काठमाडौं– व्हिलचेयर यात्रीद्वय आशिष भुजेल र दिवस परियार काठमाडौंदेखि गोर्खासम्मको व्हिलचेयर यात्रामा निस्किएका छन्। उनीहरुले व्हिलचेयरमा काठमाडौंदेखि गोरखासम्म करिब १ सय ५० किलोमिटर यात्रा गर्न लागेका हुन्।
उनीहरु ‘व्हिलचेयर अपांगको पहिचान होइन’ मूल नाराका सुरु भएको यात्राले मेरुदण्डमा चोट लागी अपांगता भएका ब्यक्तिलाई हौसला प्रोत्साहन प्रदान गर्ने उनीहरुको भनाइ छ। अपांगतामैत्री संरचना निर्माणका लागि सर्वसाधारण तथा सबन्धित निकायलाई जानकारी दिने उद्देश्यका साथ यो साहसिक यात्रा सुरु गरिएको हो।
उक्त साहसिक व्हिलचेयार यात्रा सम्पन्न गर्न गोकर्णेश्वर नगरपालिका, बिआइए फाउण्डेसन, कागेश्वरी मनोहरा नगरपालिका, अर्थोपेडिक हस्पिटल, नेपाल अपांग संघ, एसओएस, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ, मेरुदण्ड पक्षघात समूहलगायत संस्थाले सहयोग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।