुद्ध उजुरी सुन्ने समितिले तलमाथि नगरेको अवस्थामा बल्ल उनीहरु आईजीपीको प्रतिस्पर्धी बन्नेछन्। 

जसकारण यो पटकको एआईजी बढुवा ७ वर्ष अघिकै जस्तो हुने संकेत देखिएको छ। सात वर्षअघि २०७१ जेठमा सुशील कोइराला प्रधानमन्त्री भएको बेलामा पनि यसैगरी एआईजी बढुवामा उजुरी परेको थियो।

त्यतिबेलासम्म नेपाल प्रहरीमा प्राविधिक बाहेक ७ जना एआईजीको दरबन्दी थियो। सात एआईजीको दरबन्दीमा त्यसबेला राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबहादुर श्रेष्ठ, रमेश शेखर बज्राचार्य र केदार साउदलाई बढुवा सिफारिस गरिएको थियो।

उनीहरुलाई एआईजीमा बढुवा गरेपछि गणेशराज राई, नारायण वस्ताकोटीलगायत उक्त सिफारिसविरुद्ध उजुरीमा गएका थिए। उजुरी सुन्ने समितिमा लोकसेवा आयोगका अध्यक्ष (अध्यक्ष), नेपाल सरकारका मुख्य सचिव (सदस्य) र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव (सदस्य) रहन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिबेलाको उजुरी सुन्ने समितिलाई प्रतिस्पर्धीहरुको सम्पूर्ण कार्यक्षमता सहित कार्यसम्पादन मूल्यांकन हेर्ने र अन्यायमा परेको देखिएमा त्यसलाई सच्याउने सम्मको अधिकार दिइएको थियो। उजुरी सुन्ने समितिले केदारप्रकाश साउद र रमेशशेखर बज्राचार्यभन्दा राई र वस्ताकोटी बरियतामा अघि रहेको र उनीहरुको कार्यसम्पादन मूल्यांकन (कासमू) अंक समेत बढी रहेको ठहर्‍याएको थियो। त्यतिमात्रै होइन, कासमूको अंक बढी भएकाले साउद र बज्राचार्यलाई हटाएर राई र वस्ताकोटीलाई एआईजी बनाउन समेत उजुरी सुन्ने समितिले निर्देशन दिएको थियो।

त्यतिबेला वामदेव गौतम गृहमन्त्री थिए। उजुरी सुन्ने समितिको निर्देशन मान्ने, तर आफूहरुले  बढुवा सिफारिस गरिएका साउद र बज्राचार्यलाई पनि नहटाउने भन्दै सरकारले राई र वस्ताकोटीलाई पनि २०७१ साउन २९ गते एआईजी बनाएको थियो। योसँगै ७ दरबन्दी रहेको एआईजीको संख्या ९ पुगेको थियो।

यतिमात्रै होइन उजुरी सुन्ने समितिले एआईजीका प्रतिस्पर्धी डीआईजीहरुको कासमू अनुसारको रोलक्रम समेत छुट्याएको थियो। जसअनुसार क्रमशः राजेन्द्रसिंह भण्डारी, विज्ञानराज शर्मा, सुरेन्द्रबहादुर शाह, गणेशराज राई, प्रतापसिंह थापा, नारायणप्रसाद वास्ताकोटी, वीरेन्द्रबहादुर श्रेष्ठ, यादब अधिकारी, सुशीलबरसिंह थापा, रमेशशेखर बज्राचार्य, परशुराम खत्री, बिश्वराजसिंह शाही र केदारप्रकाश साउद रहेको सूची तयार गरेको थियो। ७ जनालाई बढुवा गर्दा १० नम्बरका बज्राचार्य र १३ नम्बरका साउदलाई बढुवा गराएर उनीहरुभन्दा अघिकालाई सरकारले छुटाएको थियो। यसरी छुटाएपछि उजुरी सुन्ने समितिकै बरियाताक्रम बोकेर विश्वराज शाही, सुशीलबरसिंह थापा, यादब अधिकारी र परशुराम खत्री सर्वोच्च अदालत पुगेका थिए।

उनीहरुको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका तत्कालीन न्यायाधीश दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलासले २०७१ असोज ८ गते चारै जनालाई एआईजी बनाउन परमादेश नै जारी गरेको थियो। त्यसपछि यी चार जनाको पनि एआईजी बन्ने बाटो खुलेको थियो। तर, सरकारले उनीहरुलाई सजिलै एआईजी बनाएन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अदालतको आदेश नमान्दा मानहानीको मुद्दा लाग्ने भएपछि डेढ वर्षपछि 'बाध्य भएर' सरकारले २०७२ चैत २६ गते उनीहरुलाई एआईजीमा बढुवा गरेको थियो। एआईजीमा बढुवा गरेपनि उनीहरुलाई कुनै जिम्मेवारी भने दिइएको थिएन। 

त्यतिबेला ७ जना बढुवा गर्दाको खेलले एआईजीको दरबन्दी नै बढेर १३ जनासम्म पुगेको थियो। सिनियरलाई छुटाएर जुनियरलाई बढुवा गर्दाको विवादले एआईजीको दरबन्दी बढ्दाको जस्तै अवस्था अहिले फेरि देखिएको छ। तर, पहिलाको जस्तो उजुरी सुन्ने समिति अहिले अधिकार सम्पन्न भने छैन। सात वर्षअघिको यही प्रकरणपछि उजुरी सिफारिस उपर उजुरी गर्न पाइने र पुनरावलोकन समितिले नम्बर जोड्न मात्र पाइने, तर नम्बर हेरफेर गर्न नपाउने गरी अधिकार कटौती गरिएको छ।

‘७ एआईजीको बढुवा विवादले एआईजीको दरबन्दी नै बढेर १३ पुगेपछि उजुरी सुन्ने समितिको अधिकार कटौती गरियो। अहिले रिटोटलिङ मात्रै हुने र पहिलाको जस्तो एआईजी नै बढुवा गर्न सिफारिस गर्नेसम्मको अधिकार छैन,’ लामो समय प्रहरीको कर्मचारी प्रशासनमा बसेर अवकाश पाएका पूर्व एसपी रवीन्द्र रेग्मी भन्छन्। 

७ जना बढुवा गर्दा कोइरालाको पालामा १३ जनाको संख्या पुगेको एआईजीमा हालका प्रधानमन्त्री शेरबहादुर देउवाले १५ पुर्‍याएका थिए। पछि केपी शर्मा ओली नेतृत्वको सरकारले १५ बाट कटौती गरेर २०७५ जेठ २७ मा एआईजीको दरबन्दी ३ मा झारेको थियो। ओली सरकारले नै २०७७ मंसिर र २०७८ असारमा एक/एक वटा दरबन्दी थप गरी एआईजीको दरबन्दी ५ पुर्‍याएको थियो। 

अहिले फेरि शेरबहादुर देउवा नेतृत्वको सरकारले ३ जनाको दरबन्दी थपेर ८ पुर्‍याएको छ। थपसँगै प्राविधिक बाहेक एआईजीको संख्या ८ पुगेको छ। थप भएका ३ एआईजी दरबन्दीमा बढुवा सिफारिस भएसँगै विवाद सुरु भएको छ। 

पूर्वडीआईजी हेमन्त मल्ल प्रहरीका उच्च पदहरु थपघटमा सधैं शक्तिकेन्द्रले चलखेल गर्दै आएकाले यसको असर प्रहरी अधिकृतको करिअरदेखि कार्यसम्पादनमा समेत देखिने बताउँछन्।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्