काठमाडौं– अब सिटिजन लाइफ इन्स्योरेन्सका सबै बीमा ग्राहकहरुले ‘खल्ती’बाट सिधै आफ्नो बीमा प्रिमियम तिर्न सक्ने भएका छन्।
डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्यले यो अभियान थालिएको कम्पनीले जनाएको छ।
यो सेवाले समयको कमिका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानका लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, 'हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्वाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून्।'
५ हजार प्रिमियम भुक्तानीका लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।