• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

कश्मीरको युद्धमाथि फरक कोण : जब बालकले पुलिसमाथि ग्रिनेड फाल्दैन

64x64
युवराज भट्टराई शनिबार, फागुन २८, २०७८  ०९:५८
1140x725

युद्धको त्रासदीमा आफन्त छुट्दाको डर अत्यासलाग्दो हुन्छ। मान्छेका आफन्त मान्छे मात्रै हुन्छन् भन्ने नहुँदो रहेछ। कसैका लागि पशु पनि आफन्तजस्तै निकट हुन्छ। उसलाई आफूबाट गुमाउनुको पीडा आफन्त गुमाउनुभन्दा कम हुँदैन।

तहानले पनि आफन्त गुमएको छ र त्यो मान्छे नभएर गधा हो। युद्धग्रस्त कश्मीरमा बेपत्ता हुनुअघि बुबाले उसलाई ‘वीरबल’ नामको गधा दिएको हुन्छ। त्यो नै उसको सबैभन्दा निकटको साथी हुन्छ।

सन् २००८ मा प्रदर्शनमा आएको ‘तहान’ सन्तोष सिवानको निर्देशनमा बनेको फिल्म हो। उनले यसअघि ‘द टेरोरिस्ट’जस्तो सफल फिल्म निर्देशन गरिसकेका थिए। तहान पनि युद्धकै कथा हो। यहाँ उनले एक जना बालकले युद्धभूमिमा गरेको संघर्षको कथा भनेका छन्।

फिल्मको नाम मूल पात्रको नामबाट राखिएको छ। तहानको अर्थ हुन्छ, दयालु। तहानको भूमिकामा पुरव भण्डारी छन्। फिल्मभर नै तहानको स्वभाव शब्दको अर्थजस्तै छ।

‘तहान’ फिल्मले भन्ने कथा तहान पात्रले गरेको यात्राको कथा हो। तर, सँगै युद्धले विक्षिप्त भएको समाजको कथा भन्छ। युद्धका कारण बालबालिकाहरू कसरी आफ्नो बालापनको रमाइलो गुमाइरहेका छन् भन्ने विषय जोडदार रूपमा उठाइएको छ।

फिल्मको सुरुवातमा तहान र उसका हजुरबुबा (भिक्टर बेनर्जी अभिनित) कश्मीरमा आफ्नो जीवन चलाउनका लागि संर्घषरत छन्। युद्धका कारण शहरबासी विक्षिप्त छन्। महिलाहरू बेपत्ता भएका आफ्ना श्रीमान् फर्किने आशा बोकेर ईश्वरका सामुन्ने प्रार्थना गरिरहन्छन्। तहान पनि आफ्नी आमालाई ईश्वरसामु हात फैलाएर रोइरहेको देख्छ। 

युद्ध चलिरहँदा तहानको जीवनमा तत्काल धेरै फरकपन आउँदैन। उसको दिदी शहरको कुनै महाजनको घरमा काम गर्छिन्। ऊ आफ्नो गधा लिएर हजुरबुवासँग कामको खोजीमा यत्रतत्र डुलिरहन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, हजुरबुबाको मृत्युपछि उसको जीवनमा ठूलो फरकपन आउँछ। उनीहरूले ऋण लिएका हुन्छन्। ऋण चुक्ता गर्न घरमा राखिएका सामानदेखि तहानको साथी वीरबलसम्म मालिकलाई दिनुपर्ने दिन आउँछ। उसकी लाटी आमा आफ्नो अवस्थाबारे इशारामा सम्झाउने प्रयास गर्छिन्। तर, अबोध तहान यी कुराभन्दा महत्त्वपूर्ण आफ्नो गधालाई ठान्छ, जसलाई फिर्ता ल्याउनका लागि ऊ आमाले दराजमा राखेको पैसा चोर्नेसम्मको निर्णयमा पुग्छ।

युद्धग्रस्त शहरमा उसको एक मात्र साथी रहेको वीरबल बेचिनुले ऊ विक्षिप्त भएको हुन्छ। जसोतसो पैसा जम्मा गरेर उसलाई फिर्ता लिन पुग्दा मालिकले गधा कसैलाई बेचिसकेको हुन्छ।

फिल्ममा तहानले आफ्नो गधा फर्काउनका लागि गरेको यात्राको कथा छ। तर, यो यात्रामा कश्मीरको हिउँको चिसोमा गर्नुपर्ने संघर्षदेखि युद्धका कारण विस्थापित भएका कश्ीमरी पण्डितहरुको खाली गाउँको कथा पनि प्रस्तुत छ।

तहान आफ्नो गधा सुभन दार (अनुपम खेर अभिनित)लाई बेचिएको थाहा भएसँगै यात्रामा निस्किन्छ। तहान बस्ने क्षेत्रभन्दा धेरैमाथि रहेको दारको गाउँसम्मको पैदल यात्रामा जान्छ। दार फलफूल र खाद्यान्नको आयातनिर्यात गर्ने व्यापारी हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वीरबल अब दारको सम्पत्ति भइसकेको हुन्छ। तहान दार र उसको कामदार जफर (राहुल बोस अभिनित) लाई पछ्याउन थाल्छ। तर, चिसोका कारण उनीहरुसँग हिँड्न सक्दैन। पहाड र हिँउसँगको संघर्षमा ऊ हार मान्नुपर्ने अवस्थासम्म पुग्छ। 

आफ्नो साथीलाई आफूसँगै फर्काउने रहरले तहानलाई युद्धको यथार्थ देखाउँछ। एक ठाउँबाट अर्को ठाउँसम्म जाँदा हुने प्रहरीको चेकजाँच बेहोर्छ। तारबारभन्दा पछाडि आफ्ना श्रीमानका तस्बिर बोकेर उनीहरूको खबर पर्खिरहेका श्रीमतीहरूको लस्कर देख्छ। 

तहान यिनै युद्धग्रस्त क्षेत्रबाट आफ्नो गथा फर्काउन चाहन्छ। तर, त्यो संभव देखिँदैन। ऊ भन्छ, ‘मलाई बुबाले सधैँ वीरबललाई आफ्नो साथमा राख्नु भन्नुभएको छ।’ ऊ त्यो वचन कायम राख्न कठिनभन्दा कठिन कदम चाल्नसमेत तयार हुन्छ।

यही क्रममा उसको भेट ‘आतंकवादी’ समूहका लागि काम गर्ने इद्रिस (अंकुश दुबे अभिनित)सँग हुन्छ। अब उसको जीवन बदलिन्छ। ऊ आफ्नी आमा, व्यापारी लगायतलाई एउटै प्रश्न सोध्छ, ‘कश्मीरका पहाड, फाँटहरु कसका हुन्?’ 

यी सबै ईश्वार (अल्लाह)को भएको जवाफ पाउँछ। तर, आतंकवादीहरू यी पहाड र फाँट आफ्नो भएको र अरु कसैले त्यसमाथि अधिकार जताइरहेको दाबी गर्छन्।

इद्रिसले तहानलाई वचन दिएको हुन्छ, उसले सहयोग गरेमा वीरबललाई फिर्ता ल्याइदिने छ। तहान वीरबललाई फर्काउने महत्वकांक्षाकै कारण त्यो समूहसँग निकट भएर आतंकवादी काममा लाग्छ। ऊ ग्रिनेड ल्याएर घरमा लुकाउनेदेखि तिनलाई त्यो पहाडभन्दा पारिसम्म लैजाने काम गर्छ। प्रहरीहरु तहानमाथि शंका गर्दैनन्। 

तहान वीरबललाई फर्काउने आशामा यस्तो अवस्थासम्म पुग्छ, जहाँ सुरक्षाकर्मीको ब्यारेकमा ग्रिनेड प्रहार गर्न लागेको हुन्छ। तर, सामुन्ने एउटा कुकुरको बच्चा देखेपछि ऊभित्रको दयालु स्वभावले त्यो प्रहार गर्न दिदैंन। कुकुरको बच्चालाई त्यहाँबाट हटाएपछि बल्ल ग्रिनेडको पिन निकाल्छ। प्रहार गर्न लागेको अवस्थामामा ऊ केही सुरक्षाकर्मीहरु एक व्यक्तिलाई सोधपुछ गरिरहेको देख्छ। त्यहाँ मानिसको उपस्थिति देखेपछि तहान बमलाई आफूसँगै राख्छ। सुरक्षाकर्मीले सोधपुछ गरिरहेका मानिस अरु कोही नभएर वर्षौंअघि बेपत्ता उसकै बुबा हुन्छन्। 

तहान आफ्नो बलबुतामा ग्रिनेडलाई यस्तो ठाउँमा पुर्‍याउँछ, जहाँ कोही हुँदैन। ग्रिनेड पड्किन्छ, तहानले आफूसँगै अरु धेरैको ज्यान बचाउँछ। वीरबललाई फर्काउने संघर्षमा ऊ पहाडपारिबाट शहरसम्म हजारौं पटक आउनु परे पनि आउने प्रतिज्ञा लिन्छ। व्यापारी दारको नातिले वीरबल र तहानको सम्बन्धबारे थाहा पाएसँगै आफ्नो हजुरबुबालाई त्यो गधा फर्काएर नयाँ गधा ल्याउन हठ गरिरहेको हुन्छ। फलस्वरुप, तहानले हजारौं पटक पहाडपारिको यात्रा गर्नु पर्दैन। ऊ आफ्नो गधा फिर्ता पाउँछ। 

कश्मीरलाई लिएर बलिउडमा बनेका अन्य फिल्मभन्दा यो धेरै फरक छ। प्रायः फिल्मलाई राष्ट्रवादसँग जोडिन्छ। पाकिस्तानलाई खलनायक र भारतीय सेनालाई नायकको रुपमा प्रस्तुत गरिन्छ। 

कश्मीरबारे युद्ध र बदलाका कथा धेरै छन्। तहान भने दया र मानवताको कथा हो।

फिल्मका निर्देशक सन्तोष सिवानले रोयटर्ससँगको संवादमा सन् २००८ मा भनेका थिए, ‘तपाईंले हिंसाको महिमा गरेको वा ग्राफिकल रूपमा प्रस्तुत गरेको खोज्ने प्रयास गर्दै हुनुहुन्छ भने त्यो यहाँ छैन्। बरु एउटा बच्चाको दृष्टिकोणबाट युद्धलाई देखाइएको छ।’

तहानले कश्मीरको जनजीवनको कथा भन्छ। अथवा, ती बालबालिकाहरूको कथा भन्छ, जसले युद्धका कारण आफ्नो साथीसम्म बनाउन सकेका हुँदैनन्। युद्धका त्रासदी र विक्षिप्त अवस्थालाई फिल्मले एउटा बालकको आँखाबाट सुन्दर ढंगले चित्रित गरेको छ।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  ०९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्