काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो।
भारतबाट मूल्य बढेर आएसँगै घाटा कम गर्ने उद्देश्यले मूल्य बढाएको निगमले जनाएको छ।
निगमका अनुसार बुधबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ कायम भएको छ।
यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ पनि प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको छ। यता, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनकाे मूल्य प्रतिकिलाेलिटर २ सय डलर बढेको छ।
आयल निगमले एलपी ग्यासको मूल्य भने बढाएको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।