काठमाडौं– कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बनसहित थप प्रतिबन्ध घोषणा गरेको छ।
परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार रुसविरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध लगाउने जस्ता थप निर्णय गरेको छ।
सम्बन्धित मन्त्रालयसँग छलफल गरेर रुस विरुद्ध थप प्रतिबन्धसम्बन्धी विवरण घोषणा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले उक्त निर्णय अमेरिकालगायत सम्बन्धित देशलाई पनि जानकारी गराउने योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।